भवन भट्टलार्इ टक्कर दिन एनआरएनएमा जमुनाको अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडाैं, २६ असोज । शनिवारबाट गैर अावासीय नेपाली संघकाे अाठाैं विश्व सम्मेलन सुरु हुँदैछ । सम्मेलनका लागि उम्मेदवारीहरु पनि धमाधम घाेषणा भइरहेका छन् । यसै त्रःममा जमुना गुरुङले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेकी छन् । बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै गुरुङले अाफ्नाे उम्मेदवारी घाेषणा गरेकी हुन् । दुर्इ वर्षका लागि हुने नयाँ कार्यसमितिका […]

खुमबहादुर खड्कालार्इ कानुन नलाग्ने कांग्रेसकाे दावी

काठमाडाैं, २६ असाेज । कानुनले भ्रष्टाचार लगायतका मुद्दामा जेल सजाय पाएका व्यक्तिलार्इ उम्मेदवार बन्न नपाउने बारे गरेकाे व्यवस्थाकाे उल्ल‌घन गर्दै नेपाली कांग्रेसले खुमबहादुर खड्कालार्इ उम्मेदवारमा सिफारिस गरेकाे छ ।  दाङ कांग्रेसले भ्रष्टाचार मुद्दामा जेल सजाय काटेका खड्कालार्इ दाङ क्षेत्र नम्बर १ बाट सङ्घीय प्रतिनिधि सभाका लागि उम्मेदवार बन्न सिफारिस गरेकाे हाे । राजनीतिक दलसम्बन्धी ऐनले […]

चढाउन सकिन मैले मेरो स्वतन्त्रताको भेटी

चुडेर फुल गुलाबको थपक्क राखिदिएझै निस्ठुर देबताको चरणमा राख्न सकिन मैले तिमिलाइ मेरो स्वतन्त्रताको भेटी चढाउन सकिन आफ्नै अस्तित्वको बली पिलाएर बिष धर्मको वा राजनीतिको बेहोस बेहोस बनायौ मेरो इतिहास बिक्षिप्त बिक्षिप्त बनायौ मेरो वर्तमान तैपनि भुलेर सबै कुराहरु चट्टकै भुल्न सकिन मैले मेरो अस्तित्व बिर्सिएर पनि बिर्सन सकिन मैले मेरो इतिहास पीडा तिमीलाई खै […]

सरकारमा रहेकै व्यक्तिका कारण गौचनको हत्या : विप्लव

काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महासचिव विप्लवले राज्यको जिम्मा लिएका व्यक्तिहरुकै कारण गौचनको हत्या भएको बताएका छन् । ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टाचार र राष्ट्रघातमा लिप्त भएका कारण नागरिकहरुले यसैगरी दुःखद घटना व्यहोर्नुपरेको उनले बताएका छन् । बुधवार एक विज्ञप्ती जारी गर्दैै महासचिव विप्लवले गौचनको हत्याको घटनाप्रति दुःख व्यक्त […]

बाबुरामले २० सिट मागेपछि एमाले, माके र नयाँ शक्तिको एकता सङ्कटमा

काठमाडौँ, २४ असोज । अागामी मङ्सिरमा घाेषणा गरिएकाे प्रदेश र सङ्घकाे निर्वाचनका लागि गठबन्धनसहित पार्टी एकताका लागि गरिएकाे सहमति सङ्कटमा परेकाे छ । पार्टी एकताका लागि नै भनेर गर्न थालिएकाे याे सहमति सङ्घीय प्रतिनिधि सभाका लागि कसलार्इ कति उम्मेदवार दिने भन्ने विषयमा अाएर अप्ठ्याराेमा परेकाे छ । पार्टी एकताकाे घाेषणा गरेका तीन दल अहिले चुनावी […]

गौचन हत्या छानविनका लागि गठित समितिको संयोजक दुर्इ दिनमै किन फेरियो ?

काठमाडौं, २४ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्याकाे छानविन गर्न गठित समितिकाे संयाेजक परिवर्तन गरिएकाे छ । सोमबार दिउँसो राजधानीको बानेश्वर रहेकाे घर नजिकै कारमा गइरहेका बेला गाैचनकाे अज्ञात समूहले गाेली हानी हत्या गरेकाे थियाे । उनकाे हत्याकाे छानविन गर्न सरकारले एसएसपी शेरबहादुर बस्नेतकाे संयाेजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेकाे थियाे […]

एमाले र माकेसहित अन्य पार्टीमा रहेका क्रान्तिकारीहरुकाबीच विप्लवले ध्रुविकरण अभियान थाल्ने

काठमाडौं, २४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले सबै क्रान्तिकारीहरुका बीच धु्रविकरण गर्ने निर्णय गरेको छ । असोज २१ देखि २३ गतेसम्म कास्कीमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाले यस्तो निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपा (माओवादी) केन्द्र र केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले)का बीच पार्टी एकताको कुराले […]

यसरी भएको थियो गौचनको दिउसै गोली हानी हत्या

काठमाडौं, २४ असाेज । सोमबार दिउँसो तीन नबज्दै बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । घरबाट करिब तीन सय मिटरमात्रै अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्‌यो । गाडीको अगाडीको सिसामा प्वाल पर्‍यो । चालकले […]

राजधानीमा दिउसै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या

काठमाडाैं, २३ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्षलाई राजधानीमा दिन दहाडै गोली हानी हत्या गरिएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि काठमाडौंको शान्तिनगरमा आज दिउसो गोली प्रहार गरिएको हो । गोली लागेर गम्भीर घाइते भएका गौचनलाई तत्काल नजिकै रहेको निजामति अस्पताल लगिएको थियो । मिनभवनस्थित सिभिल अस्पतालमा उपचार गर्दा गर्दै उनको निधन भएको हो । […]

एमालेसँग एकीकरण गर्नु हाम्रो बाध्यता : प्रचण्ड

काठमाडौँ, २२ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग पार्टी एकताको अभियान थाल्नु बाध्यता भएको बताएका छन् । साथै उनले यो राष्ट्रिय आवश्यकता र समयको माग पनि भएको दावी गरेका छन् । सबै वामपन्थी शक्ति एकै स्थानम उभिएर मात्र राष्ट्रको आवश्यकतालाई सम्वोधन गर्न सकिने बोध भएर यस अभियान तर्फ अघि […]