दशगजामा गोली चल्दा एक नेपाली युवक घाइते

विराटनगर, २९ भदाै । भारत र नेपालको सीमा क्षेत्रस्थित दशगजामा गोली चल्दा एक युवक घाइते भएका छन्। विराटनगर र भारतको जोगबनीको दशगजामा विराटनगर १२ का दीपक मण्डल घाइते भएको प्रहरी कार्यालय मोरङ्गले जनाएको छ। मोरङ्गले प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घाइते मण्डल खुट्टाको औलामा चोट लागेको छ । २४ वर्षीय मण्डल लागु औषध […]

सिन्धुपाल्चोकमा फेरि पहिरो, ३ को शव फेला, २८ वेपत्ता, गएराति सबैभन्दा ठूलो पानी बाह्रबीसेमा

काठमाडौं, २८ भदौ। सिन्धुपाल्चोकमा फेरि पहिराे गएकाे छ । बाह्रविसे नगरपालिका वार्ड नं ७ का तीन ठाउँमा पहिराे गएकाे हाे । साे ठाउँका नागपुजे र भिरखर्कमा गएकाे पहिरोले ठूलाे जनधनकाे क्षति पुगेकाे छ । अहिलेसम्म पहिराेमा परेका मध्ये ३ जनाकाे शव भेटिएकाे छ भने २८ जना वेपत्ता छन् । पहिरोले नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, […]

पाँच हजार मिटर अग्लो स्थानमा निर्माण भयो १०८ सिंढीको भ्यूटावर

हुम्ला । हुम्ला जिल्लाको मारघोर हिमालमा रहेको पाँच हजार मिटर अग्लो स्थानमा १०८ वटा सिंढी भएकाे भ्यूटावर निर्माण गरिएको छ । प्राकृतिक रुपमा रहेको भिमदुलामा बनेकाे यस भ्यूटावरबाट सबैतिर अवलोकन गर्न अब सहज हुने भएको छ । महाभारतकालीन पाँच पाण्डवमध्ये एक सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । जब पाण्डवहरु बाह्र वर्ष वनवास र एक […]

केपी ओली र प्रचण्डको प्रस्ताव विरुद्ध माधव नेपालले ल्याए १७ बुँदे प्रस्ताव (१७ बुँदेसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ बहस सुरु गरेका छन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेश गरेको १५ बुँदे प्रस्तावमाथि वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नाे १७ बुँदे नयाँ टिप्पणी प्रस्तुत गर्दै बहस सुरु गरेका हुन्। स्थायी समितिकाे […]

थिमीमा ह्दयविदारक घटना, औषधी फ्याक्ट्रीमा जागिरे श्रीमान, श्रीमती र छोरा एकै साथ मृत फेला

भक्तपुर । भक्तपुरमा एक परिवारका तीन जना सदस्यको रहस्यमय मृत्यु भएको छ । पतिपत्नी र १७ वर्षीय छोराको शव उनीहरुको आफ्नै घरमा शव फेला परेको हो । मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा नयाँ घर बनाएर बसेका स्थानीय सुदिप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त शुक्रवार मृत अवस्थामा फेला परेका हुन् । उनीहरु संगै रहेको […]

बिहीबार थपिए १२४६ कोरोनाका नयाँ संक्रमित

काठमाडौं, २५ भदौ । नेपालमा एकैदिन १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार सबैभन्दा बढी काठमाडाैं उपत्यकामा काेराेनाका संक्रमित भेटिएका छन् । बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं जिल्लामा संक्रमणले विकराल रुप लिएकाे स्पष्ट हुन्छ । […]

श्रीमतीलाई सुराकी बनाएर लाखौ झ्वाम पार्ने सशस्त्रका डिएसपीको यस्तो काइदा

वुटवल । सशस्त्र प्रहरीका एक डिएसपीले आफ्नै श्रीमतीलाइ सुराकी राखेर ठूलाे रकम कुम्लाउने गरेकाे खुलासा भएकाे छ । सीमा सुरक्षाका लागि खटाइएकाे सशस्त्र प्रहरीका जिम्मेवार अफिसरले यसरी उक्त क्षेत्रमा हुँदै नभएकी श्रीमतीलाइ सुराकी राखेर आफ्नाे टिमले गरेकाे काममा कमिसन आफै कुम्ल्याउने गरेपछि सशस्त्रभित्रै खैलावैला भएकाे छ । अझ त सुराकीकाे कमिसन रकमका विषयमा सीमा सुरक्षामा […]

पिसिआर रिपोर्ट विना हुम्ला जिल्ला प्रवेशमा निषेध

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । हुम्लालाइ ग्रीनजेनकै रुपमा राख्न अब पिसिआर रिपाेर्ट विना हुम्ला प्रवेश गर्न नपाउने व्यवस्था लागु गरिने भएकाे हाे । जिल्लाको डिसिसिएमसीले पिसिआर चेकजाँच गरेकाहरुले मात्र हुम्ला आउन पाउने र आउँदा अनिवार्य पिसिआर रिपाेर्ट देखाउन पाउने निर्णय गरेकाे छ । कोभिड–१९को रोकथाम, नियन्त्रण र व्यवस्थापन […]

दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू

सिमकोट हुम्लाको केन्द्र मात्रै नभएर नेपालको उच्चस्थानमा रहेको सदरमुकाम पनि हो । यसको पौराणिक सन्दर्भ बोन धर्मसँग र ऐतिहासिक प्रसङ्ग खश मारुल्ले राजाहसँग गाँसिएको छ । यो कर्नाली प्रदेशको उत्तरी प्रदेशद्वार हो । ऐतिहासिक र सामरिक स्थल मारुल्लेकोट हो । सांस्कृतिक, सामजिक, आर्थिक र प्राकृतिक सङ्गमलाई परिचालन गर्ने प्रशासनिक केन्द्र पनि हो । यो स्थान […]

ललितपुरका सिडिओ हस्ताक्षरित विज्ञप्तिमा गोली हान्ने चेतावनी

काठमाडौँ । बिहीबार रथ तान्नेक्रममा पुल्चाेकमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाकाे रिङरोड क्षेत्रभित्र कर्फ्यू घाेषणा गर्याे । कर्फ्यूकाे आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारीकै हस्ताक्षरमा सूचना जारी गरियाे । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टकाे हस्ताक्षरमा जारी विज्ञप्तिमा कर्फ्यू उल्लंघन गर्नेलाइ गाेली हान्ने चेतावनी दिइएकाे छ । सूचनामा भनिएकाे छ, ‘याे आदेशकाे […]