नवनिर्वाचित मलेसियाली राजाले गरे संसदमा पहिलो सम्बोधन

एजेन्सी । मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरूलाई आह्वान गरेको समाचारमा जनाइएको छ । गत जनवरीमा देशको १६औँ राजाका रूपमा राज्याभिषेक गरेका अब्दुल्लाहले बहुसांस्कृतिक र बहुजातीय पक्षलाई विषेश महत्व दिन पनि आग्रह गरेका छन् । “बहुजातीय जनसङ्ख्या भएको […]

मलेसियाको प्रशासनिक केन्द्र पुत्रजयामा एकाबिहानै लुटिए नेपाली युवा

क्वालालम्पुर । मलेसियामा एक नेपाली लुटिएका छन् । आइतबार बिहानै मलेसियाको प्रशासनिक केन्द्र पुत्रजयामै नेपाली युवा लुटिएका हुन् । तनहुँ घर भएका करिव ३० वर्षका प्रकाश कुमाल नाम गरेका युवालाई बाटोमा चक्कु देखाएर लुटपाट गरिएको उनले जानबारी दिएका छन् । बिहान ५ः३० बजे काम गरेर फर्कदै गर्दा एक युवाले चक्कु देखाएर आफूसँग भएको सबै सामान, […]

चिनियाँ राजदुत नेपाली पोशाकमा सजिएर नेपाली गीतमै छमछमी नाचेपछि सबै चकित

काठमाडौं, २४ फागुन । नेपालका लागि चिनियाँ राजदुत छन हाउ याङ्गी । हाउ याङ्गी राजदुत भएर नेपाल अाएकाे धेरै भएकाे छैन । तर, तिनै याङ्गी शुक्रबार नेपाली पाेशाकमा सजिएर नेपाली गीतमै छमछमी नाचेर चकित पारेकी छन् । चिनियाँ राजदुत याङ्गी १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अायाेजित एक कार्यक्रममा छमछमी नेपाली पाेशाकमा सजिएर मन्चमा नाचेकी […]

ओली र कुँवरलाई बेलायतमा बस्ने नेपालीको सहयोग

काठमाण्डौ, २२ फागुन । बेलायतमा बस्ने नेपालीले करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दुइ जना युवकलाई आर्थिक सहयोग गरेका छन । रुकुमका कृष्ण ओलीलाई १ लाख दश हजार र बाँकेका बुद्धिमान कुँवरलाई ४८ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । ओलीलाई हिमालय टेलिभिजनका कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठ र सम्पादक विनोद ढुंगेल तथा […]

नेपालमा चिनियाँ लगानी भित्र्याउन बेइजिङमा लगानी सम्मेलन

बेइजिङ, १४ फागुन । आगामी महीना काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तालाई सहभागी हुन आह्वान गर्दै चीनस्थित नेपाली दूतावासले बेइजिङमा सोमबार लगानी सम्मेलन आयोजना गरेको छ । झण्डै १२० भन्दा धेरै लगानीकर्ता, व्यावसायिक प्रतिष्ठान, प्राज्ञिक समुदाय तथा अन्यको उपस्थिति रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि […]

भारतीय वायुसेनाले पाकिस्तानी भूमीमा १००० किलोको खतरानाक बम खसाल्दा ३०० मानिस मारिए

काठमाडौं, १४ फागुन । भारतले पाकिस्तानमा मंगलबार ठूलाे आक्रमण गरेकाे छ । भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिर क्षेत्रमा प्रवेश गरी एक हजार किलोको बम प्रहार गरेकाे पुष्टि भएकाे छ । मंगलबार राती ३ः३० बजेदेखि नै भारतले पाकिस्तानी भूमिमा लगातार आक्रमण गरेकाे हाे । भारतले आफ्नाे आक्रमणमा करिब ३०० जना ‘आतंककारी’ मारिएको पनि दावी […]

दुर्गमका ९ वटा विद्यालयलाई एनआरएनले दियो १/१ लाख

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालको नौं वटा दूर्गम क्षेत्रका विद्यालयहरुलाई १/१ लाख आर्थिक सहायता उपलब्ध गराएको छ । एनआरएनए, अष्ट्रेलियाले नेपालको दूर्गम भेगमा रहेका नौं वटा विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठनका लागि आवश्यक सहयोग गर्न सो आर्थिक सहायता उपलब्ध गराएको हो । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपालको दूर्गम भेगमा […]

नेपालमा पहिलो पटक जापानीज भाषा सम्बन्धि ‘ई–लर्निङ सेमिनार’

काठमाडौं, ३ फागुन । जापानीज भाषालाई नेपालमा सजिलो गरी सिकाउनका लागि गोरेश निहँगो सुई सुई प्रबिधिको प्रयोगले सजिलो बनाउने भएको छ । राजधानीको ‘याक एण्ड यति होटेल’मा शुक्रबार भएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले जापानीज भाषा सिक्न चाहने धेरै नेपाली युवाहरुका लागि यो ‘ई–लर्निङ सिस्टम’एउटा महत्वपूर्ण अवसर भएको विश्वास […]

ट्रम्पविरुद्धअमेरिकामा बस्ने नेपालीले हाले अदालतमा मुद्दा

काठमाडौं । धेरै देशको राजनीतिक अवस्था सुध्रिसकेको भन्दै अमेरिकी सरकारले टेप्रोररी प्रोटेक्सन स्टयाटस (टिपिएस)मा बसेकाहरुलाई हटाउने निर्णय लिएपछि टिपिएस अन्तर्गत अमेरिका बस्ने नेपालीहरु आन्दोलित बनेका छन् । नेपालमा राजनीतिक द्वन्द्वका कारण बस्न नसक्ने गरी खतरा भएको भन्दै अमेरिकामा पुगेका नेपालीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकाकै अदालतमा मुद्दा समेत दायर गरेका छन् । ट्रम्प सरकार […]

खाडी राष्टका ६७ रोजगारदाता कम्पनी कालोसूचीमा

काठमाडौं, २९ माघ । सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ। वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ। विभागका महानिर्देशक दिलिप चापागाईँले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए। कालोसूचीमा पर्नेमा सबैभन्दा बढी मलेसियाका रोजगारदाता […]