कोरोनाको त्रास: १ सय १३ मुलुकमा, मृतकको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ फागुन । विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक विश्वको १ सय १३ मुलुकमा फैलिसकेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ भने १ लाख १४ हजार २ सय ९९ जना संक्रमित भएका छन् । चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ […]

कोरोनाभाइरस: हप्तौँपछि दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे

क्वारन्टीनको अवधि सकिएपछि स्वीडनका राजदूतले आफ्नो तस्बिर ट्विटरमा हाल्दै आफू खुसी भएको उल्लेख गरेका छन् कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टीनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन् । उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ । उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक […]

कोरोनोका कारण कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो

काठमाडौँ, २६ फागुन । कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ । कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो। कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ। कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना […]

कोरोना संक्रमितलाई राखिएको होटल भत्किदा ७० जना पुरिए

एजेन्सी, चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको एक होटल भत्किँदा ७० जना पुरिएका छन् । दक्षिणी चीनको फुजिएन प्रान्तको च्वान्जू नगरको उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले […]

कोरोना त्रास: इटालीमा एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा

एजेन्सी । इटालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको लागि एक करोड ६० लाख मानिसको बसोबास रहेको क्षेत्रलाई पूर्ण रुपमा ‘लक डाउन’ गरी क्वारेन्टाइन बनाइने भएको छ । लोम्बार्डी क्षेत्र र उत्तर तथा पूर्वका ११ प्रान्तलाई लक डाउन गर्ने तयारी इटालीले गरेको हो […]

उच्च नेता सहभागी कार्यक्रममा चल्याे गोली ३२ को मृत्यु, मुस्किलले बाँचे अब्दुल्लाह

काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार ठूलो आक्रमण भएको छ । शुक्रबार काबुलमा बन्दुकधारीहरुले एक कार्यक्रममा गोलाबारी सुरु गरेका थिए । जसमा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । कैयौँ मानिसहरु घाइते भएका छन् । प्रहरीको जवाफी कारबाहीमा हमलाकारीको पनि मृत्यु भएको छ । यो हमलामा अफगानिस्तानका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्ला मुस्किलले […]

साउदी राज परिवारका तीन वरिष्ठतम सदस्य अचानक पक्राउ

साउदी, २४ फागुन । साउदी अरेबियाको राज परिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन । पक्राउ परेका उनीहरूले साउदीको […]

अमेरिकी पर्यटकसँगै भुटान पुग्यो कोरोना भाइरस

काठमाडाैं, २३ फागुन । एकजना अमेरिकी पर्यटकमार्फत हिमाली राज्य भुटानमा पनि कोरोना भाइरस पुगेको छ। गत सोमबार हवाईजहाजमार्फत राजधानी थिम्पु पुगेका ७६ वर्षीय अमेरिकी पर्यटकसँगै कोरोना भाइरस पुगेपछि भुटाले सजगता अपनाएको छ। थिम्पु पुगेका ती अमेरिकी पर्यटकमा कोरोना भाइरस पोजिटिभ भेटिएपछि भुटानले शुक्रबारदेखि लागू हुने गरी दुई साताका लागि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको छ। […]

एप्पललाई फोन स्लो पार्दा ५० करोड डलर जरिवाना

काठमाडौं, २३ फागुन । एप्पलले पुरानो आइफोन स्लो बनाएको मुद्धामा ५० करोड अमेरिकी डलर तिर्न सहमती जनाएको छ । एप्पलले तिर्ने जरिवाना अदालतबाट स्विकृत हुन बाँकी छ । एप्पलले फोन स्लो भएको उजुरीकर्ताहरुको बाँड्ने गरी यस्तो सहमती जनाएको हो । एप्पलले पुराना आइफोनलार्य ब्याट्रीमार्फत् स्लो बनाउने गरेको खुलासा भएपछि अमेरिकी अदालतमा मुद्धा परेको थियो । […]

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या १४८ पुग्‍यो, देशभरका स्कूल कलेज बन्द

एजेन्सी, कोरोनाभाइरसको संक्रमणबाट इटालीमा बिहीबार थप ४१ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ । यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो। संसारभर हालसम्म ३२०० सय जना भन्दा बढिको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएका छन्। इटालीका सम्पूर्ण २२ क्षेत्रमा […]