ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रियो डि जेनेरियोबाट प्रकाशित हुने अखबार जर्नल ओडियाले राष्ट्रपति बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । उनलाई बिहीबारमात्रै कोरोना भाइरसको परीक्षण गरिएको थियो ।यद्यपि बोल्सोनारोलाई कोरोना भाइरस लागेको पुष्टि भएको विषयमा ब्राजिलका स्वास्थ्य अधिकारीले भने कुनै टिप्पणी गरिसकेका छैनन् । […]

कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन मोदीको प्रस्ताव

काठमाडौँ, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोग सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका छन्। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,’ उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका छन्। ‘संयुक्तरुपमा […]

कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्यु

काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्युको भएको घटना फेला परेको छ । भारतको कर्नाटका एकजना ७६ बर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको कर्नाटका राज्यको कालाबुर्गीमा मंगलबार मृत्यु भएका वृद्धको भाइरसकै संक्रमणले मृत्यु भएको पुष्टि भएको छ । उनको मृत्यु कारण परीक्षण प्रतिवेदन बिहिबार मात्रै आएको थियो । […]

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन थप १२ वर्षसम्म राष्ट्रपति बन्‍ने

काठमाडौं, २९ फागुन। ‍रुसी राष्ट्रपति भ्लादिमिर पुटिन थप शक्तिशाली भएका छन् । रुसको संसद्ले देशको संविधान संशोधन प्रस्तावलाई स्वीकृति दिएसँगै पुटिन झन शक्तिशाली भएका हुन् । अब पुटिन थप १२ वर्षसम्म राष्ट्रपति हुने भएका छन् । रुसी जनतामा पुटिन लोकप्रिय भएपनि संवैधानिक प्रावधानले पुटिन लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाएका थिएनन् । संविधान संशोधनसँगै […]

विश्‍व स्वास्थ्य स‌ंगठनद्वारा ‘कोरोना भाइरस विश्‍वव्यापी महामारी’को घोषणा

काठमाडौँ २९ फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो ।कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले बुधबार यसलाई विश्वव्यापी महामारी […]

ट्रम्पले लगाए २६ मुलुकमा यात्रा प्रतिबन्ध

काठमाडौं, २९ फागुन । कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने अमेरिका आउन रोक लगाउने छैन । उनीहरूले सो अबधिमा अमेरिका आउजाउ गर्न पाउने छन तर उनीहरूको बारेमा सोधपुछ र […]

१५ सय कैदी रिहा गर्न राष्ट्रपतिले दिए स्वीकृति

एजेन्सी, अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले विद्रोही १५ सय जना तालिबानी कैदीलाई रिहा गर्न स्वीकृति दिएका छन् । अशरफ घानीले स्वीकृति दिएसँगै रिहा हुन लागेका कैदीहरुले १५ दिनभित्र अब कुनै पनि युद्धमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाउनु पर्ने भएको छ । तालिबानले आफ्नो नियन्त्रणमा रहेका एक हजार सरकारी व्यक्ति रिहा गर्न सहमति जनाइसकेको छ । अमेरिका […]

कोरोनाबाट इरानमा एकै दिन ५४ को मृत्यु

इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन् । पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको संख्या २ सय ९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताए । उनले कोरोना सङ्क्रमित व्यक्तिहरुको […]

इटलीका सेना प्रमुखलाई कोरोना भएको पुष्टि

काठमाडौं २७ फागुन । इटालीका सेना प्रमुखलाई कोरोना भाइरस लागेको पुष्टि भएको छ । इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित सेनाप्रमुख फारिनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसका कारण ३६६ जनाले ज्यान गुमाइसकेका छन् भने एकैदिन १३३ जनाको मृत्यु भएको इटलीले जनाएको छ । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट […]

कतारका लागि श्रमस्वीकृति स्थगित, आउन चाहने यात्रुलाई ल्याउने

काठमाडौँ २७ फागुन । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा कतार जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो । विभागले अर्को […]