भक्तपुरमा नवप्रवेशी शिक्षकलाई अभिमुखीकरण: अल्छी हुनु नहुनेमा जोड

भक्तपुर, ९ पुस । भक्तपुर नगरपालिकाले नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षक सेवा आयोगको सिफारिसबाट भक्तपुर नगरपालिकामा पदस्थापना भएका विद्यालय तहका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । मंगलवार नगरपालिकाको शिक्षा शाखा द्वारा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरु कहिल्यै अल्छी हुनु नहुनेमा जोड दिए । […]

‘भुवा पर्व’ को अवसरमा बिहीबार सार्वजनिक विदा

धनगढी, ८ पुस । ‘भुवा पर्व’ को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले यही पुस १० गते बिहीबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णय बमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका […]

गुणस्तर सुधार तथा शिक्षासम्बन्धी कानून निर्माण सुझाव, सुधार लागि २३ बुँदे घोषणापत्र

बलेवा, ७ पुस । जिल्लाको जैमिनी नगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका काम थाल्ने भएको छ । आइतबार सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा शिक्षासम्बन्धी कानून निर्माण सुझाव सङ्कलन कार्यशालाबाट २३ बुँदे घोषणापत्र जारी गर्दै नगरपालिकाले सार्वजनिक शिक्षामा सुधारको उद्घोष गरेको हो । शिक्षामा लगानी कम हुने प्रतिफलको आशा धेरै हुने भएकाले शैक्षिक सुधारका लागि पहल थालिएको […]

ढिलै भएपनि विद्यालय कर्मचारीे स्थायी प्रक्रियामा

काठमाडौं ७ पुस। सरकारले विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया शुरु गर्ने भएको छ । विद्यालय कर्मचारीहरुको योग्यता निर्धारण गर्दै उनीहरुलाई शिक्षक सेवा आयोगको परीक्षाबाट स्थायी गरिने भएको छ । सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रियाको व्यवस्था गरिएको हो । शिक्षा ऐनको आठौँ संशोधनमा पनि विद्यालय कर्मचारीको स्थायी प्रक्रियाको व्यवस्था भएपनि शिक्षा नियमावलीमा […]

चिसोले गर्दा नगरका सबै विद्यालय बिदा

भक्तपुर, ७ पुस । प्रदेश १ को दमक नगरपालिकाभित्रका सबै विद्यालय तिन दिनका लागि बन्द गरेका छन् । केहि दिन देखि बढेको चिसोले गर्दा विद्यालय बन्द गरिएको हो । बाक्लो हुस्सुसँगै शीतलहरले दैनिक पठनपाठनमा असहज भएको हुँदा सोमबारदेखि बुधबारसम्मका लागि नगरका सबै विद्यालयमा बिदा दिईएको हो। नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले अन्य बिदामा मिलान गर्ने […]

ऐतिहासिक दरबार हाई स्कूल भानु माध्यमिक विद्यालय को पुनर्निर्माण लगभग अन्तिम चरणमा

काठमाडौं, ७ पुस । बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल भानु माध्यमिक विद्यालय को पुनर्निर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनर्निर्माणको काम झण्डै पाँच प्रतिशत मात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो […]

देशभर ३९ हजार शिक्षक अभाव, राहत शिक्षकका लागि छुट्टै नीति : मन्त्री पोखरेल

ओखलढुङ्गा, ७ पुस । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलीसभामा मन्त्री पोखरेलले सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीन वटा महत्वपूर्ण विधेयक पास गर्न लागेको जानकारी दिए । त्यसलगत्तै […]

चिसो बढेसँगै जनजीवन प्रभावित, काठमाडौंबाट भद्रपुर चन्द्रगढीको उडान ठप्प

झापा, ६ पुस । पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिंडडुल पनि कम भएको छ । आजको भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने बिहान ९ डिग्री सेल्सियस रहेको थियो । नागरिक उड्डयन […]

शीतलहरका कारण सप्तरीका ४२ सामुदायिक विद्यालय बन्द

सप्तरी, ६ पुस । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगर उपप्रमुख साधना […]

कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा छात्रालाई निः शुल्क साइकल

भद्रपुर, ६ पुस । कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा झापा गाउँपालिकाले छात्रालाई निः शुल्क साइकल वितरण गरेको छ । मुस्लिम र आदिवासी राजवंशीको धेरै बसोबास रहेको सो गाउँपालिकाले ती समुदायका छात्रालाई विद्यालय शिक्षामा आकर्षित गराउन निःशुल्क साइकल वितरण गरेको हो । हालसम्म १३८ छात्राले साइकल प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए […]