गोंगवुमा प्रचण्ड निकट वाइसीएल नेतामाथि प्रहरीले नक्कली इन्काउन्टर गर्न खोजेको खुलासा, खुट्टामा गोली लागेपछि बचे

काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता भएको रहस्य खुलेको छ ।मंगलबार दिउँसो प्रहरीले गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरेको थियो । उनी वाईसीएल काभ्रेका इन्चार्ज रहेको खुलासा भएको हो । गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र रहेका तामाङमाथि महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको […]

सांसदमा मान्यज्यूहरूको काइदा, देव गुरुङको स्कर्टिङले पुर्याएन गिरिराजमणिलाई रोस्टमसम्म

काठमाडाैं । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भयाे । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गए। सभामुखले भने, ‘आज माननीय सदस्यहरुले गल्ती गर्नुभयो, मैले बैठकै सुरु गरेको छैन।’ तर कांग्रेस सांसदहरुले त्यसलाई वास्ता गरेनन्। कांग्रेस र सत्तारुढ दलका […]

‘मोस्ट वान्टेड’ सूचीमा रहेका चाैधरीको मोटरसाइकलमा भाग्दै गर्दा आज बिहानै प्रहरीको गोली लागेर मृत्यु

राजविराज, ९ माघ । प्रहरीले लामो समयदेखि मोस्ट वान्टेडको सूचीमा राखेर खोजेका एक व्यक्ति प्रहरीकै गोलीबाट मारिएका छन् । सप्तरीकाे राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फ आज बुधवार बिहानै ४ बजेतिर गोली चलेको हो । बुधबार बिहानै सप्तरीको रुपनी नजिक प्रहरीले गोली हानेर मोस्ट वान्टेड सूचीमा रहेका दिपेन्द्र चौधरी मारिएका हुन् । सप्तरीकै कडोरवनाका करिव […]

काठमाडौं गोङ्गबुमै भेटिए ठूलो हतियारका कारोवारी, कारोबारीमाथि प्रहरीले चलायो यसरी गोली

काठमाडौं । राजधानीमा हतियारका काराेवारीहरु बढेका छन । यसैक्रममा एकजना हतियार काराेवारीमाथि काठमाडाैंकाे गाेङ्गबुमा प्रहरीले गाेली चलाएकाे छ । मध्य सहरमै यसरी प्रहरीले हतियार काराेबारी नियन्त्रणमा लिन नसकेर गाेली चलाउनुपर्ने अवस्था अाएपछि राजधानीमा सुरक्षा चिन्ता बढेकाे छ । गोंगबुमा प्रहरीले गोली चलाएर एक जना हतियार कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका अभिलास तामाङ […]

उपभोक्ता ठग्ने मैतीदेवी र चुच्चेपाटीका दुई पेट्रोल पम्पमा शिलबन्दी

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ । विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई आज शिलबन्दी गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले शिल तोडेर नक्कली शिल लगाई बिक्री–वितरण गरेको आधारमा शिलबन्दी गरेको जानकारी […]

बलात्कार आरोपमा फरार भएका वडाध्यक्षले गरे आत्मसमर्पण

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि […]

फुलचोकीमा हराएका तीन जनाको उद्धार

ललितपुर । प्रहरीले घुम्न जाँदा हराएका तीन जनालाई फुलचोकी जङ्गलबाट उद्धार गरेको छ । आइतबार दिउँसो घुम्न गएका १७ वर्षीया मुस्कान तामाङ, १८ वर्षीया मल्लिका तामाङ र १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले राती अबेर फेला पारेको महानगरीय प्रहरी परिसरले जनाएको छ । घुम्न गएका उनीहरु जङ्गलमा हराएका भन्दै परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका परिसरका प्रवक्ता […]

डियर सर्टिफिकेट !

पहाडको काखमा सानो गाउँ । गाउँको शिरानमा खरले छाएको एकतले मजेत्रो । कोठाको बीचमा अँगेनो । अँगेनोमाथि ओदानसँगै जोतिएका केही मलातेका नसुकेका दाउरा । धुँवाले भित्ता कालैकालो । भित्ताको काठमा झुन्ड्याइएको पुरानो रेडियो । धुरीसम्म जोड्ने खुर्सानीको माला । कुनाको खुट्टे खटियामाथि पुरानो च्याद्दर र डसना । डोरीमा टाँगिएका पुराना थोत्रा कपडा । घरको वरिपरि […]

यसरी भइरहेछ जाजरकोटमा लाखौ क्वीन्टल बहुमुल्य जडिबुटीको तस्करी

जाजरकोट, ७ माघ । बहुमुल्य सेतोचिनी (खिर्याङलो) लगायतका जडिबुटीहरुको जाजरकोटबाट चोरी निकासी गर्ने क्रम निकै बढेको छ । जिल्लाबाट सरकारी लाखाै क्वीन्टल जडिबुटी धमाधम चाेरी निकासी भइरहे पनि प्रशासनले भने त्यति वास्ता गरेकाे देखिदैन । प्रशासनकाे माैनसमर्थन रहेकाे जस्ताे देखिने र भित्रभित्रै मिलेमताे भएकाे पनि हुनसक्ने स्थानीयकाे शंका छ । याे केसमा लहराे तान्दा पहराे […]

व्यापार घाटा साढे पाँच खर्बले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो […]