भोलिबाट मौसममा सुधार आउने, लगत्तै सोमबारबाट पानी पर्ने पूर्वानुमान

काठमाडौं, २४ पुस । केही दिनदेखि जारी बदली र वर्षामा भोलिबाट सुधार आउने भएको छ । तर लगत्तै सोमबारबाट नयाँ प्रणाली भित्रिने र त्यसले पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई […]

आफूलाई आनन्द, अर्कालाई अमिलो: खतिवडा अब अमेरिकाका लागि राजदूत ?

काठमाडौं, २३ पुस । गत शुक्राबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘यो पटक २ वर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहो याउने, मापदण्ड बनाइयो । त्यो अर्थमन्त्री युवराज खतिवडालाई पुनः संसद हुनबाट सदाका लागि पन्छाउने रणनीति बमोजिम आएको थियो । अब राष्ट्रपतिले मनोनयन गर्ने कोटामा पनि खतिवडा नपर्ने पक्का भयो । गत वर्ष अर्थमन्त्रीको […]

इरानमा विमान दुर्घटना हुँदा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन

इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो। विमानमा सवार सबैको निधन भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ। प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको […]

आगो निभाउँदा पिताको ज्यान गयो, १९ महिने छोरालाई दिइयो ‘मेडल’

एजेन्सी । अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी […]

इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानद्वारा आक्रमण

काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो । इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको […]

बुटवलस्थित नवीन औद्योगिक मावि ४४ औं वर्षमा

बुटवल । बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४४ औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । मंगलवार प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा विद्यालयको ४४औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन समारोहबा बोल्दै प्रमुख अतिथि एवं प्रदेश […]

आठ कक्षासम्म रंगीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने

काठमाडौं ।  कुनै समय यस्तो थियो-शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ। कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो। त्यसमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनजस्ता सम्बन्धित संस्थामा […]

मेयरले गरे पत्रकारहरुलाई कोठामा थुनी गुण्डा लगाएर कुटपिट

जनकपुर, २२ पुस । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच भनाभन भएको हो । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको बताइएको […]

जिल्ला सभापतिहरुसँग नेता पौडेलको आग्रह : सभापतिविरुद्ध लड्नका लागि तयार रहनुस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । भेलामा ४२ जिल्ला सभपातिहरु सहभागी भएको पौडेल पक्षको दाबी छ । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यूनतम सहमतिको स्थिति समेत पैदा नगरेको आरोप लगाए । उनले सभापतिको पेलेरै जान […]

मावि तहको लाइसेन्स परीक्षाको ७५ प्रतिशत कापी परिक्षण, माघमा नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन् । गौतमका अनुसार पुषभित्रै मावि तहको कपी परिक्षण सकिने र माघमा नतिजा प्रकाशित हुनेछ । आयोगले काठमाडौंमा २ र ललितपुरमा […]