स्कूल बन्यो अब पढाइ बनाउनुस्– पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् । भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा […]

पढ्न नजानेको भन्दै नीलडाम हुनेगरि कुट्दा नौ जना विद्यार्थी घाईते

बैतडी, १५ पुस । विद्यार्थीले उल्टो बाह्रखरी पढ्न नजानेको भन्दै तीन जना शिक्षकले नीलडाम हुनेगरि पाईप र लठ्ठीले कुट्दा बैतडीमा नौ जना विद्यार्थी घाईते भएका छन् ।बैतडीको सुर्नया गाउँपालिका –३, को विशेश्वर आधारभूत विद्यालयका शिक्षक दीपक भट्ट, प्रताप लोहार र घुम्रा भट्टले कुटपिट गरेको भन्दै नौ जना विद्यार्थी जिल्ला सदरमुकम पुगेका छन् । शिक्षकले पाईप […]

नेविसंघद्वारा उपकुलपतिको कार्यकक्षमै तोडफोड

काठमाडौं १३ पुस। नेपाल विद्यार्थी संघ नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । लामो समयदेखिका मागहरु ध्यानाकर्षण गराउन भन्दै नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमै तोडफोड गरेको हो । तोडफोडबाट उपकुलपतिको कार्यकक्षमा रहेका टेबुल र कुर्सीमा क्षति भएको छ । राजनीतिक नियुक्ति, स्ववियु चुनाव, त्रिविभित्रको प्रहरी चौकीलगायतका विषयमा […]

स्नातक सकेर कामविहीन बसेकालाई अब राष्ट्रिय बाणिज्य बैंकले काम दिने

काठमाडौ १३ पुस । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्नातक अध्ययन सकेर कामविहीन बसेकाहरुलाई काम दिने भएको छ । बीबीए र बीबीएस दिएर कामविहीन बसेका युवाहरुलाई लक्षित गरी प्रदेश नं।् १ मा पनि इम्पावर एकेडेमी कार्यक्रम शुरु गरेको हो । प्रदेश नं ३ बाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत प्रदेश नं १ […]

चिसो अत्यधिक बढेपछि पाँच दिनका लागि विद्यालय बन्द

लहान, १३ पुस । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए […]

अत्याधिक चिसो र शीतलहरका कारण सिरहाका विद्यालय पाँच दिन बन्द

सिरहा १३ पुस । केही दिनयता अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आइतबारदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुबोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे […]

भोजपुर र सोलुखुम्बु जिल्लाको करार शिक्षकको सूचि प्रकाशन

काठमाडौं, ११ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको भोजपुर र सोलुखुम्बु जिल्लाको सूचि सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तह करार शिक्षकको सूची प्रकाशित गर्ने क्रममा बिहीबार एक सूचना जारी गर्दै २ जिल्लाको प्राथमिक तहको करार शिक्षकको थप सूचि प्रकाशन गरेको हो । भोजपुर जिल्लामा जम्मा सिफारिस सङख्या २७५ र करार सिफारिस […]

नयाँ शिक्षा नीतिमा तीन ऐन ल्याउने तयारी

भक्तपुर, ९ पुस । संघीय संसद्को चालू हिउँदे अधिवेशनबाट शिक्षासम्बन्धी तीन ऐन पारित गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले थप तीन ऐन पारित गरिने बताएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘संघीयतामा शिक्षा स् स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती’ विषयका अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले जारी भइसकेका […]

भक्तपुरमा नवप्रवेशी शिक्षकलाई अभिमुखीकरण: अल्छी हुनु नहुनेमा जोड

भक्तपुर, ९ पुस । भक्तपुर नगरपालिकाले नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षक सेवा आयोगको सिफारिसबाट भक्तपुर नगरपालिकामा पदस्थापना भएका विद्यालय तहका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । मंगलवार नगरपालिकाको शिक्षा शाखा द्वारा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरु कहिल्यै अल्छी हुनु नहुनेमा जोड दिए । […]

‘भुवा पर्व’ को अवसरमा बिहीबार सार्वजनिक विदा

धनगढी, ८ पुस । ‘भुवा पर्व’ को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले यही पुस १० गते बिहीबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णय बमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका […]