समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ ।  सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्री वर्षमान पुन ‘अनन्त’ले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा छलफलमा मन्त्री पुनले विगतमा राजनीतिक अस्थिरता र संक्रमणको फाइदा उठाउँदै ठेक्का लिने र समयमै काम नगर्ने प्रवृत्ति रहँदै आएकोमा वर्तमान सरकार गठन भएपछि त्यस्तो प्रवृत्तिमा सुधार आएको […]

नेपालसँग अमेरिका पराजित

काठमाडौं ।  आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालसँग अमेरिका पराजित भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा  पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध  ३५ रनको जित निकालेको हो। अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि  पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो।  नेपालका लागि करण केसीले चार […]

महाशिवरात्रीलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

काठमाडौं । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ ।महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा […]

मध्यरातमा सिन्धुपाल्चोकको खाल्डे प्रहरी चौकीमा आक्रमण, २ प्रहरी घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको खाल्डे प्रहरी चौकीमा मध्यरातमा अज्ञात समूहले आक्रमणबो प्रयास गरेका छन् । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०र१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको […]

पद्मकन्याका विद्यार्थीले बनाए ट्राफिक जाम नै नहुने सडक !

काठमाडौं । शुक्रवार अचम्मै भयो । कोटेश्वरमा सवारी साधनको जाम नै भएन । प्रायः  तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारी साधनले कोटेश्वरमा एकदमै जाम हुने गर्छ । तर, शुक्रवार कोटेश्वरमा दुईवटा फ्लाइ ओभर ब्रिज देखियो । एउटामा तीनकुनेबाट बालकुमारी जाने सवारी साधन चलिरहेका थिए भने अर्कोमा  बालकुमारीबाट भक्तपुर जाने सवारी साधन । सवारीहरुको एक आपसमा […]

वमजनकाे अाश्रममा प्रहरीको घेरा, वमजन कतै नभेटेपछि चेला पक्राउ

काठमाडौं, २४ माघ । बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले बताएका छन्। बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले ‘महामार्ग गुरु’ भन्ने गरेका ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। बिहानै आश्रम […]

भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिता हुने

भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिताको आयोजना हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा धिमेबाजा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७७ वटा सांस्कृतिक समुह सहभागी हुने नगरपालिकाले जनाएको छ । प्रतिस्पर्धी समुहले धिमे बाजा बजाउदै नगर परिक्रमा गर्ने बताइएको छ । उक्त प्रतियोगिताको मूल्यांकन भने दर्शकले गर्ने हुनाले प्रतियोगिता थप रोमाञ्चक रहने बिस्वास […]

गुप्ताङ्ग काटेर बीभत्स हत्या गर्ने २ जना सार्वजनिक

झापा, २४ माघ । झापामा गत माघ २० गते भएको बीभत्स हत्यामा संलग्नहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड २ मा बिभत्स हत्या गरिएका ४० वर्षीय भारतीय नागरिक सुवास सेखको हत्यामा संलग्न भएको आरोपमा २ स्थानीय युवाहरु लाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख रहेका एसपी कृष्ण तिम्सिनाका अनुसार ४० […]

चलाउनै नजान्ने सांसदले ल्यापटप पाउने, नजान्नेलाई स्वकीय सचिवले सिकाउने

जनकपुरधाम, प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने मुल उद्देश्यका साथ प्रदेशसभा सचिवालयले सबै प्रदेश सभा सदस्यहरुलाइ ल्यापटप प्रदान गर्ने भएको हो ।प्रदेश २ का सभामुख सरोज कुमार यादबले प्रदेश सभालाइ पेपरलेस बनाउने अभियानका लागि प्रदेशसभामा ल्यापटप आइसकेको र अब केही दिनभित्रै सबैलाई वितरण गरिने जानकारी दिए । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन […]

कार चलाउन सिकाउँदा एक जनाको मृत्यु

बैतडी, २४ माघ । कार सिकाउँदै गर्दा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु तथा एक घाइते भएका छन्। मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन् […]