निर्वाचन सम्बन्धि गतिविधि रोक्न नेकपा दाहाल नेपाल समूह आयोगमा

    पुस २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगमा नै पुगेर आग्रह गरेको छ । निर्वाचन प्रक्रिया रोक्न आग्रह गर्न उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली सोमबार आयोग पुगेका हुन् । प्रतिनिधि सभा विघटनको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै निर्वाचनको प्रक्रियाले अदालतमा विचाराधीन […]

बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तैयारीमा गृहले गरे तिन सुरक्षा निकाय संग बैठक

पुस २७ ,काठमाडौँ। गृह मन्त्रलायेले आगामी २०७८ साल बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उदेश्यले गृह सचिव, अर्थ सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बैठक सम्पन्न गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षता, माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेलको विशेष उपस्थिति बैठक सम्पन्न भएको […]

संचार मध्यम सम्बद्ध संघ–संगठनका नेताहरुले भने ‘प्रतिगमन र निरङ्कुशताका विरुद्ध वृहत मोर्चाबन्दी जरुरी छ ’

पुस २७ ,काठमाडौं । संचार मध्यम सम्बद्ध विभिन्न संघ–संगठनका नेताहरुले प्रतिगमन र निरङ्कुशताका विरुद्ध वृहत मोर्चाबन्दी जरुरी रहेको बताएका छन् । उनीहरुले प्रधानमन्त्रीकोकदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार÷संचारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनु पर्ने बताए । आसन्न पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रुपमा मनाउन आह्वान गर्दै नेताहरुले त्यसका […]

कोभिड १९को परिस्थितिलाई सामना गर्दै रक्तदानमा स्वयंसेवी भूमिका खेल्ने सम्मानित

पुस २६ ,काठमाडौँ। नेपाल स्वयंसेवी रक्तदाता समाजले कोभिड १९को परिस्थितिलाई सामना गर्दै देशभर स्वयंसेवी तवरले रक्त व्यवस्थापनमा अहम् भूमिका खेल्न सहयोग गर्ने विभिन्न व्यक्तित्वलाइ सम्मान गरेको छ। समाजले सनिबार एक कार्यक्रम बीच किर्तिपुर स्थित मञ्जुश्री पार्कमा रक्तदान , परिचयात्मक तथा बनभोज कार्येक्रम गरेको हो। सो अवसरमा २८ जनाले रक्तदान गरेका छन। नेपाल स्वयंसेवी रक्तदाता समाजका […]

लागूऔषध कारोबारी पक्राउ

पुस २६ ,काठमाडौँ। महानगरीय अपराध महाशाखाले दुइ जना लागूऔषध कारोबारि लाइ पक्राउ गरेको छ। कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार कुलेश्वर स्थित एक होटेलमा तिर्थ बहादुर गोले र प्रकाश सुयललाई पक्राउ गरेको हो। चेकजाँच तथा खानतलासीका क्रममा तिर्थ बहादुर गोलेको साथबाट १ के.जि.१०० ग्राम लागूऔषध अफिम जस्तो देखिने पदार्थ […]

‘गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रा’को टोलीलाइ हनुमानढोका दरवारमा स्वागत – फोटोहरु

  पुस २६,काठमाडौं । गोरखा दरबारबाट सुरु भएको गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ । पुस २१ गते देखि गोरखा दरबारबाट शुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ आज साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा आइपुगेको हो ।  पदयात्रामा नेपाली सेनाले गोरखा दरबारबाट राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र […]

प्रतिनिधिसभा विघटनविरुद्ध ३३० निर्वाचन क्षेत्रमा कांग्रेसको आज विरोध कार्यक्रम

काठमाडौँ । नेपाली का‌ग्रेसले सरकारको विरोध गर्दै आज ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा उत्रिएको कांग्रेसले दोस्रो चरणको कार्यक्रम अन्तर्गत देशभरका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्दैछ । देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरु आफूलाई पायक पर्ने ठाउमा सहभागी हुने जनाइएको छ । सभापति शेरबहादुर देउवा काठमाडौँ […]

आङ्शिक प्राध्यापक र त्रिविबीच सहमति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार)मा नियुक्ति दिने सहमति भएको छ । यसरी […]

काठमाडौँ महानगरले ६० किलोमिटर क्षेत्रमा आधुनिक बत्ती जडान गर्दै

  काठमाडौँ । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ । यही मङ्सिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमती पत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढाएको हो । उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान […]