विज्ञानले पत्ता लाग्यो पानीका दुई फरक स्वरुप

काठमाडाैं । वैज्ञानिकले वाटर मोलिक्युल (पानीका अणु) का दुई फरक स्वरुपलाई पहिलो पटक विभाजन गर्न सफल भएका छन् । वाटर मोलिक्युलमा दुई फरक आइसोमर्स अर्थात प्रकार हुन्छन् । दुवैमा एटोमिक लेभलमा केही फरक विशेषता रहन्छ । दुई आइसोमर्सलाई छुट्याएपछि अनुसन्धानकर्ता ती दुई आइसोमर्सले रासायनिक प्रतिक्रियाको क्रममाम फरक तरिकाले व्यवहार गर्ने देखाउन सफल भएका छन् । […]

यी चर्चित वैज्ञानिक जसले हाँस्दै हाँस्दै आफ्नो जीवनबाट विदा लिए, गरे इच्छामृत्युवरण

एजेन्सी । वैज्ञानिक डेविड गुडअलले स्विटजरल्याण्डको एक क्लिनिकमा आफ्नो जीवनको अन्त्य गरेका छन् । इच्छामृत्युको अधिकारका लागि काम गरिरहेको संस्थाले १ सय ४ वर्षीय गुडअलको निधनको जानकारी दिएको छ । लण्डनमा जन्मिएका गुडअल बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक थिए । मे ३ तारिखका दिन उनले अष्ट्रेलियाको आफ्नो घरबाट बिदा लिएका थिए । उनले आफ्नो जीवन […]

डुअल क्यामरा जडित सामसुङ जे सेभेन बजारमा

मोबाइलमा डुअल क्यामरा राख्ने दौडमा सामसुङको मिड रेन्ज फोन जे सेभेन पनि मिसिएको छ । विश्वकै सबैभन्दा बढी स्मार्टफोन बिक्री हुने कम्पनीको रुपमा निरस्तर स्थान बनाउँदै आएको सामसुङले जे सिरिजमा डुअल क्यामराको सुरुवात जे सेभेनको नयाँ मोडेल जे सेभन डिओबाट गरेको हो । उपभोक्ताको आकर्षण बढाउन पछिल्ला दिनमा मोबाइल कम्पनीहरुले मिडरेन्जदेखि फ्ल्यागशीप मोेडेलमा डुअल क्यामराको […]

चिस्याएर केरा पकाउने प्रविधि पहिलो पटक नेपालमा भित्र्याइयो

सामान्यतया तातोमा राखेर केरा पकाउने पुरानो परम्परा छ । विक्रीका लागि केरा पकाउन केमिकल हाल्ने गरेको आरोप पनि व्यवसायीहरूमाथि छ । दुबै प्रविधिलाई विस्थापित गर्न चिस्याएर केरा बनाउने प्रविधिको प्रयोग गर्न भएको छ । नेपालमै पहिलो पटक व्यवसायीक रूपमा केरा पकाउने प्रविधि नेपालकै सबैभन्दा ठूलो काठमाडौंको बल्खुस्थित फलफुल थोक बजारमा भित्र्याइएको हो । विन्दाबासिनी फ्रुट […]

बढे टेलिकमका डाटा प्रयोगकर्ता

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको फागुनसम्ममा आफ्नो डाटा सेवाका प्रयोगकर्ता १८ दशमलव १४ प्रतिशतले बढेको जनाएको छ । फागुन मसान्तसम्म डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेको टेलिकमले जनाएको छ । टेलिकमका कुल ग्राहक १ करोड ९१ लाख १३ हजार ७ सय पुगेका छन् । नेपाल टेलिकमले अधिकांश जिल्लामा थ्रीजी सेवा सञ्चालन […]

अलविदा हकिङ ! महान वैज्ञानिक स्टेफन हकिङको निधन

काठमाडाैं, ३० फागुन । विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे छ । अमेरिकाकाे क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको बताइएकाे छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । विज्ञप्तीमा मृत्युकाे कारण भने खुलाइएकाे छैन । हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले आफ्ना प्यारा पिताको निधनले मर्माहत भएको विज्ञप्तिमा […]

दुर्घटनापछि बंगलादेशबाट नेपालमा टेलिफोन सेवा निशुल्क

काठमाडाैं । सोमवार त्रिभुवन बिमनस्थलमा ४९ जनाको ज्यान जानेगरी भएको बिमान दुर्घटनापछि नेपाल र बंगलादेश शोकमा डुबेको छ । यस शोकको घडीमा आफन्तहरुलाई दुर्घटनाको विवरण बुझ्न सजिलो होस भन्ने उदेश्यले बंगलादेशको एक टेलीफोन प्रदायक सस्थाले नेपाल फोन निशुल्क गराएको छ । त्यहाको ग्रामीण टेलीफोनले सेवा निशुल्क गराएको हो । उक्त टेलीफोन सेवा प्रदायक सस्थाले राहत […]

नेपालमा इन्टरनेट प्रयोगकर्ता ३ गुणा बढे

काठमाडौ । इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेका छन् । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३ सय ७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ । ५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ता दर (इन्टरनेट पेनिट्रेसन रेट) करिब २० प्रतिशत थियो भने यो वर्षको […]

आजसम्मकै तीब्र गतिको जहाज ल्याउँदै चिनियाँ वैज्ञानिक, आवाजको गतिभन्दा पाँच गुणा तीब्र गति

काठमाडाैं । अाधुनिक विश्वमा चीनले अकल्पनीय कामहरुलार्इ सम्भव बनाउँदै लगेकाे छ । चिनियाँ वैज्ञानिकहरुले गरेका खाेजले विश्व चकित बनेकाे छ । यसैक्रममा चीनले अाजसम्मकै तीब्र गतिकाे जहाज ल्याउने घाेषणा गरेकाे छ । चिनियाँ बैज्ञानिकहरुले अावाजकाे गतिभन्दा पाँच गुणा तीब्र गतिमा चल्ने हाइपरसाेनिक जहाजकाे गिजाइन सबै तयार भइसकेकाे बताएका छन् ।  अहिले चीनकाे राजधानी बेइजिङबाट अमेरिकाका […]

फेक र प्रपोगाण्डा न्यूजको बुस्ट रोक्न फेसबुकले गर्यो यस्तो कडा घोषणा

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ। फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्। ‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं। जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन्– ‘यो परिवर्तन न्यूज […]