एप्पलले यसरी जित्यो रसिया विश्वकप

काठमाडाैं । कम्पनीहरूले विश्वकप प्रायोजन गर्नका लागि ठूलो रकम भुक्तानी गर्छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको तुलनामा धेरै हेरिने संसारमा अर्को कुनै खेल छैन । फिफाका अनुसार २०१४ मा ३ अर्बभन्दा बढी मानिसले विश्वकप हेरेका थिए । विश्वकपको यो संस्करणबाट फिफाले मार्केटिङबाट १.६ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ । तर, विश्वचर्चित […]

पाँच हजारमै अब वर्षभरी इन्टरनेट

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सस्तो शुल्कमा इन्टरनेट सेवा उपलब्ध गराउन गृहकार्य गरिरहेको छ। सरकारको नीतिअनुसार प्राधिकरणले उपभोक्तालाई ५ हजारमा वर्षभरी इन्टरनेट उपलब्ध गराउन गृहकार्य गरिरहेको अध्यक्ष दिगम्बर झाले जानकारी दिए। ‘सरकारको नीतिअनुसार सेवाग्राहीले ५ हजारमा वर्षभरी इन्टरनेट पाउनुपर्ने हो। तर अहिले दोब्बर छ। महिनाको ८ सय देखि १ हजारसम्म तिर्दा १० देखि १२ हजारसम्म […]

चेस अर्थात बुद्धिचाल खेल र भौतिकशास्त्र

मेलभिल फाइन्मनले आफ्नो छोरा रिचर्ड फाइन्मनलाई प्रकृति बुझ्ने तरिका सिकाउँदै एक दिन एउटा अनौठो चरा देखाउँदै सोधे, ‘त्यो चरा देखिराखेका छौ ? त्यसलाई स्पेन्सर्स वाब्र्लर भनिन्छ । इटालीमा यसको नाम चुट्टो लपिटिडा हो । चीनमा यसलाई चुङ्–लङ्ग–ता भनिन्छ । पोर्चुगलमा बोम डा पेइडा भनिन्छ भने जापानमा यसको नाम काटानो टाकेडा हो । तिमी यो चराको […]

नेपाल टेलिकमले मिडास र्इ–क्लाससँग मिलेर ग्राहकका लागि ल्यायो यस्तो सुविधा

काठमाडौं, १३ असार । नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटरका माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने उद्देश्यले टेलिकमले यो सेवा उपलब्ध गराएको हो । उक्त प्लेटफर्मको माध्यमबाट उपलब्ध गराइने शैक्षिक सामग्रीहरू श्रव्य, दृश्य माध्यममा हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न […]

लगातार आकाशे पानीमा धुलो र हिलो मिसिएर आउन थालेपछि सबै दङ्ग

काठमाडौं, ३ असार । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको वर्षा भइरहेको छ । अरब सागर र थार मरुभूमिदेखि राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण धुलोसहितको पहेँलो वर्षा भएको हो । यसरी आएको धुलो साढे २ देखि ३ किलोमिटर आकाशमाथि देखिएकाले हिमाली क्षेत्रमा प्रभाव देखिएको छैन । गत शुक्रबार राति बाहिर राखिएका सामानमा धुलै–धुलो देखिएपछि सार्वसाधारण […]

राजधानीमा यात्रुलार्इ सुविधा दिन यति ठूला बस सञ्चालनमा ल्याइदैछन

काठमाडाैं, ३० जेठ । असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ। सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो। बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, […]

अब पाँच वर्षमा उड्ने कार बजारमा अाउने

काठमाडाैं । विज्ञान र प्रविधिको विकासले गर्दा मानिसहरूले उडने कारको उपयोग छिट्टै गर्ने भएका छन् । उबर र अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाले संयुक्तरूपमा फ्लाइङ टयाक्सी वा उडने कारको निर्माण गर्ने घोषणा गरेका छन् । सन् २०१६ मा उबरले उडने कार ल्याउने र यसले सहर यातायातलाई अझ बढी सहज र सुलभ बनाउने जनाएको थियो । […]

यसरी बनाइदैछ मानव र मेसिनलार्इ जोडेर सुपरह्यूमन

काठमाडाैं । जीवित तन्तु (टिस्यु) र यन्त्र (मेसिन) बीचको समन्वयबाट वैज्ञानिकहरूले सामान्य मानवको सीमाहरू भन्दा धेरै भौतिक क्षमता भएको सर्वोच्च मानव (सुपरह्युमन)को निर्माण सम्भव बनाउने नयाँ अनुसन्धानलाई थप बलियो पारेका छन् । ह्युमन रोबोटको विकसित रूप हाइब्रिडलाई ठूलो परिमाणमा यथार्थ बनाउन सकिने सफलता जापानी वैज्ञानिकहरूले प्राप्त गर्न सक्ने देखिएको छ । जापानी वैज्ञानिकहरूले रोबोटको कंकाल […]

विजनेसको गज्जप तरिका, ९ सय पर्ने वर्ल्ड कप टिसर्ट मात्र १ रुपैयाँमा

काठमाडौं, २० जेठ । विश्वकप फुटबलको जर्सी एक रुपैयाँमा पाइने भएको छ । मोबाइल एप रिचार्जरले एक रुपैयाँमा वर्डकप जर्सी उपलब्ध गराउने अफर ल्याएको छ । विश्वकप सुरु हुन दुई साता मात्र बाँकी हुँदा ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गरेर याे अफर ल्याएको हो । रिचार्जरले नौ सय ९९ पर्ने जर्सी एक रुपैयाँमा उपलब्ध […]

निजामति कर्मचारीलाई अनिवार्य सरकारी इमेल लागु गरिने

काठमाडौं, १९ जेठ । अब हरेक सरकारी कार्यालय र निजामति कर्मचारीले अनिवार्य रुपमा सरकारी इमेल प्रयोग गर्नुपर्ने भएको छ। सरकारले ‘सरकारी निकायहरुमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५’ जारी गर्दै सो व्यवस्था लागू गरेको हो। ईमेल खाता प्रदान गरिने भएसँगै कर्मचारीको विदा तथा काज माग गर्ने र स्वीकृत वा अस्वीकृत गर्ने कार्य समेत ईमेल […]