धारै नभकाहरू मुलधारमा आऊ रे

धारै नभकाहरू मुलधारमा आऊ रे मलाई ताजुब लाग्छ यार ! मुलधारकालाई चै किनारा लाऊ रे मलाई ताजुब लाग्छ यार ! शासक बर्वराउने, सत्ता धर्मराउने पनि गीत गाउने हाे श्रष्टाले ? बरू काला कर्तुतकाे गुनगान गाऊ रे मलाई ताजुब लाग्छ यार ! जीवन तरकारीकाे मूल्य जस्तै ठानी आत्महत्या गर्दैछ किसान खाेक्छाै, राेजे जति छ बजार भाउ […]

संस्कृतिविद सत्यमोहन जोशीलाई अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार प्रदान

काठमाडौं, २८ फागुन । संस्कृतिविद सत्यमोहन जोशी अन्तराष्ट्रिय लोकसाहित्य पुरस्कारबाट पुरस्कृत भएका छन । मंगलबार राजधानीमा आयोजित एक समारोहमा जोशीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो पुरस्कार प्रदान गरेका हुन् । नेपाली लोक साहित्यमा अनवरत योगदान गरेका संस्कृतिविद् जोशीलाई कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कार प्रदान गरेको हो । एक लाख एक […]

आस्थाको अजम्बरी धराहरा ढल्दैन कमरेड

बादलको हलचलले पत्थर गल्दैन कमरेड उखान टुक्काको भरमा देश चल्दैन कमरेड दुई-चार दिनको रमझममा रमाएर के गर्नु बनमारा रोपेपछि सुन्तला फल्दैन कमरेड बाध्यताको चौतारीमा सन्नटा छाए पनि मसान छेउमा शान्तिको दियो बल्दैन कमरेड आवेग र उत्तेजनाले मात्रै के पो हुन्छ र तातोपानीले कहिल्यै घर जल्दैन कमरेड चाहे धम्की बर्षियोस या त दमन दन्कियोस आस्थाको अजम्बरी […]

भौती माया लाउँदाइनउ क्या

भौती माया लाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ आम्नाई पछि धाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ । गाउँ छोड्या बेली टुपुक्कै ग्यार दिन भया म कन साटा घर आउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ । काखथी नबोली ठुस्स पण्या क्या मन्ने आयो भन्दो म सैतै आपी राउँदाइनउ क्या भन्दी क्या बैरालो भयो […]

खतिवडालाई वेदमणि अभिनव वर्ष उत्कृष्ट गजल पुरस्कार

काठमाडौँ, २६ फागुन । अभिनव साहित्य समाजले स्थापनाको १८ औँ वार्षिकोत्सवका अवसरमा जनप्रतिनिधिलाई सम्मान गरेको छ । काठमाडौँ क्षेत्र नं. ३ (क) बाट प्रदेशसभा सदस्य पदमा विजयी छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल र गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायण सुवेदीलाई सम्मान गरिएको हो । जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ […]

कसरी भनुँ के सोच्दैछु म, न ससुराली न साली भएपछि

जे सोच्छ होला नि खेतले आली नभएपछि त्यही सोच्छ होला किसानले बाली नभएपछि । हाम्ले जस्तै सोच्छ होला या अलि केही फरक साँच्चै के सोच्छ होला रूखले डाली नभएपछि । सोच्न त सोच्छ होला नसोच्ने पनि पक्कै मनमनै कुनै सुन्दर फुलवारीको माली नभएपछि । जहिल्यै साँझ भरी हुने त्यो भट्टीको गिलासले पनि सोच्नु सोच्छ होला […]

सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिड्दैछौ कि भुल्यौ दाजुभाइ

‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ छयालीस वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ । विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा […]

गजल: दूध माथि लाग्ने मिठो तर हुनु है मै साप

एउटा सानो सुन्दर; घर हुनु है मै साप   घर छेउ पिपलसँगै; वर हुनु है मै साप १ भरखर भरखर विश्वासको जग हाल्दैछु म छानो बन्न पिरतिको; खर हुनु है मै साप १ सुन्दर त्यो नाम कति सुन्दर हुन्थ्यो होला झनै  तिम्रो नामको पछि मेरो; थर हुनु है मै साप १ भनेँ भने कतै मैले के […]

मातृभाषा दिवसमा बहुभाषिक कवि गोष्ठी

फिदिम । बीसौँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा पाँचथरमा बहुभाषिक कवि गोष्ठी आयोजना गरिएको छ । लिम्बू विद्यार्थी मञ्चलगायत संस्थाको आयोजनामा सञ्चालित गोष्ठीमा कविले नेपाली, लिम्बू तथा शेर्पा भाषामा आआफ्ना रचना वाचन गरेका थिए । कवि प्रेम ओझा, दीलेन्द्र कुरुम्बाङ, मधुराज केरुङ, निशा लोवा, दोलाक्पा शेर्पा, सागर केरुङ लगायतले मातृभाषामा कविता वाचन गरे । नेपाल आदिवासी […]

दुई जनाले बोल्ने भाषा

नारायणपुर, ९ फागुन । ‘वनराजा’ र ‘वनकरिया’ जस्ता नामले समेत चिनिने कुसुण्डा समुदायको आफ्नै भाषा छ । यो भाषा अहिले लोप हुने खतरामा छ । भाषा लोप हुन थालेपछि कुसुण्डा समुदाय चिन्तित छ । सिङ्गो समुदायमा पूर्ण रुपमा यो भाषा जानेका दुई महिला मात्र छन् । बयासी वर्षीया ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीया कमला कुसुण्डा मात्रै […]