टेलिकमले ल्यायो २२ नयाँ अफर, ६ रुपैयाँमा एक घण्टा कुरा गर्न पाइने

काठमाडौं । नेपाल टेलिकमले एकै पटक २२ वटा अफर सार्वजनिक गरेको छ। विन्टर अफरको रुपमा कम्पनीले ल्याएको नयाँ योजना अन्र्तगत प्रयोगकर्ताले ६ रुपैयाँमा एक घण्टा सम्म कल गर्न पाउने भएका छन्। कम्पनीले आइतबार देखि लागू हुने गरि यो अफर ल्याएको हो। अफर आगामी चैत २८ गतेसम्म लागु हुनेछ। यसमा कम्पनीले पहिले अटम अफर अन्तर्गतका सेवामा […]

क्यान इन्फोटेक २०१९ माघ १५ देखि २० सम्म

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ । काठमाडौ ंबाहिर प्रदेश १ को विराटनगरमा पुस […]

चन्द्रमाको कसैले पठाउने नसकेको क्षेत्रमा चिनले पठायो आफ्नो अन्तरिक्ष यान, सबै चकित

काठमाडाैं । चन्द्रमाकाे अहिलेसम्म कसैले नपठाएकाे क्षेत्रमा चिनले अाफ्नाे अन्तरिक्ष यान पठाएर नयाँ रेकर्ड कायम गरेकाे छ । चन्द्रमाकाे सबैभन्दा परको क्षेत्रमा चिनले पठाएकाे रोबोटिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गरेकाे छ । चिनले चाँग ४ नाम दिएकाे उक्त अन्तरिक्ष यान दक्षिण ध्रुव एटकेन बसिनमा अवतरण गरेको बताइएको छ। सो क्षेत्रमा पृथ्वीबाट कहिले पनि देखिदैन्। उक्त […]

घ्याम्पे डाँडामा जहाज पछ्याउन ड्रोन उडाउने एक पक्राउ

काठमाडौं, १९ पुस । बिनास्वीकृति ड्रोन क्यामेरा उडाउने एक युवकलाई भक्तपुर प्रहरीले बुधबार पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित घ्याम्पे डाँडामा ड्रोन क्यामेरा उडाइरहेका सिराहाको धनगढी नगरपालिका–२ का स्थायी बासिन्दा २४ वर्षीय सन्देश लुइँटेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौं कोटेश्वर बस्दैआएका सन्देशले घ्याम्पेडाँडामाथि उडिरहेका हवाईजहाजलाई लक्षित गरी ड्रोन क्यामेरा उडाएका […]

अब नेपालको आफ्नै भूउपग्रह,, जापानमा पढन गएका दुर्इ इन्जिनयरले तयार गरेको भूउपग्रह प्रक्षेपण गरिदै

काठमाडाैं, १७ पुस । अब नेपालले आगामी वैशाखदेखि आफ्नै भूउपग्रह चलाउने भएकाे छ । त्यसका लागि नेपालले अाफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेकाे छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न लागिएको हो। ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई […]

काठमाडौं अन्तर्राष्ट्रिय ‘स्मार्ट कम्युटिङ’ सम्मेलन सुरु

काठमाडौँ, १४ पुस । आधुनिक प्रविधिसम्बन्धी जानकारी दिन ‘नवौँ राष्ट्रिय सूचना प्रविधि एवं चाँैथो अन्तर्राष्ट्रिय ‘स्मार्ट कम्युटिङ सम्मेलन’ आयोजना गरिएको छ । कलेज अफ इन्फरमेसन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनमा चीन, भारत, थाइल्याण्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताको सहभागिता रहेको कलेजका निर्देशक बिजुलीप्रसाद राणाले जानकारी दिए । उनका अनुसार संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका […]

प्रधानमन्त्रीलाई बदनामी हुन्छ भने पद छोडछु, तर मेरो मानहानी गर्न पाइदैन : अध्यक्ष

काठमाडौं, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने,‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, किनभने मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई […]

फेसबुकबाट प्रेम नगर्न अाग्रह

एजेन्सी । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल […]

ट्रम्पपछि गुगलमा अर्को काण्ड, गुगलमा ‘बार गर्ल’ सर्च गर्दा सोनिया गान्धी देखिएपछि भारतमा तहल्का

काठमाडाैं । यो साता चर्चित नेताको नाममा आउने ‘गुगल खोजको नतिजा’ले भारत, अमेरिका र पाकिस्तानमा चर्चा पाएको छ । ‘गुगल सर्च इन्जिनामा ‘इडियट’ खोजी गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘भिखारी’ सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम आउने गरेको छ । बुधबारदेखि भारतमा पनि यस्तै किसिमको कुराले चर्चा पाएको छ । ‘बार गर्ल इन […]

नेपाल टेलिकमले लाभांश शेयरधनीलाई ५५ रुपैयाँका दरले लाभांस दिने

काठमाडौँ, ४ पुस । नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका […]