सुनको आपूर्ति बढाउन ब्यबसायीले माग

काठमाडौं। बजारको माग भन्दा कम सुन आपूर्ति भएको भन्दै सुनचाँदी ब्यवासयीहरुले आपूर्ति बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डल बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको हो । ब्यबसायीको प्रतिनिधित्व गर्दै महासंघका अध्यक्ष माणिक रत्न शाक्यको टोलिले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाइ भेटि बजारमा सुन अभावका […]

ओली सरकारले घोषणा गरेका करिब ३२ अर्बको आयोजना हटाइए

काठमाडौं । पुस ५ मा पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासको अनगिन्ती कार्यक्रममा सहभागी भए । ७ जेठको मध्यरातमा दोस्रो पटक संसद विघटन भएपछि पनि ओलीले थुपै महत्वकांक्षी कार्यक्रम तथा योजना अघि सारे । यसरी घोषणा गरिएका अधिकांश आयोजनाको न पूर्व तयारी पुरा भएको थियो, न लगानी कुन स्रोतबाट आउँछ […]

जनार्दन शर्माले ल्याएको वजेट प्रतिस्थापन विधेयकमा यस्ता छन कार्यक्रम (पूर्ण पाठ)

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गरेका छन् । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमा पौडेलले प्रस्तुत गरेको बजेटको आकार, चालु खर्च र आन्तरिक ऋणको परिणाम घटाइएको छ । अर्थमन्त्री शर्माले कोभिड- १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल […]

एशियाली जलस्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि

हामी बसेको विश्वको दुई तिहाईभन्दा बढि भाग पानीले ढाकिएको छ । तर, पनि यही विश्वमा बस्ने दुई तिहाइभन्दा बढि मानिस पर्याप्त सफा र स्वच्छ पिउने पानीबाट बञ्चित रहेका छन् । किनभने, महासागर र सागरहरुमा रहेको ९७ प्रतिशत पानी नुनिलो र पिउन लायक छैन । केवल ३ प्रतिशत पानी मात्र विश्वमा पिउन हुने खालको छ । […]

नेपालको जलस्रोत अरुलाई सुम्पेर देशलाई रणमैदान बनाउन एमसीसी ल्याइएको विज्ञहरुको दावी

    काठमाडौं । दक्षिण र पूर्वी एसियामा रहेको जलसम्पदालाई कब्जा गर्ने रणनीतिका साथ नेपालमा एमसीसी परियोजना आएको विभिन्न क्षेत्रका विज्ञहरुले स्पष्ट पारेका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) राजधानीमा आयोजना गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि’ विषयक अन्तरक्रिया कार्यक्रममा जलस्रोत विज्ञ, परराष्ट्र मामिला विज्ञ, लेखक तथा अध्येताहरुले एमसीसी परियोजनाले नेपाल हुँदै […]

सेयर बजारमा ठूलो पहिरो, एकैदिन एक सय भन्दा बढी अंक घट्यो नेप्से

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०० अंक भन्दा बढीले घटेको छ। यस दिन नेप्से परिसूचक ३.७० प्रतिशत अर्थात १०८.२६ अंक घटेर २८१८.७२ विन्दुमा बन्द भएको छ। आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको थियो। बजार खुलेको २ घण्टा नबित्दै नेप्से ५ प्रतिशत घटेपछि सर्किट ब्रेक लागि ४० मिनेटको लागि बजार बन्द भएको थियो। त्यसपछि खुलेको […]

काँकरभिट्टा भन्सारको ब्यापार घाटा ३५ अर्ब

बनियाँनी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू ३५ […]

नेप्सेको सञ्चालक समितिबाट चन्द्र ढकालले दिए राजीनामा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्च (नेप्से)को सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादमा परेका ढकालले बुधबार सञ्चालकबाट राजीनामा दिएका हुन् । ढकाल नेप्सेको सञ्चालक रहेकौ समयमा उनका भाइले सर्वोत्तम सिमेन्टको शेयर किनेको पाइएपछि ढकाल विवादमा तानिएका थिए । सर्वोत्तम सिमेन्टको शेयर बुक बिल्डिंग विधिबाट […]

नेप्सेमा ४८ अंकको गिरावट, कारोबार रकमसमेत घट्यो

काठमाडौँ । आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर तीन हजार ७६.४४ मा ओर्लेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत आज खुम्चिएको छ । कूल २२७ कम्पनीको […]

सरकारले संसद समक्ष प्रस्तुत गरेअनुसार देशको वर्तमान आर्थिक अवस्था यस्तो

सरकारले संसद समक्ष देशको वर्तमान आर्थिक अवस्थाको यथार्थ जानकारी गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलवार प्रतिनिधि सभाको बैठकमा देशको यथार्थ आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् । ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ शिर्षकमा अर्थमन्त्री शर्माले ओली सरकारले स्रोतसँग मेल नखाने गरी प्रचारात्मक ढंगले बजेट ल्याउदा १ खर्ब ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक […]