क्षयरोग नियन्त्रणमा उत्कृष्ट काम गरेको हरिवनलाई राष्ट्रिय सम्मान

hariwan

भक्ती रिजाल, सर्लाही । क्षयरोग मुक्त गर्न अभियान संचालन भइरहेका नगरपालिका मध्ये सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट घोषित भएको छ । कामको मुल्यांकनको आधारमा हरिवन  देशकै उत्कृष्ट नगरपालिका घोषित भएको हो । विश्व क्षयरोग दिवस २०२४ को अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले हरिवन नगरपालिकालाई क्षयरोग निवारणमा उत्कृष्ट घोषित  गर्दै सम्मान गरेको हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख […]

भक्तपुरमा फागु पर्वको प्रसंग बेग्लै

फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसंग बेग्लै रहेको छ […]

पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको यस्तो सन्देश

pakistan sandesh

काठमाडौं । मित्र राष्ट्र पाकिस्तानको ८४ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराउने कार्यक्रमको आयोजना गरिएको छ । शनिवार आयोजित उक्त कार्यक्रममा राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् । सो अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको छ । आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले […]

दादुरा-रुबेला खोप अभियानमा सूर्यविनायकलाई सत् प्रतिसत सफलता

 भक्तपुर । सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म संचालन गरेको दादुरा-रुबेला खोप अभियानमा भक्तपुरको सूर्यविनायक नगरपालिकालाई सत् प्रतिसत सफलता प्राप्त भएको छ । जिल्लाका ४ नगरमध्ये मात्र नभई देशैभरमा राम्रो नतिजा निकाल्दै सूर्यविनायकले लक्षित उमेरका सबैलाई उक्त खोप लगाएको हो । सरकारले भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन […]

होलीमा उपत्यकाका ९० ठाउँमा चेकजाँच, ९ सय ट्राफिक प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ । कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै […]

माओवादी केन्द्रको बागमती प्रदेशमा १६ इन्चार्जलाई जिम्मेवारी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशका जिल्ला,महानगर र उपमहानगरमा इन्चार्जको जिम्मेवारी बाडेको छ । प्रदेश अन्तर्गत सबै जिल्ला र ३ महानगर र १ उपमहानगरमा इन्चार्जको जिम्मेवारी बाडिएको हो । बागमती प्रदेशबाट केन्द्रीय सदस्य भएका नेताहरु सम्मिलित समितिको बैठकबाट जिल्ला इन्चार्ज बारे निर्णय गरिएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पुष्टि गरेका हुन् । नेकपा माओवादी […]

रूसको राजधानी मस्कोमा आतंकवादी हमला : ४० को ज्यान गयो, सय बढी घाईते

मस्को, ९ चैत । रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको […]

भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा चैत २२ देखि महोत्सव

भक्तपुर । नयाँ वर्ष एवं बिस्का पर्वको अवसर पारेर भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा ‘८औं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको हो । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजकले सोबारे जानकारी गराएका हुन् । औद्योगिक […]

१ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्नपर्ने विश्वकै ठूलो धार्मिक पदयात्रा ‘मिथिला परिक्रमा’

पुरन साह, जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको पनि उतिकै सहभागिता, सदभाव, अपनत्व र लगानी पनि छ ।    परिक्रमाको क्रममा नेपालका ११ र भारतका ४ गरी कुल […]

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

काठमाडौं, ९ चैत । पूर्व संचारकर्मी समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वमा आउनासाथ संचार जगतलाई अंकुश लगाउनेगरी गरिएको निर्देशन व्यापक आलोचना पछि सच्याइएको छ । अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको हो । गृह मन्त्रालयले चैत्र ६ मा […]