विद्युत प्राधिकरणलाई तार काटेकोमा आइस्पानले दियो यस्तो चेतावनी

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पोलभाडाको निहुँमा विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकहरुका डेटा सेन्टर, पीओपीमा प्रयोग भइरहेको विद्युत लाइन काटेको भन्दै जुनसुकै बेला इन्टरनेट सेवा अबरुद्ध हुने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दिएको छ। इन्टरनेट सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाइन काटिएको भन्दै आइस्पानले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको जनाएको छ। यता […]

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट चलाउन पाइने

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुनेगरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो । ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएका मध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी […]

सौर्यमण्डलमा रहेको विशाल ‘ब्ल्याक होल’ को पहिलो तस्बिर सार्वजनिक

काठमाडौं । खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल मिल्की-वे ग्यालेक्सी (आकाशगंगा) मा रहेको ‘ब्ल्याक होल’ को तस्बिर खिचेका छन्। मिल्की-वे ग्यालेक्सीमा रहेको यो ब्ल्याक होलको तस्बिर खगोलशास्त्रीहरूले पहिलो पटक खिच्न सफल भएको बिबिसीले जनाएको छ। वर्षौंदेखि रहस्यमा रहँदै आएको ब्ल्याक होलको पहिलो तस्बिर भने तीन वर्षअघि पहिलो पटक सार्वजनिक भएको थियो। अहिले वैज्ञानिकहरूले मिल्की-वे ग्यालेक्सीमा रहेको ब्ल्याक होलको […]

ट्विटरको प्रतिबन्ध हटाउन ट्रम्पले दायर गरेको मुद्दा खारेज

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दा खारेज भएको छ। क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार उक्त मुद्दा खारेज गरिदिएका हुन् । अदालतका न्यायाधीश जेम्स डोनाटोले मुद्दा खारेज गर्ने निर्णयमा भने, ‘संशोधित उजुरीले ट्विटरविरुद्धको पहिलो संशोधन दाबीलाई उचित रूपमा आरोप लगाउँदैन ।’ सेवाका सर्तहरूले ट्विटरलाई कुनै कारण कुनै […]

नोकिया मोबाइलमा कुनै समस्या आए एक वर्षसम्म साट्न पाइने

काठमाडौँ । अब नेपाली उपभोक्ताले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन्। नोकिया फोनको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो। टिकाउपन र भरपर्दो ब्याट्रि लाइफले गर्दा सबैजना नोकिया फोनलाई माया र विश्वास गर्छन् र एउटा सेट आफूसँग राख्न चाहन्छन्। उ​पभोक्ताको […]

४१ अर्ब डलरमा ट्विटर किन्ने इलोन मस्कको प्रस्ताव

काठमाडौँ । संसारकै धनी इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर पूरै खरिद गर्ने प्रस्ताव गरेका छन्। मस्कले ४१ अर्ब अमेरिकी डलर ट्विटर खरिदमा खर्चिन तयार भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरको ९ प्रतिशतभन्दा धेरै सेयर खरिद गरेर भर्खरै ठूलो लगानीकर्ता बनेका मस्कले यसअघि ट्विटरको बोर्डमा बस्न अस्वीकार गरेका थिए। मस्कले सोलगत्तै पूरै खरिदको प्रस्ताव गरेको रोयटर्सले […]

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन्। शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्। उनलाई नेपाल सरकार मन्त्रिपरिषदको चैत २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो। पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको […]

भिभोले दुई नयाँ स्मार्टफोन लन्च गर्दै

काठमाडौँ । भिभोले वाई सिरिजमा विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएको दुई नयाँ स्मार्टफोन लन्च गर्दै छ । प्रत्येक मूल्य बिन्दूमा प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभवहरू प्रदान गर्न प्रतिबद्ध ब्रान्ड भिभोले प्रयोगकर्तामा रहेको अन्यौल हटाउन निर्बाध रूपमा लागिपरेको जनाएको छ । भिभोले चाँडै नै आफ्नो युवा उन्मुख वाई सिरिजअन्तर्गत–दुई उत्कृष्ट मोडल वाई ३३ एस र वाई ०१ […]

सेन्साइको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना सार्वजनिक

काठमाडौँ । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साइले नजिकिरहेको नेपालीहरुकोे नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत सेन्साइ ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरु जित्न सकिने कम्पनीले जनाएको छ। यस वर्ष आफ्नो भाग्य चम्काउने मौका सेन्साइले दिएको […]

‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट आयोजना गर्दै वर्ल्डलिङ्क

काठमाडौं, ९ चैत । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ । कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो । हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने […]