लघुकथा- मेरा बाजस्तै

“आमा मलाई गणित र विज्ञान सारै गार्‍हो लाग्यो । ट्यूसन पढ्छु नि है ?” प्रभाले आमालाई भनी । “मलाई भनेर के गर्छेस् त ! भरे बा आएपछि भन् न ।” “बा त के मान्नु होला र ! आठ कक्षा पास भएपछि त अब नपढ् भन्नुहुन्थ्यो । तैपनि तपाईं नै एकपल्ट भनिदिनू न है आमा, ल […]

लघुकथा- जीतको हाँसो

साहुजीको आदेश थियो, “केटाहरूले फूलको गमलाहरू तल ल्याउँछन्, अलि राम्रोसँग मिलाएर राख्न लाउनू है …. । फुटाउलान् राम्रो गरी ध्यान पुर्याउनू ।” “हस्, हजुर” भनेर टाउको हल्लाएँ । मेरो पालो । उनीहरू धमाधम ल्याउने काम गर्न थाले । काम गर्थे तर एकदमै सुस्त । एउटा झार्थे, घण्टौँघण्टा बस्थे । हाँस्थे, बोल्थे अनि जिस्कन्थे । पुनः […]

लघुकथा- ढुङ्गाको देवता

लेउ लागेको हेर्दै घिनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अबिर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रङ्गिबिरङ्गी ध्वजाहरू बाँधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो – हे प्रभु मेरो छोरोलाई निको बनाऊ, सके कालो बोको, नसके लोकल कुखुरो चढाउँला। अर्कोदिन छोराको नाडी झनै पातला हुँदै गए, मुखमा हालेको पानी सररर बाहिर […]

राजकुमार महासत्वले आफ्नै मासु काटेर भोकले छटपटाएकी बाघिनिलाई खुवाएको ठाउँ ‘नमोबुद्ध’

पनौती त्यो समय पाञ्चाल देशका रुपमा परिचित थियो। पंचाल देशका राजा महारथ र रानी सत्यवतीका कान्छा छोरा राजकुमार महासत्वको जीवन गाथा संगै जोडिएको पवित्र स्थल नमो बुद्ध ( गंदमान पर्वत ) मा रहेको छ। राजकुमार महासत्वलाइ भगवान गौतम बुद्धको पुर्व अवतार पनि भनिन्छ। शाक्य मुनि गौतम बुद्ध भन्दा पुर्व कालको कुराहो , पाञ्चालका देशका राजा […]

भष्मासुरले लखेट्दा महादेवलाई विष्णुले बचाएको ठाउँ ‘ बिशंखु नारायण ’ संग जोडिएको आख्यान यस्तो छ –

काठमाडौँ उपत्यकाका चार नाराएण मध्य एक बिशंखु नारायण देवस्थल बाँडेगाऊँ बात हिडेर करिव एक घण्टा दक्षिण गोदाम चौर डाँडाको खोचमा अवस्थित रहेको छ। ललितपुर सातदोवाटो बात गोदावरीको बाटो भएर सवारी साधनबात २५ मिनेटमा नै सजिलै पुग्न सकिन्छ। नेपाल भाषमा विशं भन्नाले विष्णु र खु को अर्थ नदि हो। नदि छेउमा अवस्थित भगवान विष्णु नै कालान्तरमा […]

यसकारण बसालिए दुइनदि दोभानमा दक्षिणकाली अष्टमात्रिका – फोटोहरु

दक्षिणकाली मन्दिर दुइनदि होडकु र कोडकु नदीको दोभानमा ५६ हेक्टर क्षेत्रफ़लमा नागले ओढाइएको अवस्थामा स्थापित रहेको छ। मत्स्य ,मास ,मदिरा ,मुद्रा ,मैथुन र पशुवलीलाइ पञ्चमकार तन्त्र योग पद्दतिको स्वछन्द प्रवृतिलाइ स्वीकार गरि स्थापित दक्षिणकालीलाइ शाह वंशीय राजाले समेत कुलदेवताका रुपमा लिएका थिए। अन्य योग शिद्धिले यौनलाइ दबाउन वा त्याग्ने मार्ग बताएको छ तर दक्षिणकाली तन्त्र […]

खाडीको सन्देश: भाग-२

(पढाइमा निकै अल्छी गर्ने प्रतीक घरको समस्याले वैदेशिक यात्रामा निस्किएको छ। आफ्नै घर नजिकका राजन दाइसँग उ दुबईको एक सहरमा गयो। उसलाई कम्पनीमा एकजना नेपालीलाई जिम्मा लगाएर राजन त्यहाँबाट निस्किएकाे छ । राजनले भेटाएकाे नेपालीले प्रतीकलाइ बस्ने ठाउँ देखाएर फर्किन्छ । काममा गएका नेपाली दाजुभाइहरु फर्किएपछि राजन एक दलाल हुन र यहाँ नेपालीले के के […]

खाडीको सन्देश (भाग १)

बच्चा बेलामा कसैले सबैभन्दा गाह्रो काम के हो प्रतीक ? भनेर सोध्यो भने म फ्याट्टै जवाफ दिन्थेँ, ‘पढ्नु नपरे हुन्थ्यो ।’ विभिन्न बाहाना, घरको दबाब र गाली सुन्दै स्कूल गयो । स्कूल हिँड्ने बेला घर फर्किने समय आउला र भन्ने लाग्थ्यो। स्कूल पुगेपछि गृहकार्य पूरा नहुँदा फेरि सरको कुटाइ। रातो भएका हात लुकाउँदै सरसँग रिसाउँदै […]

जिन्दगीको जंगलमा हराइरहेका मधुको मुटु छुने कथा

  ‘चार दिनसम्म पानी मात्र खाएर पनि बाँचिदोरहेछ सर ।’ रानीवनको छेउमा एक बिहान उनले मसँग भने । फेरि थपे, ‘जीवन साँच्चै रबर हो । निक्कै चाम्रो छ ।’ उनी अर्थात खेल क्षेत्रमा बेग्लै पहिचान निर्माण गरिसकेका गुरु तथा प्रशिक्षक मधु लामा । अचेल कहिलेकाही आफ्नै विगततिर फर्कदा गम खान्छन् । उनी आफ्नो अतित् सम्झन्छन् […]

आमा म त्यो बोर्डिङ स्कूलमा पनि पढ्दिनँ

सुयोगः बुवा एउटा पेन्सिल कटर किनिदिनुहोस् न, पेन्सिल तिखार्न चाहियो। वाग्ले सरः ऊ त्यहाँ चक्कु छ, त्यही चक्कुले तिखार न। सुयोग मुख खुम्चाउँदै सुस्तरी भन्छ,‘सधैं यही भन्नुहुन्छ’। वाग्ले सरः के रे अहिले बढी बोल्दा गालामा थप्पड लगाइदिन्छु, जा उता आमासित गएर बस्। सुयोग निन्याउँरो मुख लगाउँदै हातमा कपीकलम लिएर भान्छाकोठामा जान्छ। वाग्ले सर भने आँखा […]