उपत्यकामा ९ सहित थप ४ सय ३४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १६२पुग्यो

काठमाडौँ  । पछिल्लो २४ घन्टामा उपत्यकामा ९  सहित थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार मात्र ३१२ जनाले कोरोना जितेका छन् । अहिलेसम्म महिला २१६ र पुरुष दुई हजार […]

महामारीमा यातायातमा यसरी चलिरहेको छ लुटको धन्दा, प्रहरीकै मिलेमतोमा हुन्छ करोडौको खेल

काठमाडौं, ११ असार । एकातिर कोरोना महामारीकाकारण जारी गरिएको लकडाउनले आम नागरिक भोकभोकै मर्ने अवस्थामा पुगेका छन्, अर्कोतिर भने लकडाउनको फाइदा उठाउँदै कमाउनेहरुको धन्दा धमाधम चलिरहेको छ । तीन महिना लकडाउन गर्दा पनि कोरोना भाइरसको संक्रमण घटनुको सट्टा झन् झन् बढ्दो छ भने अर्र्थतन्त्र ठप्प हुँदा अनेकौ समस्या उत्पन्न भइरहेका छन् । संक्रमणको फैलावटलाई रोक्न […]

चट्याङ लागेर ४ जनाको मृत्यु

राजविराज, ११ असार । चट्याङ लागेर आज बिहान चार जनाकाे मृत्यु भएकाे छ । चट्याङ्ले लागेर एक जना घाइते भएका छन्। जिल्लाकाे डाक्नेश्वर नगरपालिका वार्ड नं ९ मा एक जना, महादेवा गाउँपालिकाकाे वार्ड नं २ मा एक र राजगढ गाउँपालिकामा २ जनाको मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनास्थलका बारे जानकारी लिइरहेकाे जनाएकाे […]

रुकुम सोती घटनाकी दोषी भनिएकी युवतीकी आमालाइ धरौटीमा रिहा गर्न आदेश, २३ थुनामा

काठमाडौं, १० असार । ६ जनाकाे ज्यान जाने गरी भएकाे रुकुम पश्चिमकाे साेती घटनामा अभियाेग लागेका २३ जना थुनामा गएका छन् । रुकुम पश्चिम जिल्ला अदालतले उनीहरुलाइ पुर्पक्षका लागि थुनामा पठाएकाे हाे । अदालतले युवतीकी आमालाइ भने धराैटीमा रिहा गर्न आदेश दिएकाे छ । जाजरकाेट राणा गाउँका नवराज विक र उनका साथीहरुसहितकाे नृशंस हत्यामा सम्लग्न […]

थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौं ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार ७२८ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार  ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी […]

एसईई मूल्यांकनका लागि कार्यविधि सार्वजनिक, यस्तो छ मूल्यांकनको पुरा प्रक्रिया

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई)कालागि विद्यार्थीको मूल्यांकन गर्नका लागि विद्यालय तहमा एक मूल्यांकन समिति गठन गरिने भएको छ । राष्ट्रिय परीक्षाबोर्डले तयार गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा यस्तो व्यवस्था गरिएको हो । विद्यालयमा प्रधानाध्यापकको अध्यक्षतामा रहने मूल्यांकन समितिमा सम्बन्धीत कक्षा शिक्षक, नियुक्तिका आधारमा जेष्ठ […]

५ सय ३८ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो

काठमाडौं । गएको २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए। यस्तै, पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका […]

लिपुलेक क्षेत्रका पिल्लर राखिएका क्षेत्रमा पुग्दै छाङरुका सशस्त्र प्रहरी

काठमाडौं, ९ असार । दार्चुलाकाे छाङरुमा राखिएकाे सशस्त्र प्रहरीकाे टाेली वाेर्डरमा गएर पिल्लरहरुकाे अनुगमन गर्न थालेकाे छ । साेही क्रममा छाङरुमा राखिएको बोर्डर आउट पाेष्ट (बीओपी) को टोली नेपाल–भारत-चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म पुगेको हो । बीओपीका प्रमुख प्रहरी […]

विद्यालयमा पठनपाठन र शुल्क लिन रोक, कक्षा अभिलेखीकरण खुला

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन, विद्यार्थी भर्ना र शुल्क लिने काम नगर्न निर्देशन दिएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले शिक्षाका वर्तमान मुद्दा र गतिविधिहरुको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको हो । मन्त्रालयले जेठ २८ को मन्त्रिपरिषद्को निर्णयानुसार शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र) का सेवा र […]

गैरकानूनी र मनोमानी ढङ्गले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन निजी विद्यालयहरुहरुलाई चेतावनी दिएका छन् । सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निजी विद्यालयहरुलाई कुनैपनि शुल्क नतिर्न विद्यार्थी र अभिभावकहरुलाई आग्रहसमेत गरेको छ । सोमवार […]