जोखिम राणनीति बनाउनुपर्छ: मन्त्री कार्की

विराटनगर, ७ कात्तिक । प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताले अनुभूति गर्ने विपद् जोखिम नीति तथा रणनीति बनाउनुपर्ने बताए । मन्त्रालयकाद्वारा आज यहाँ आयोजित विपद् उत्थानशील नीति तथा रणनीति मस्यौदा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले मानव निर्मित तथा प्राकृतिक प्रकोप क्षतिका कारण मुलुक अगाडि बढ्न नसकेको धारणा व्यक्त गरे । […]

सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउने: कानूनमन्त्री केसी

रुपन्देही, ७ कात्तिक । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशमा सबै नागरिकले सम्मानजनक तरिकाले बाँच्नसक्ने अवस्था सिर्जना हुने बताए । आज यहाँ आयोजित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा प्रदेशस्तरीय बहस कार्यक्रममा मन्त्री केसीले सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउने कुरा मौलिक हकको विषय भएकाले यसको व्यावहारिक कार्यान्वयन जरुरी रहेको बताए […]

उपराष्ट्रपति पुन सुर्खेतमा

सुर्खेत, ७ कात्तिक । कनकासुन्दरी गाउँपालिका सिङ्जा जुम्लामा कात्तिक ८ गते हुने सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन आज उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत आइगेका छन । उपराष्ट्रपति पुनलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, उपसभामुख पुष्पा घर्ती, प्रमुख सचिव केवलप्रसाद भण्डारीले विमानस्थलमा स्वागत गरे । […]

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन नाम का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकाा छन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी नेकपा का संसदीय […]

राजनीति विग्रदा देश बिग्रन्छ: सांसद बस्नेत

भक्तपुर, ७ कात्तिक । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताए । आज भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको छ भने । उनले वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त, शान्ति र समृद्धि तर्फ […]

मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल

काठमाडौँ, कात्तिक ७ गते । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ। नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन। सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो। तर, धर्मशाला नै होटेल बनेपछि […]

मन्त्री बस्नेतद्वारा हिम चितुवासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन

काठमाडौँ, ७ कात्तिक । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताए । भारतको नयाँ दिल्लीमा बुधबारदेखि शुरु भएको ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन जीएसएलपी को चौथो स्थायी समिति बैठकमा बोल्दै उनले पारिस्थितिकीय प्रणाली रक्षाका लागि हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको समेत उल्लेख गरे । सम्मेलनमा मन्त्री बस्नेतले […]

महराले भने, म नेकपाको साधारण सदस्य समेत होइन, पार्टीको निर्देशन किन मान्ने?

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, […]

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट आज विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी लिई अनुगमन गरेपछि प्रधानमन्त्री ओलीले सो निर्देशन दिए । ऊर्जा, जलस्रोत र सिँचाइ र […]

राजनीतिज्ञमा निष्ठाको खाँचो छ– पूर्व सभामुख नेम्वाङ

काठमाडौँ, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताए । चन्द्रबहादुर गुरुङ स्मृति अध्ययन प्रतिष्ठानले चन्द्रबहादुर गुरुङको चौंथो स्मृतिसभामा आज आयोजित कार्यक्रममा उनले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री गुरुङले संविधानसभामा फरक मत राखेर पनि संविधान निर्माणमा सहयोग गरेको बताए । पहिलो संविधानसभामा […]