न्यायाधिशलाइ नै कोरोना संक्रमण भएपछि उच्च र जिल्ला अदालत बन्द

जनकपुर । प्रदेश २ काे उच्च अदालतका एक न्यायाधिशलाइ काेराेना संक्रमण भएकाे छ । न्यायाधिशलाइ नै काेराेना संक्रमण भएपछि जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषा निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु बन्द गरिएका छन् । उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला […]

नेपाली नेताहरुप्रति हरिवंशको चोटिलो प्रहार ‘तिमी के को जान्ने, म पो जान्ने सुन्ने’

काठमाडौं । गाइजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ । गीतमा […]

विरगञ्ज महानगरका मेयरलाई नै कोरोना संक्रमण

विरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ। बिहीबार मेयर सरावगी आफैँले फेसबुकमा स्ट्याटस लेख्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन्। उनले वीरगञ्जलाई बचाउन पीसीआर मेशिन, परीक्षणका लागि आवश्यक पर्ने किटहरुको व्यवस्थापन गरेकाे एवम् क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र बस्नेको […]

निर्मला हत्या प्रकरणमा निलम्बित एसपी बिष्टसहित ८ प्रहरी अधिकारीले पाए सफाइ

काठमाडौं, १५ साउन । निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराम बिष्टसहित ८ प्रहरीले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको र हिरासतमा लगिएका व्यक्तिलाइ चरम यातना दिएकाे आरोपमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखसहित ८ प्रहरी अधिकारी निलम्बनमा परेका थिए । एसपी बिष्ट […]

नक्कली सुन काण्डमा तानिए दरवारमार्गका डिएसपी, जिम्मेवारीबाट हटाइयो

काठमाडौं । प्रहरीसामु १५ केजी ‘सुन’को झोला फ्याँकेर स्कर्पियो उम्किएको घटनामा दरबारमार्ग प्रहरी वृतका प्रमुख रन्जन दाहाल जिम्मेवारीबाट हटाइएका छन्। दाहाललाई प्रहरी एकेडेमीमा काज सरुवा गरिएको छ। दिनदहाडै स्कर्पियो उम्किएपछि डीएसपी दाहालको कार्य क्षमतामाथि प्रश्न उठेको थियो। दरबारमार्ग वृतले वास्तविक घटनास्थल लुकाएको आरोप पनि लागेको छ। प्रहरीले कमलादीमा घटना भएको बताए पनि अनुसन्धानमा सुन्धारा घटनास्थल […]

काठमाडौँमा बढ्यो कोरोना संक्रमण, एकै दिन भेटिए ४५ संक्रमित

काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ४५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा काेराेना संक्रमण भएकाे पुष्टि गरे। प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ तथा […]

नारायणगढ–मुग्लिन सडकमा सवारी साधन ओहोर दोहोर गर्दा सडक दस्तुर तिर्नुपर्ने

नारायणगढ–मुग्लिन सडक भएर सवारी साधन वहर दोहर गर्दा सडक दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन ३६.१६ किलो मिटर सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको बेग्ला बेग्लै शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनु भएको छ । सो सडक खण्ड नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको […]

भाटभटेनी सुपरमार्केटको सामान बोकेको ट्रक त्रिशुलीमा खस्यो, हाम फालेर चालकले जोगाए ज्यान

चितवन । चितवनकाे नाग्दी खोलानजिक एउटा ट्रक त्रिसुली नदीमा खसेकाे छ । उक्त ट्रकका चालकले हाम फालेर ज्यान जाेगाएका छन् । त्रिसुली नदीमा खस्ने ट्रक भाटभटेनी सुपरमार्केटकाे सामान बाेकेकाे खुलेकाे छ । पृथ्वी राजमार्गको चितवन ईच्छाकामाना गाउँपालिका–५ नाग्दी खाेला नजिक बिहीबार बिहान दुई ट्रक एकापसमा ठोक्किँका थिए । ठाेक्किएकाे एउटा ट्रक त्रिशूली नदीमा खसेको हाे […]

घेरिए मन्त्री भट्ट

नेकपाका सुदुरपश्चिमका प्रभावशाली नेता समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई आफूहरुको जागिर नखोस्न करारका कर्मचारीले ध्यानाकर्षण गराएका छन् । कम्युनिष्ट भनिएको सरकारले आफूहरुको रोजीरोटी खोस्न नहुने उनीहरुको माग छ । मन्त्रालयले करिब १ दर्जन कम्प्युटर अपरेटरहरूलाई कामबाट निकाल्ने निर्णय गरेपछि असन्तुष्ट कर्मचारीहरूले बुधवार मन्त्री भट्टलाई जागिर जोगाइदिन आग्रह गरे । मन्त्री भट्टले […]

हेर्नुहोस् विद्यालय सञ्चालनबारे मन्त्रिपरिषद्ले गरेका ७ निर्णय

काठमाडौं । भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रकाम काम शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले निर्णय गरेर प्रमाणित गरी शिक्षा मन्त्रालयलाई पठाएको निर्देशनमा […]