नेपाली कम्युनिस्ट आन्दोलनः स्थापनादेखि नै संकीर्णता, फुट र धोकाधडीले ग्रस्त

सन १९४९ अप्रील २२ मा लेनिनको जन्मदिनको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । पार्टी स्थापना हुँदा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जन गोबिन्द बैध्य, नारायण बिलास र मोतीदेबी (मोतीदेवी उक्त समयमा उपस्थित थिइनन पनि भनिन्छ, पार्टी गठनको छलफलमा मात्र सहभागी भएको पनि भनिएको छ) थिए। पुष्पलालले कम्युनिस्ट पार्टी घोषणा गर्ने समयतिरै कलकत्तामा केशजंग रायमाझी र […]

मर्दी हिमाल ट्रेकः एक अविस्मरणीय अनुभूती

मर्दी हिमाल ट्रेक हाम्रा लागि नौलो थिएन । किनकि दुई वर्ष पहिले मेरो कान्छो भाइ आफ्ना साथीहरुसँग मर्दी हिमालको यात्रामा गइसकेको थियो । त्यस्तै, अघिल्लो वर्ष मास्टर डिग्रीको थेसिसको क्रममा नर्वेबाट नेपाल आएको मौका छोपी मेरो दाइले पनि मर्दी हिमाल घुमेर भ्याइसक्नु भएको थियो । यसप्रकार दाइ र भाइ दुवै मर्दी हिमाल टे«कमा पहिल्यै गइसकेकाले […]

विप्लव र विद्रोह

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसँगै राजनीतिकवृतमा विप्लवले नेतृत्व गरेको नेकपा र विप्लवबारे व्यापक बहसको थालनी भएको छ । विप्लवलाई उत्तेजीत गराउने र युद्ध भड्काउने खेतीपातीको अभियानले अझै अनेकन हौवा फिजाएका छन् । सरकारले नेकपा नेता कार्यकताहरुलाई पक्राउ गरेर नियन्त्रणमा लिए पनि प्रतिबन्धित नेकपाले प्रतिरोधात्मक जवाफी हमला गरेको छैन । यो घटनापछि राजनीतिमा माओवादी आन्दोलनको धारा मात्र […]

प्रचण्ड र बादललाई एक पूर्व जनमुक्ति सेनाको प्रश्न, के म शान्तिपूर्वक बाँच्न पाउँदिन ?

देशमा निरंकुश राजतन्त्रकाे ठाउँमा लोकतान्त्रिक गणतन्त्र आएको छ । वर्तमान व्यवस्था ल्याउन हजारौं जनताको रगत बग्यो । हजारौंको त्याग, तपस्या र बलिदानबाट देश र जनताले गणतन्त्र र समाजवाद उन्मुख सविंधान पाएका छन् । जनताको बलिदानमा फेरिएको राजनीतिले जनताका छोराछोरी राष्ट्रपति बने । यो सबैका लागि गौरवकै विषय हो, हामीजस्ता गणतन्त्रका सेनानीहरुका लागि अझ बढी । […]

सिकेलाई तेल, विप्लवलाई जेल र देशमा रेलको भेल

आज नेपालको राजनीतिक आकाशमा कालोबादल मडारिन थालेको छ । देश अग्रगमन र पश्चगमनको दोबाटोमा उभिएको छ । जनताको अधिकारहरु विस्तारै खोसीदै गएको छ । भ्रष्टाचार र बेथितीले देश आक्रान्त छ । यो बेला जनताको आक्रोसको भेल उर्लीए को कहाँ पुग्ने हुन ठेगान छैन । अबोध नेपालीहरुको रगतको आहलमा तैरीदै जन्मिएको नेपालको संविधान २०७२ ले देशलाई […]

अरूलाई कारिन्दा बनाउन खोज्ने प्रवृतिको कब्जामा प्रलेस

अहिले ‘प्रलेस’ अर्थात् ‘प्रगतिशील लेखक सङ्गठन’ को राष्ट्रिय सम्मेलन विशेष चर्चाको विषय बनेको छ । यही चैत २२/२३ मा हुन लागेको सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भनेर पनि समाचार आएको छ । ‘प्रलेस’ कहिले स्थापना भयो, विगतको यसको इतिहास कस्तो रह्यो र पछिल्लो कार्य समितिमा कुनकुन पार्टीका सङ्घसंस्थाहरू तथा को-को ‘स्वतन्त्र’ व्यक्तिहरू रहेका छन् […]

प्रत्यक्ष वैदेशिक लगानीका अवसर र चुनौतीहरु

नेपाल सरकारले हालसालै नेपाल लगानी सम्मेलन २०१९ सम्पन्न गरेको छ । यस सम्मेलनलाई नेपालको आर्थिक जगत्ले निकै चासो र महत्वका साथ हेरेको देखिन्छ । दुई वर्षअघि सन् २०१७ मा पनि नेपालले यस्तै प्रकृतिको लगानी सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा प्रत्यक्ष वैदेशिक लगानीका लागि दश वटा आर्थिक क्षेत्रहरुमा ८ देशका २६ वटाविभिन्न कम्पनीहरुले १३.७४ […]

प्रलेसको विवाद र अबको प्रलेस

प्रारम्भ हामी यतिखेर एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइरहेको सन्दर्भमा श्यामप्रसाद शर्माहरूको विशेष पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको नेपालका वाम–कम्युनिस्ट पार्टीसम्बद्ध प्रगतिशील लेखक–साहित्यकारहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उभिएका छौँ । प्रलेस अनेकन् जटिल सङ्घर्षका बीचबाट यहाँसम्म आइपुगेको कुरामा कुनै शङ्का छैन । यसले स्थापनाकालदेखि नै बाह्य […]

आमालाई नागरिकताः नेपाललाई भारतमा गाभ्ने भयानक षडयन्त्र

अहिले नागरिकताको विषय अनि आमा र महिलाका नाममा बहस चलिरहेको छ । यसको वास्तविकता के हो र कसरी यसको आधारमा नेपालको नागरिकता कानूनलाई पूरै खुल्ला बनाउने एजेण्डामा नेपाल देश फस्दै गएको छ भन्ने विषयमा छोटो चर्चा गरौं । यस्तो वातावारण बनाउन खोजिदै छ कि नागरिकता कानून फितलो बनाउन हुँदैन भन्नेहरु महिला विरोधी हुन भनिएको छ […]

रामदिप आचार्यलाई प्रश्नः राजनीतिक दृष्टिकोणहरु कसरी बन्छन र बदलिन्छन ?

रामदीप दाइ, हिजो साँझ एउटा अनलाइनमा तपाईले नेकपा महासचिव विप्लवलाई लेखेको पत्र पढ्ने अवसर मिल्यो । सुरुमा म दुबिधामा परेँ- लेखक तपाई नै हो कि तपाइको नाम गरेको अरु कोही हो भनेर । पत्र (लेख) को अन्तिममा नेकपा केन्द्रीय सदस्य भनेर उल्लेख गरिएको देखेपछि मेरो दिमागभित्र सम्झनाको रिल घुम्यो । रत्नपार्क शान्तिबाटिकामा २०७१ सालको मजदुर दिवसको अवसरमा […]