एउटा स्कुटर मात्र भएका कपिल शर्मालाई किन प्रेम गरेकी थिइन् गिन्नीले?

काठमाडौं, २९ पुस । भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको नेटफ्लिक्समा नयाँ कार्यक्रम आउँदैछ। ‘आइ एम नट डन येट’ नामक उक्त कार्यक्रमको गत सोमबार मात्र ट्रेलर सार्वजनिक भएको हो। हाल सोनी टिभीमा ‘द कपिल शर्मा शो’ चलाइरहेका कपिलको यो कार्यक्रम पनि कमेडी विधाकै हो। यसलाई नेटफ्लिक्सले कपिलको विशेष कमेडी कार्यक्रम भनेर प्रचार गरेको छ। कार्यक्रममा […]

इण्डियन आइडल पवनदीपको कार्यक्रम स्थगित

काठमाडौं, २९ पुस । कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यसैक्रममा इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको काठमाडौंमा तय भएको कार्यक्रम पनि स्थगित बनेको छ । उनको पुस ३० मा हायात रिजेन्सी र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) को कार्यक्रम स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको […]

गायक यम बरालले गरे दोस्रो बिहे, भित्र्याए काँग्रेस नेतृ

काठमाडौ, २८ पुस । लोकप्रिय गायक यम बरालले दोस्रो बिहे गरेका छन् । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ । हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ गीता बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । विवाहको बिषयमा प्रश्न […]

हिन्दी फिल्म ‘एनिमल’मा काम गर्दै विपिन कार्की

काठमाडौं,२८ पुस । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन् । विपिनले चलचित्र ‘सेल्फी किङ्ग’मा गरेको अभिनय हेरेपछि यसको निर्माणपक्षले उनलाई सिधै फोन गरेर चलचित्रको लागि […]

दीपेन्द्रले निर्देशन गर्ने नयाँ फिल्ममा काम गर्दै भिटेन

काठमाडौं, २८ पुस । चर्चित र्‍यापर भिटेनले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । उनले दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का भएको हो । दीपेन्द्र र भिटेन दुवैले चलचित्र साइन गरिसकेका छन् । यो चलचित्रलाई बुढासुब्बा ओेरिजिनलले निर्माण गर्नेछ । चलचित्रका निर्माता नवराज गिरी हुन् । निर्देशक खनालले चलचित्रको नाम […]

म हराएकी छैन, विगतमा केही फिल्म गरेकोमा भने पछुतो छ : अनु शाह

काठमाडौं, २८ पुस । चलचित्र ‘भैरव’मा काम गर्दासम्म अभिनेत्री अनु शाहको राम्रै क्रेज थियो । तर, अहिले उनी चलचित्रको पर्दाबाट हराएजस्तै छिन् । अनु भने दर्शकले आफूलाई माया गरेसम्म यो क्षेत्रबाट टाढा नहुने बताउँछिन् । तर, आफ्नो करिअरमा केही चलचित्रमा काम गरेकोमा भने अहिले पछुतो लागेको उनको भनाइ छ ।   उनले भनिन्, ‘म अहिले […]

दोस्रो फिल्म दर्शकमाझ ल्याउन अदिती र सुहानालाई सकस

काठमाडौं, २८ पुस । अभिनेत्री अदिती बुढाथोकी दोस्रो चलचित्र ‘बाबरी’का लागि जति उत्साहित थिइन्, त्यसअघि त्यति नै सकस भएको थियो उनलाई । पहिलो चरणको लकडाउन अगाडि नै छायांकनमा जाने तयारी निर्माणपक्षको थियो । यसका लागि अदिती नेपाल आइन् । तर, चलचित्रको छायांकन शुरु हुनुअघि नै कोरोना महामारीका कारण लकडाउन भएपछि अदिती घरमै थन्किइन् । करिब […]

लता मंगेशकर कोभिड संक्रमित, आइसीयूमा भर्ना

काठमाडौं, २८ पुस । क्विन अफ मेलोडी भनिने लता मंगेशकर कोरोनाद्वारा संक्रमित भएका छन् । उनलाई हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले बताएको छ । हाल उनको आइसीयूमा राखेर उपचार भइरहेकोइन्डिया टिभीले जानकारी दिएको छ । […]

स्टारडमको दौडमा पछि परेकै हुन् पल शाह ?

काठमाडौं, २८ पुस । पहिलो चरणको लकडाउनपछि म्युजिक भिडियोमा सर्वाधिक व्यस्त बनेका मोडल तथा अभिनेता पल शाह चलचित्रमा पनि व्यस्त छन् । नेपाली चलचित्र क्षेत्रमा अनमोल केसी, प्रदीप खड्का र पल शाहलाई एकअर्काको प्रतिस्पर्धीका रुपमा हेर्ने गरिन्छ । उनीहरुले नेपाली चलचित्र क्षेत्रमा केही समय राज नै गर्छन् भन्ने खालका चर्चा पनि हुने गर्दछ । तर, […]

यी हुन् बलिउडका सबैभन्दा धनी अभिनेत्री

काठमाडौं, २८ पुस। बलिउड अभिनेत्री आम्दानीको मामिलामा निकै अगाडि छन् । केहीको आम्दानी त अभिनेता सरह हुन थालिसकेको छ । कोही अभिनेत्री त एक फिल्मका लागि १२ देखि १३ करोड (भारु) फि समेत लिने गर्छन् । बलिउडका यी हुन् सबैभन्दा धनी अभिनेत्री ।   प्रियंका चोपडा: बलिउडदेखि हलिउडसम्म छाउन सफल छिन् अभिनेत्री प्रियंका चोपडा । […]