कोरोनाभाइरसका कारण आईफोन आपूर्ति प्रभावित हुने चिन्ता

अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ । उक्त प्रविधि कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्धू हुने बताएको छ। कोरोनाभाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्त्वपूर्ण अमेरिकी कम्पनी […]

कोरोना भाइरससँग लड्दा लड्दै अस्पतालका निर्देशककै ज्यान गयाे

बेइजिङ, ६ फागुन । कोरोना भाइरसको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ नामक साे जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक […]

पानीजहाजभित्र कोरोनाभाइरस देखिएपछि क्वारेन्टाइनमा उपचार गरिरहेका आफ्ना ३५० नागरिकलाई हङकङले उद्धार गर्दै

एजेन्सी, जापानको डायमोन्ड प्रिन्सेस क्रुज पानीजहाजमा फसेका ३५० हङकङ नागरिक लिन दुईवटा क्याथे प्यासिफिक विमान जापान जाने भएको छ।३५ सय यात्रु चढेको जापानी पानीजहाजमा कोरोनाभाइरस देखिएपछि उक्त पानीजहाजलाई नै क्वारेन्टाइन बनाएर संक्रमितको उपचार भइरहेको छ । अन्य यात्रुलाई पनि तल झर्न दिइएको छैन। यसबीचमा अमेरिकाले आफ्ना ४ सय नागरिक उक्त पानीजहाजबाट उद्धार गरेको छ। जसमध्ये […]

कोरोना भाइरसको त्रासका कारण हुबेई प्रान्तका ६ करोड मानिस घरभित्रै बन्दी

बेइजिङ, ५ फागुन । कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल चीनको हुबेई प्रान्तका ६ करोड मानिस लामो समयदेखि घरभित्रै बन्दी भएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि त्यहाँको सरकारले घर बाहिर ननिस्कन भनेपछि हुबेईका बासिन्दा घरभित्रै कैदी जस्तै भएर बस्न वाध्य भएका हुन् । तर आपतकालीन अवस्थामा भने घरबाहिर निस्कन पाइने भनिएको छ । यस्तै […]

गैरकानुनि रुपमा कोरिया पुगेका सय भन्दा बढी नेपाली पक्राउ

४ फाल्गुन । कोरियन अध्यागमन विभागले नक्कली परीक्षार्थी खडा गरी कोरिया भाषा पास गरी कोरिया छिरेका कामदारहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । हालसम्म एक सयभन्दा बढी नेपालीलाई पक्राउ गरेर नेपाल फर्काउन सुरु गरेको छ । यसरी नक्कली परीक्षार्थी खडा गर्नेलाई पक्राउ गर्न थालेसँगै परीक्षा दिनेलाई समेत कारबाही गर्ने अध्यागमनले जनाएको छ । नक्कली परीक्षार्थी […]

कुवेतमा चार नेपालीको मृत्यु

एजेन्सी, कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गएको छ । कुवेत टाइम्सका अनुसार निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खस्दा मृत्यु भएको हो। सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन्। उनीहरुको परिचय भने खुलाइएको छैन। समाचारमा ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने […]

केजरीवालले रामलिला मैदानमा मुख्यमन्त्रीको शपथ लिने

एजेन्सी । दिल्ली विधानसभा चुनावमा भारी बहुमतका साथ जित हात पारेपछि आम आदमी पार्टीले अरविन्द केजरीवाललाई विधायक दलको नेता चयन गरेको छ। केजरीवालले आइतबार (फेब्रुअरी १६) मा दिल्लीको रामलिला मैदानमा तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले बुधबार बिहान राजभवन पुगेर उपराज्यपाल अनिल बैजलसँग भेट गरेका थिए। करिब १५ मिनेट भएको […]

पुल्चोकको एक पसल करोडौको सुन चोरेर भाग्दै गरेका तीन भारतीयलाई थानकोटमा प्रहरीले यसरी पक्रियो

काठमाडौं, २९ माघ । ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटिएको छ । प्रहरीले एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो । एक साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ […]

नासाकी महिला अन्तरिक्षयात्रीले बनाइन् नयाँ इतिहास

२८ माघ, अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्।कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्रवार जीएमटी ९:१२ बजे काजकस्तानको मैदानमा अवतरण गरेको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा ३२८ दिन बिताएर उनले यसअघि अमेरिकाकी अन्तरिक्षयात्री पेगी विट्सनको कीर्तिमान भङ्ग गरेकी हुन्।कुकको कीर्तिमान अमेरिकाका पुरुष अन्तरिक्षयात्री स्कट केलीको […]

चीनमा कोरोना भाइरसबाट मर्ने १ हजार १६ नाघ्यो

एजेन्सी, माघ २८ । चीनमा कोरोना भाइरसबाट हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएपछि केही वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ । सरकारले हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखलाई कार्वाही गरेको हो । यसरी पद गुमाउनेमा स्थानीय रेडक्रसका डेप्युटी जनरल पनि छन् । उनलाई कर्तव्यबाट पछि हट्दै चन्दा संकलन गरेको भन्दै हटाइएको हो । सोमबार मात्रै १०३ […]