१२ संघसंगठनले एकै श्वरमा भनेः थापा नै वैधानिक अध्यक्ष, फेसबुके टिप्पणी एकता विरोधी हर्कत

काठमाडौं । नेपाल शिक्षक महासंघमा आवद्ध र सम्बद्ध १२ संघसंगठनहरुले बाबुराम थापा नै महासंघको वैधानिक अध्यक्ष भएका स्पष्ट पारेका छन् । साथै, नेतृत्वको सवालमा सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी एकता विरोधी भएको ठहर गरेका छन् । १२ आवद्ध र सम्बद्ध शिक्षक कर्मचारीका संघसंगठनहरुले शुक्रवार संयुक्त अपिल जारी गर्दै विद्यान संशोधन विधिसम्मत नै रहेको  ठहर गरेका छन् […]

विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन

काठमाडौँ ।  प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले मुुलुकभर कोरोना सङ्क्रमणको आँकलन नगरी सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न÷नगराउने व्यवस्था गर्नका […]

विद्यार्थी भर्ना नगर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना नगर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबै विद्यालयहरूको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि कक्षा या तहमा नयाँ भर्ना नगर्न, नगराउन निर्देशन दिएको हो । साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको […]

शिवराज विपद्कोषमा शिक्षकहरु गरे झण्डै ९ लाख सहयोग

शिवराज नगरक्षेत्रभित्र कार्यरत शिक्षकहरुले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८ लाख ८४ हजार ८सय ७९ रुपैयाँ सहयोग गरेका छन् । शिक्षकहरुका विभिन्न संघ संगठनका अगुवाहरु आइतबार नगरपालिका पुगी नगरप्रमुख नेत्रराज अधिकारीलाई कोषमा रकम जम्मा गरेको बैंक भौचर हस्तान्तरण गरे । शिक्षा शाखा अधिकृत पूर्णबहादुर विश्वकर्मा, शिक्षक महासंघ शिवराज नगरअध्यक्ष मुक्तिनाथ पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका […]

अध्यादेश मार्फत् एसईई र कक्षा ११ को परीक्षा खारेज गर्न सुझाब

काठमाडौं । बागमती प्रदेशले कक्षा १० को एसईई र कक्षा ११ को परीक्षा नलिए पनि हुने विकल्प अगाडि सारेको छ । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले विद्यालय तहको अन्तिम परीक्षा १२ भएकाले अन्य परीक्षा राष्ट्रियस्तरमा गर्न नपर्ने बताउनु भयो । शिक्षा पत्रकार समूहले कोरोना प्रभाव र बागमती प्रदेशले शिक्षा व्यवस्थापनका लागि गरेको तयारीबारे सामाजिक […]

विद्यालयमा सञ्चालित अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन

कास्की । पोखरा महानगरपालिकाले लकडाउनको समयमा विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले बिहिवार एक पत्र लेख्दै विद्यालयहरुले आफुखुसी सञ्चालन गरेका त्यस्ता अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको हो । संस्थागत विद्यालयहरुले अनुमति र पूर्वाधारबिनै अनलाइन कक्षा सञ्चालन गरेका, यसले समाजमा थप विकृती निम्त्याएको, यसको पहुँचमा […]

लकडाउन खुलेकोे तेस्रो साता एसईई परीक्षा गर्न कार्यदलको सिफारिस

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । प्रतिवेदनमा वैशाख २५ […]

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सामुदायिक विद्यालयमा भर्ना शुरु

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले भर्चुअल कक्षा सञ्चालनको सम्भावना बुझ्न घरधुरी सर्वेक्षण शुरु गरेको छ । कोरोना भाइरसको संकटको समयमा भर्चुअल कक्षामार्फत् परीक्षा तयारी र शिक्षा सूचारुका लागि प्रविधिको पहुँच भएनभएको बुझ्न घरधूरी सर्वेक्षण शुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले परीक्षा तयारी र शिक्षा सूचारुको लागि भर्चुअल कक्षाको विकल्प बुझ्न […]

एसईई पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रियस्तरमा गर्न सुझाब

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परीक्षा होमसेन्टर सहित पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गर्दै सञ्चालन गर्न सुझाब दिएको छ । संगठनको आइतबार बसेको केन्द्रिय समितिको अनलाइन बैठकले शिक्षा मन्त्रालयलाई यस्तो सुझाब दिने निर्णय गरेको हो । बैठकले यदि परिस्थिति समान्य हुन ढिलाइ भएमा […]

खाद्यान्न अभाव भोगेका विद्यार्थी र अभिभावकलाई द्वारिकादास माविको राहत

चितवन । रत्ननगर नगरपालिका–१४, पिठुवास्थित द्वारिकादास माध्यमिक विद्यालयले खाद्यान्न अभाव भोगेका विद्यार्थी र तिनका अभिभावकहरुलाई राहत वितरण गरेको छ । आइतवार विद्यालयले २ सय विद्यार्थीका ९८ अभिभावकलाई खाद्यान्न वितरण गरेको हो । लकडाउनको अवधि लम्बिदै जाँदा न्यूनआयस्रोत भएका अभिभावकहरुलाई छाक टार्नै मुस्किल परेको देखेपछि विद्यालयका शिक्षकहरुबाट सहयोग संकलन गरि खाद्यान्न वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नेत्र […]