टेलिकमले ल्यायो विद्यार्थीहरूका लागि निशुल्क सिमसहित विशेष प्याकेज

काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरूका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । पहिलेदेखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरूको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको जनाएको छ । […]

नेपालको पहिलो स्याटेलाइट अमेरिकाबाट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । नेपालको पहिलो स्याटेलाइट सफतापूर्वक प्रक्षेपण भएको छ । नेपाली वैज्ञानिकहरुले तयार गरेको भूउपग्रह अमेरिकाको भर्निनियाबाट नेपाली समयअनुसार विहीबार विहान २ बजेर ३१ मिनेटमा प्रक्षेपण भएको हो । ‘नानो स्याटेलाइट’ नाम दिइएको उक्त भूउपग्रह प्रक्षेपणसँगै नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु उत्साहित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख वैज्ञानिक रवीन्द्र […]

टिकटकमाथि भारतमा प्रतिबन्ध, गुगलले प्ले स्टोरबाट हटायो एप

एजेन्सी । जोक, फिल्म र संगीत सम्बन्धित साना भिडियो क्लिप्सका कारण निकै चर्चामा आएको टिक टक एकमाथि भारतमा प्रतिबन्ध लागेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम निर्माता गुगलले टिकटकलाई आफ्नो सिस्टमबाट भारतमा ब्लक गरेको छ । मद्रासमा भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाउन धेरैको आग्रह र निवेदनपछि मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा ‘टिक–टक’ प्रतिबन्ध लागेको हो । मद्रास […]

नेपालको १ किलो ३३० ग्रामको पहिलो स्याटलाइट अन्तरिक्षमा पठाइदै

काठमाडौं, ४ बैशाख । नेपालको पहिलो नानो स्याटलाइट ‘नेपाली स्याट वान’ प्रक्षेपणका लागि मौसम अनुकूल भएको अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले जनाएको छ। नेपाली समयअनुसार बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनिया वाल्लोस्प टापुस्थित नासाको प्रक्षेपण केन्द्रबाट नेपाली स्याट वान बोकेको रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आइएसएस)का लागि प्रक्षेपण हुँदैछ। १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर […]

भारतीय विज्ञान मन्त्रालयले दियाे यस्ताे चेतावनी, ‘नेपाली सीमाक्षेत्रमा अझै खतरानाक आँधीको सम्भावना’

काठमाडाैँ । भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा आँधीबेहरी आउने संभावना भएको जनाएको हो । सो समयमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ । मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले […]

नयाँ वर्षमा सामसुङले ल्यायो ३२ प्रतिशतसम्म छुट अफर

काठमाडौं । सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालद्वारा नयाँ वर्ष २०७६ को उपलक्षमा ‘हर्षमय नयाँवर्ष २०७६’ को अफर प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत सामसङले नयाँ वर्षको अवसरमा सामसङका सामानहरुको खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सकिनेछ । सामसङको ‘हर्षमय नयाँवर्ष २०७६’ अफर अन्तर्गत सामसङ टिभी खरिदमा ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । त्यसैगरी, रेफ्रिजेरेटरको […]

कांग्रेससम्वद्धले चलाएका ६८७ पेज नियम उल्लङ्घन गरेको भन्दै फेसबुकले हटायो

एजेन्सी । भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई)को विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको भनी कङ्ग्रेस–आई सम्वद्ध ती पेजहरू हटाएको हो । भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई […]

हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति

काठमाडौँ, १८ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण ती जिल्लामा ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । प्राधिकरणका कायममुकायम अध्यक्ष पुरुषोत्तम […]

सञ्चारमन्त्रीले भने, ‘अब फेसबुक र गुगललाइ दर्ता नगरी धेरै चलाउन दिन सकिदैन’

काठमाडौँ, ३ चैत । सरकारले सामाजिक सञ्जाल फेसबुक बन्द गर्नुपर्ने मनस्थिति बनाएकाे खुलेकाे छ । राजधानीमा अायाेजित एक कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले साे खुलासा गरेका हुन् । मन्त्री बास्काेटाले दर्ता नगरिकन अब फेसबुकलाइ धेरै चलाउन दिन नसकिने बताए । उनले फेसबुकबाट राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षामा गम्भीर चुनाैती थपिन थालेकाे […]

फेसबुकमा चिनेका प्रेमीलाई भेट्न जाँदा किशोरी बलात्कृत

सुर्खेत । सामाजिक सञ्जाल चिनजान मात्र हाेइन, विकृतिकाे माध्यम बन्न गएकाे छ । फेसबुकमा भेटिएका मान्छेसँग दुइ दिन बाेलेका भरमा धेरै सम्बन्धहरु बन्ने गरेका छन् । फेसबुककै भरमा विवाह सम्बन्धहरु पनि गाँसिएका छन् । यसैक्रममा सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कृत भएकी छन । फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई […]