जेनिस बने भ्वाइस अफ किड्सका पहिलो विजेता

काठमाडौं । हिमालयन टेलिभिजनद्वारा सञ्चालित द भ्वइस अफ किड्समा जेनिस उप्रेती विजयी भएका छन् । काेच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन्। अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् । ससाना बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले द भ्वाइस अफ् किड्स सञ्चालन गरिएको थियो ।  विजयीले नगद […]

चेलिबेटी बेचबिखनको कथामा हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’

काठमाडौं, १ माघ । अभिनेता, गायक तथा निर्देशक हरिवंश आचार्यले पछिल्लो समय सार्वजनिक गरेका अधिकांश गीतमा सामाजिक कथा समेटिएका छन् । हरिवंशले मानिसको जीवनसँग जोडिएका गीतदेखि समाजमा चेतना जगाउने गीतलाई प्राथमिकतामा राखेको देख्न सकिन्छ । यसैबीच, हरिवंशको नयाँ गीत ‘कर्कलो कोक्याउला’को भिडियो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । यो गीतले चेलिबेटी बेचबिखनको […]

भगवान भरोसामा प्रियंकाको सन्तान चाहना

काठमाडौं, १ माघ । अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस बलिउडको लोकप्रिय जोडीमा पर्दछन् । हालैमात्र यो जोडीले वेनिटी फेयरसँग परिवार योजनाबारे खुलेर कुराकानी गरेका छन् । फिल्म ‘द मेट्रिक्स’ अभिनेत्री प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको योजनाको ठूलो हिस्सा भएको बताइन् । उनका अनुसार सन्तान जन्माउन उनलाई अहिले हतारो छैन । ‘भगवानको कृपाले […]

करण जोहरको ‘सेल्फी’मा अक्षय र इमरान

काठमाडौं, १ माघ । बलिउड अभिनेता अक्षय कुमार र इमरान हासमीको मुख्य भूमिका रहने चलचित्र ‘सेल्फी’को घोषणा भएको छ । करण जोहरले निर्माण गर्ने यो चलचित्रमा अक्षय र इमरान एकसाथ देखिने भएका हुन् । कोरोना महामारीका बीच पनि मास्क र हेल्मेटविना मोटरसाइकलमा चढेर अक्षय र इमरानले सेल्फी लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै करणले ‘सेल्फी’को […]

कटरीना–विकीको विवाहमा सलमानलाई थिएन निम्तो

काठमाडौं, १ माघ । बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् । उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो । यो प्रश्नको […]

प्रमोसनल गीत खिच्दै ‘म यस्तो गीत गाउँछु २’ टिम, रिलिज भने अन्योलमा

काठमाडौं, १ माघ । ‘म यस्तो गीत गाउँछु २’को टिम चलचित्रको प्रमोसनल गीत छायांकनका लागि चितवनको माडी पुगेको छ । निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा लगायतको टिम माडी पुगेको हो । त्यहाँ छायांकन भइरहेको गीतको भिडियोमा पूजा थारु संस्कृति झल्कने पहिरनमा छिन् । चलचित्रकै लागि ‘भन्छु आज मनका कुरा’ बोलको गीतको […]

‘पारस’को तयारीमा अनमोल, ‘एक्स ९’को निर्माण अनिश्चित

काठमाडौं, १ माघ । नायक अनमोल केसीले विगत केही महिनादेखि चलचित्र ‘एक्स ९’को तयारी गरिरहेका छन् । यो चलचित्रका लागि तौल बढाइरहेका अनमोलले आफ्नोे शरीर पनि सुगठित बनाएका छन् । योे चलचित्रमा अनमोलको साथमा नायकहरु सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकारकोे मुख्य भूमिका रहने बताइएकोे थियोे । साथमा, निर्माणपक्षले त बलिउड नायक सुनिल […]

साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलरमा स्वस्तिमाको ठुम्का

काठमाडौं, ३० पुस । नेपालमा छायांकन भएको साउथ (मलयालम) फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्ड लम्बाईको ट्रेलरमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का र कलाकार माओत्से गुरुङलाई देख्न सकिन्छ । ट्रेलरमा स्वस्तिमाको आइटम डान्स समावेश छ । फिल्ममा उनी एक आइटम गीतमा मात्र देखिनेछिन् भने माओत्सेको महत्त्वपूर्ण भूमिका रहेको जानकारी प्राप्त […]

स्वस्तिमा अभिनित साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज

अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ। जसमा अर्का नेपाली कलाकार माओत्से गुरुङले पनि अभिनय गरेका छन्। राजीव सेठ्ठी निर्देशक रहेको फिल्मको ट्रेलरमा स्वस्तिमालाई आइटम डान्सरका रूपमा देखाइएको छ। साथै माओत्से पनि देखिएका छन्। फिल्ममा प्रमुख भूमिकामा विपिन जर्ज, धर्माजन बोलगाटीले अभिनय गरेका छन्। दुई मुख्य पात्र नेपाल घुम्न […]

एउटा स्कुटर मात्र भएका कपिल शर्मालाई किन प्रेम गरेकी थिइन् गिन्नीले?

काठमाडौं, २९ पुस । भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको नेटफ्लिक्समा नयाँ कार्यक्रम आउँदैछ। ‘आइ एम नट डन येट’ नामक उक्त कार्यक्रमको गत सोमबार मात्र ट्रेलर सार्वजनिक भएको हो। हाल सोनी टिभीमा ‘द कपिल शर्मा शो’ चलाइरहेका कपिलको यो कार्यक्रम पनि कमेडी विधाकै हो। यसलाई नेटफ्लिक्सले कपिलको विशेष कमेडी कार्यक्रम भनेर प्रचार गरेको छ। कार्यक्रममा […]