‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’

झापा, माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताएका छन् । भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको दुई दिवसीय ‘मितेरी साहित्यिक सम्मेलन–२०७५’को उद्घाटन गर्दै उनले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान अतुलनीय रहेको बताए । “मुलुकमा जति पनि आन्दोलन भए ती सबै साहित्यिक […]

ललितकलामा स्नातकोत्तर १० विद्यार्थीकाे चित्र प्रदर्शनी ‘सङ्गालो’को समापन

काठमाडौँ, १५ माघ । ललितकलाबाट स्नातकोत्तर उत्तीर्ण १० विद्यार्थीले बनाएका चित्रको प्रदर्शनी सम्पन्न भएको छ । ‘सङ्गालो’ चित्रकला प्रदर्शनीको सोमबार नेपाल कलापरिषद् काठमाडौंँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले समापन गरे । कर्माचार्यले युवालाई चित्रकलाप्रति आकर्षित गराउन प्रतिष्ठानले नीति अगाडि बढाउन लागेको बताए । उनले प्रदर्शनीमा राखिएका चित्र व्यावसायिक चित्रकारको भन्दा कम नभएको उल्लेख […]

मुक्तकको विकास गर्न मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन

काठमाडौँ, १२ माघ । मुक्तकलाई मानकीकरण गर्दै विकास र विस्तार गर्ने उद्देश्यले ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गरिएकाे छ । राजधानीमा एक समाराेहकाे अायाेजना गरी उक्त पत्रिकाका  विमाेचन गरिएकाे छ ।  चलचित्र निर्देशक एवम् मुक्तककारहरू यादव खरेल तथा चेतन कार्कीको उपस्थितिमा एक विशेष कार्यक्रमका साथ मुक्तक सागर त्रैमासिक साहित्यिक पत्रिकाको  विमोचन गरिएकाे हाे ।  विमोचनमा […]

काठमाडौंमा सम्झनामा तारादेवी कार्यक्रममा १० लाख

काठमाडौँ, ९ माघ । काठमाडौँ महानगरपलिकाले ‘तारादेवी स्मृति फाउण्डेशन’ अक्षय कोषका लागि रु १० लाख प्रदान गरेको छ । तारादेवी स्मृति फाउण्डेशनले तारादेवीको १३ औँ स्मृतिसभामा आज आयोजना गरेको ‘सम्झनामा तारादेवी’ कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेशनका अध्यक्ष तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीलाई उक्त रकम हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले अहिलेका […]

धारावासीलाई साहित्य तथा पत्रकारिता पुरस्कार

भद्रपुर, ९ माघ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ । कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा […]

गुरुङ भाषा र संस्कृति संरक्षणमा गुरुङ समुदाय

मेलम्ची, ८ माघ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङमा तमु धिं बेल्जियमको आयोजनामा गुरुङ भाषा कक्षा सञ्चालन शुरु भएको छ । गुरुङ समुदायको आफ्नो भाषा तथा संस्कृति लोप भएपछि यसलाई जीवन्त राख्न उक्त कक्षा सञ्चालन गरिएको हो । तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङले मातृभाषा सिक्नलाई कुनै पनि उमेर समूहले नछेक्ने बताए । उनले सबै […]

मनको किनारा विमोचन भएपछि

काठमाडौं, ५ माघ । गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो । पुस्तक लोकार्पण समारोहमा बोल्दै गजलमाली ज्ञानुवाकर पौडेले […]

७५ औँ शान्ति काव्य प्रवाहमा बेथिति विरुद्ध आक्रोश

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले २०६८ मंसिर २९ गते प्रारम्भ गरेको शान्ति काव्य प्रवाहको ७५ औँ कार्यक्रम २०७५ पुस २६ गते काठमाण्डौँमा सम्पन्न भएको छ । विगत ७ वर्षको अवधिमा शान्ति समाजले विभिन्न अभियानको सन्दर्भ पारेर काठमाण्डौँ बाहिर पनि बेला बखत शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको छ । प्रत्येक महिनाको अन्तिम विहिबार […]

अग्रज संगीत स्रष्टा संगीतज्ञ अमरराज शर्मालाइ नागरिक सम्मान हुने

       काठमाडौं। संगीतका महान सिल्पी तथा अग्रज संगीत स्रष्टा संगीतज्ञ अमरराज शर्मा सम्मान सांझ हुने भएको छ। यही आउने पुस २६ गते विहीवारका दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान साँझ हुने भएको हो। वरिष्ठ संगीत स्रष्टा अमरराजको नागरिक स्तरमा हुन लागेको सम्मानका सहभागीताका लागि नागरिक स्तरका सामाजिक संघसंस्था, […]

‘भन्दिनु है बा !’ सार्वजनिक

काठमाडौं, १४ पुस । अमेरिकाको न्युयोर्कमा बस्दै आएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह “भन्दिनु है बा !” को नेपालामा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले एक कार्यक्रमकाबीच पुस्तक लोकार्पण गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो समारोहमा समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षता रहेको थियो भने कुलपति […]