एसइइ पूरक परीक्षाको समय तालिका परिवर्तन, परीक्षा भदौ १ मा हुने(समय तालिका सहित)

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक)परीक्षाको समय तालिका परिवर्तन गरेको छ । यस अघि साउन २६ र २७ लाई तय गरिएको पुरक परीक्षा सरेर अब भदौ १ मा हुने भएको छ । त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ। परीक्षा भदौ १ गते […]

बाबुरामसँग हारथाक खाइ फर्केकालाई स्वागत गर्दै प्रचण्डले भने ‘बाबुरामको बौद्धिकता हामीबाहिर काम लाग्दैन’

काठमाडौं, २० असार । लामो समय बाबुराम भट्टराईको साथमा लागेर हारथाक खाई फर्केका पूर्वमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुलीसहितका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले बाबुरामप्रति तिखो टिप्पणी गरेका छन् । शुक्रबार नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई […]

बिहानै मालवाहक ट्रक त्रिशुलीमा खस्दा ट्रकका मालिक र चालकको मृत्यु

चितवन, २० असार । चितवनको चुम्लिङटार नजिकै एउटा ट्रक त्रिशुली नदीमा खसेको छ । आज बिहानै करिब ६ बजेको समयमा उक्त  ट्रक एकाएक त्रिशुली नदीमा खसेको हो । प्रहरीले उक्त ट्रक सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको जनाएको छ । मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । […]

सुपा देउरालीमा जीप दुर्घटना, ३ को मृत्यु ६ घाइते

अर्घाखाँची । अर्घाखाँचीकाे सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । कपिलवस्तुकाे गोरूसिंगेबाट अर्घाखाँचीकाे सदरमुकाम सन्धिखर्क जाने सड्कअन्तर्गत सुपा देउरालीमा भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुने तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनालाई नै उपचारका लागि बुटवल पठाइएको प्रहरीले […]

मानव तस्करको जालमा परी युरोप छिर्न त्रिपोली पुगेका श्रेष्ठ लिबियाको युद्धमा मारिए

काठमाडौं, १९ असार । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएको छ । आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले दिएको जानकारी अनुसार मारिनेमा सन्तोष श्रेष्ठ नाम गरेका एक नेपाली हुन । आईओएमले श्रेष्ठ हिरासत केन्द्रमा भएको आक्रमणमा घाइते भएका थिए । घाइते भएका श्रेष्ठलाइ उपचारका लागि अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममै मृत्यु […]

सरकारलाई आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, १७ असार । भारतीय चलचित्र पुरस्कार आईफाको कार्यक्रम रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो । समितिको मंगलबार बसेको बैठकले आइफा अवार्डसँग जोडिएर आएका कुराहरुप्रति चासो देखाउँदै छलफल गरेको थियो । बैठकपछि ननस्टपखबरसँग कुरा गर्दै समितिकी सभापति पवित्रा निरौलाले यो अवार्डले नेपालको […]

सिंहदरवार गेटमै समातिए सरकारी छाप र दस्तखत किर्ते गर्ने जोडी

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने […]

नेकपाको बैठकमा मन्त्री र सांसदबीच घम्साघम्सी

काठमाडौं । बजेट विनियोजनको विषयलाई लिएर सत्तारूढ नेकपा संसदीय दलको बैठकमा मन्त्री र सांसदबीच चर्काचर्की परेको छ । नयाँ बानेश्वरमा सोमबार बसेको दलको बैठकमा बजेट विनियोजन गर्दा मन्त्रीहरू आफ्नो निर्वाचन केन्द्रमा मात्र केन्द्रित भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरे । भीम रावल, लालबहादुर थापालगायतले बजेट विनियोजन विभेदकारी रहेको, गुटगत मानसिकताले हेरिएको भन्दै सरकारको आलोचना गरे । भौतिक पूर्वाधार […]

सास्कृतिक नगरी भक्तपुरमा ‘भक्तपुर महोत्सव’को आयोजना गरिदै

भक्तपुर, १६ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवको आयोजना गर्न लागेको खुलासा गरेका छन् । भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित नगरपालिकाले भक्तपुर महोत्सवको आयोजना गर्ने योजना बनाएको उनले बताएका हुन् । सोमबार भक्तपुर नगरभित्रका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूसंगको छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर महोत्सवले राष्ट्रिय तथा […]

भक्तपुरमा एक जेष्ठ नागरिकको दिनदहाडै हत्या

भक्तपुरमा एक जेष्ठ नागरिकको दिनदहाडै हत्या भएको छ । छोरीको डेरामा आश्रय लिई बस्दै आएकी ६० वर्षिया आमाको  आइतवार बिहान १०:३० बजेको समयमा  अज्ञात समुहले हत्या गरेको हो । सिन्धुपाल्चोकको बाडेगाउँ घर भइ भक्तपुरको खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी ६० वर्षीया सावित्रा भटराईको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले पुष्टि […]