देशको बिरामीपन र औषधी

‘देश बिरामी पर्यो हजुर ! झर्किने, झुक्किने, बिर्सने, बर्बराउने, ढाट्ने, जिम्मेवार पदमा बसेकाले जनतालाई तथानाम गाली गर्ने र ठुल्ठुला कुरा गर्ने तर व्यबहारमा माखो नमार्ने जस्ता लक्षणहरु देखा परे, लौन जनता ओखती- मुलोको खोजी गरम !” आज बिहानै एकजना बुज्रुकले मलाई घचघच्याउनु भयाे । मैले स्वीकृतिपूर्बक मुन्टो हल्लाउदै एउटा दृष्टान्त सम्झन लागे । एकादेशमा सचिवले […]

गृहमन्त्री ज्यू ! के लोकतन्त्र बचाउन जनप्रतिनिधिलाई ‘सुराकी’ लगाएर मान्छे मार्नुपर्ने भएको हो ?

सर्लाहीमा प्रहरीको गोली लागेर हत्या गरिएका विद्रोही नेकपाका नेता कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै आग्रहमा मारिएको गृहमन्त्री रामबहादुर थापाले खुलासा गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल कसरी मारिए भन्ने बताए । सो क्रममा उनले कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै […]

आफू नाङ्गै, पातलो लुगा लगाएको भन्दै अरुलाई कुरी कुरी !

सरकारले जे गरे पनि त्यसलाई बङ्ग्याएर प्रस्तुत गर्ने र आलोचना शुरु गर्ने मौसम चलेको छ हिजोआज । नेपालकै ईतिहासमा भारतबाट आउने तरकारी को विषादी जाँच्ने तयारी सरकारले गरिरहेको छ । छ महिनाभित्र विषादी चेकजाँचको सम्पूर्ण तयारी पूरा गरेर यो कामलाई व्यवस्थित गर्ने सरकारको तयारी देखिन्छ । तर आकाशै खस्न लागेजस्तो गरी पार्टीभित्र र बाहिर होहल्ला […]

आइफाका नाममा कलंकको टिका नलगाइयोस्

आदरणीय केशव दाई, नमस्कार। तपाईँलाई सम्बोधन गरेर यो पत्र लेखिरहँदा म केहि वर्ष पछाडि फर्किएको पनि छु। सम्बोधनमा दाई भनेर अपनत्व देखाउन खोजे पनि यो पत्र मैले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको कुर्सीमा विराजमान तपाई केशव भट्टराईलाई नै लेखेको हुँ। व्यक्तिगत रूपले तपाईंले मलाई चिन्नु हुन्छ या चिन्नु हुन्न,म त्यो प्रश्नको उत्तर खोजेर अहिले उठाउन […]

लेखक साहित्यकार माथि सत्ताधारीको श्रृङ्खलाबद्ध आक्रमण

‘धेरै पढ्ने मान्छेहरु बहुलाउँछन् ।’ ‘मार्क्स एङगेल्सका थोत्रा किताब पढेर क्रान्ति हुन्न।’ ‘बुद्धिजीवीहरुलाई थला पारिन्छ।’ अहिलेका सत्ता राजनीतिका दुई खेलाडी प्रचण्ड र केपी ओलीका चर्चित अभिव्यक्तिहरु हुन् यी । दुबै पात्र अहिलेका सत्ताका सबैभन्दा बलशाली पात्रहरु पनि हुन् । सत्ताका कारिन्दाहरुले निर्माण गर्ने भाषाले समाजमा उसले लाद्न खोजेको अर्थराजनीतिक र साँस्कृतिक भय प्रस्टिन्छ । आम […]

अमेरिका-चीन व्यापार युद्ध र ओसाका सम्मेलन

अमेरिका र चीनलगायत विश्वका १९ मुलुक र यूरोपेली संघ आबद्ध जी-२० समूह राष्ट्रको वार्षिक रूपमा हुँदै आएको सम्मेलन यस वर्ष जापानको ओसाका सहरमा भएको छ। सो समूहमा विश्वको करिब ८० प्रतिशत आर्थिक गतिविधि र दुई-तिहाइ जनतालाई प्रतिनिधित्व गर्छ। यो समूहको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय आर्थिक स्थायित्व भएको सदस्य राष्ट्रको दाबी रहेको छ। ओसाका सम्मेलनले पनि गत […]

बाबुरामले दावा गर्दै भने, ‘कम्युनिस्टहरू आउटडेटेड’ भइसके’

विनियोजन विधेयक २०७६/७७ को छलफल प्रायः सम्पन्न भइसकेको छ र हामी त्यसलाई अन्तिम रूप दिनेतर्फ उन्मुख हुँदै छौं। कुनै पनि देशको बजेट भनेको वार्षिक आय–व्ययको अनुमानमात्र हुँदैन। तत्कालीन देशको जुन अर्थतन्त्र छ, सामाजिक राजनीतिक अवस्था छ, त्यसलाई रूपान्तरण गर्नको निम्ती एउटा दिशाबोध गर्ने दस्तावेज पनि हुन्छ। त्यसैले बजेट समग्र राजनीतिक र सामाजिक प्रक्रियासँग जोडिएको हुन्छ। […]

नयाँ पत्रिकाका प्रधानसम्पादक कृष्णज्वाला देवकोटाको फरकमत : प्रधानमन्त्रीको फरक सोफा

सादगीपूर्ण जीवनका कारण सम्मानित पूर्वभारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री भन्थे रे, ‘सिट् लाइट्, नट् टाइट् ।’ अर्थ पक्कै यही हो, कुर्सीमा आसक्ति नदेखाऊ । तर, ‘टाइट्’ क्रान्तिबाट आएका हाम्रा ‘टाइट्’ नेतालाई ‘लाइट्’ हुन कसरी मान्य हुन्छ ? ठूलो सोफामा अघिल्लो पंक्तिमा एक्लै बसेका हाम्रा प्रधानमन्त्री र अलि परै दोस्रो लहरका कुर्सीमा बसेका अरू नेताको एउटा तस्बिर अहिले चर्चामा […]

नेपालमा समाजवादको कन्तबिजोग

अहिले सबैभन्दा बढी सुनिने शब्द हो- समाजवाद र आर्थिक समृद्धि । नेपालको संविधानमा प्रस्तावनामै ‘समाजवाद उन्मुख’ लेखिए तापनि बास्तविकतामा नेपाल समाजवाद उन्मुख छ वा छैन भन्ने विषय एउटा अहं प्रश्न हो। यस लेखमा ब्यवहारिक रुपमा समाजवाद के हो ? छोटो चर्चा गर्नेछौ। सोभियत संघ र पूर्वी युरोपका पोल्यान्ड, बुल्गारिया, चेकोस्लोभाकिया, रोमानिया, युगोस्लाभिया र हंगेरीमा समाजवादी […]

ज्ञानेन्द्रमाथि आक्रमण हिटलरी शैलीको बर्बरता

अध्यारो सन्नाटामा कतै दुरदराजमा बत्ती बलिरहेको देखेपछि मानिसमा एउटा आस पलाउँछ कि त्यो बत्तीको प्रकाश यतासम्म आइपुग्ने छ । त्यही आशामा मानिस कही कही झुन्डिएको हुन्छ । यस्ता आशाका त्यान्द्राहरु समाजमा रहिरहेकै हुन्छन् । अहिले नेपाली समाजमा त्यसको प्रतिनिधित्व नागरिक समाज, कलाकार, पत्रकार र समाजसेवीले केही हदसम्म गरेका छन् । नागरिकको आशाको प्रतिनिधित्व अरुले गरेको […]