धनुष र ऐश्वर्या रजनीकान्तको डिभोर्स

काठमाडौं, ५ माघ । साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त शक्तिशाली जोडीका रुपमा चिनिन्छन् । तर अब यो जोडीले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् । दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने […]

अक्षय कुमारको ‘बच्चन पाण्डे’को रिलिज मिति मार्च १८ लाई तोकियो

काठमाडौं, ५ माघ । भारतमा कोरोना संक्रमणको तेस्रो लहरसँगै सिनेमा हल बन्द छन् । जसका कारण रिलिजको संघारमा रहेका थुप्रै चलचित्रको मिति पोष्टपोन्ड गरिएको छ । तर, कोरोनाको तेस्रो लहर लामो समयसम्म नजाने विश्वास बलिउडकर्मीहरुले लिएका छन् । मार्च महिनामा नै नयाँ बलिउड चलचित्रको प्रदर्शन मिति तय गरिनुले पनि यो कुराको पुष्टि गर्दछ । मार्च […]

‘चपली हाइट ३’ हेरेपछि कलाकारहरुले भने- निकेश भर्सटायल निर्देशक

काठमाडौं, ५ माघ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले सोमबारबाट सिनेमा हल बन्द गर्ने निर्णय गर्‍यो । हल बन्द भएपछि सबैभन्दा बढी मारमा पर्‍यो शुक्रबार मात्रै रिलिज भएको निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ । तीन दिन मात्र चल्न पाएको यो चलचित्र हेर्न आइतबार बेलुका अधिकांश कलाकारहरु पुगे । चलचित्र हेरिसकेपछि उनीहरुले निर्देशक […]

कलाकार नआएपछि आगजनी र तोडफोड

विराटनगर । सुनसरीमा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादव नआइदिँदा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजना गरिएको महोत्सवमा कलाकार यादव नआउँदा आक्रोशित बनेका स्थानीयले आगजनी र तोडफोड गरेका हुन् । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड […]

बोराभित्र मृत भेटिइन् अभिनेत्री रायमा

ढाका ।आइतबारबाट वेपत्ता भएकी बंगलादेशी अभिनेत्री रायमा इस्लाम शिमूको शव एक बोरामा बन्द अवस्थामा भेटिएको छ । शिमूलाई दुई टुक्रा पारेर शवलाई बोरामा बन्द गरिएको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीका अनुसार शव ढाकाको केरानीगञ्जमा अवस्थित आलियापुर इलाकाको हजरतपुर पुल नजिकैको सडक किनारमा सोमबार बिहान भेटिएको थियो । ३५ वर्षकी अभिनेत्रीको घाँटीमा निशान थियो […]

नारी शक्तिलाई कमजोर नठान्न गायिका समीक्षाको चेतावनी !

काठमाडौं, ४ माघ । गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चेतावनी दिएकी हुन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले अगाडि लेखेकी छन्, ‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ […]

यी हुन् साउथका ५ महंगा हिरो

काठमाडौं, ४ माघ । दक्षिण भारतीय (साउथ) फिल्मले पछिल्लो समय बलिउडलाई समेत टक्कर दिन थालेका छ । बलिउडका दर्शक साउथ फिल्ममा समेत आकर्षित भइरहेका छन् । साउथको कथा र एक्सनले सबैलाई लोभ्याइ रहेको पाइन्छ । अहिले साउथ स्टार भारतमा मात्र नभएर विश्वभर चिनिन थालेका छन् । उनीहरुका फिल्मले बक्स अफिसमा राम्रो आम्दानी गर्न थालेको छ […]

सुदर्शनसँग सम्बन्ध बिग्रिएको अड्कलबाजीबीच पूजाले दिन खोजेको संकेत

  काठमाडौं, ४ माघ । अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले चलचित्र ‘मधुमास’देखि नै सहकार्य गर्दै आएका छन् । उनीहरुको सहकार्य ‘चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी र म यस्तो गीत गाउँछु २’सम्म निरन्तर छ । तर, पछिल्लो समय सुदर्शन र पूजाबीच सम्बन्धमा खटपट आएको चर्चा छ । अब उनीहरुले एकसाथ […]

महिला केन्द्रित भूमिकामा काम गर्ने अनुको चाहना

काठमाडौं, ४ माघ । अभिनेत्री अनु शाहले महिला केन्द्रित चलचित्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् । चलचित्र ‘द युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अनुले आफूले एक दशक लामो करिअरमा अपेक्षा गरे अनुसारको चलचित्रमा काम गर्न नपाएको बताइन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्, ‘मैले मेरो सपनाको प्रोजेक्टमा काम गर्न पाएकी छैन । अब मलाई […]

केकी भन्छिन्– कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पुर्‍यायो

  काठमाडौं, ४ माघ । अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पुर्‍याएको बताएकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी आफ्नो पुस्ता पीडित बनेको बताइन् । ‘मलाई कोरोनाका कारण हाम्रो जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको […]