अब प्रम ओलीले सिंहदरवारको एक्सन रुममा बसेर ११ गौरवका आयोजनाको सीसीटीभीबाट अनुगमन गर्ने

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो । अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको […]

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्, जिम्बाबे क्रिकेट बोर्ड निलम्बन

३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए […]

आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय भूमीको मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

जडिबुटी चोरी आरोपमा वडाध्यक्षमाथि नै कुटपिट

जुम्ला, ३ साउन । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेको आरोप छ । कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा […]

टिफिन बक्सभित्र राखेको बम विष्फोट हुँदा घाइते भएका मध्ये एकको मृत्यु

धनगढी, ३ साउन । धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहीबार साँझ भएको विष्फोटन परी घाइते भएका एक जनाको मृत्यु भएको छ । विष्फोटमा परी पाँच जना घाइते भएका थिए । बिहीबार साँझ ६ः४५ बजे धनगढीको चटकपुरमा रहेको निलम होटेल अगाडि भएको विष्फोटनमा परी घाइते भएका मध्ये राम सिंह नाम गरेका व्यक्तिको गएराति मृत्यु भएको हो । उनको […]

सर्लाहीमा घुस रकमसहित ईन्जिनियर समातिए

सर्लाही, ३ साउन । सर्लाहीको सदरमुकाम मलंगवाबाट विहीवार घुस रकम सहित एक ईन्जिनियर अख्तियारको फन्दामा परेका छन् । सर्लाही रामनगर गाउँपालिकाका ईन्जिनियर रामजीबाबू यादब घुस रकम सहित रंगेहात पक्राउ परेका हुन् । गाउँपालिकाको बिकाश निर्माणमा विभिन्न उपभोक्ता समितीका पदाधिकारीसंग रकम नलिई काम नगर्ने गरेको उजुरीको आधारमा ईन्जिनियर यादबलाई घुस रकम ५० हजार सहित सदरमुकाम मलंगवाको […]

एकैपटक २ सय ३६ न्यायाधिशको सरुवा

काठमाडाैं । न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी एकैपटक २ सय ३६ न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना न्यायाधीशको सरुवा गरेको हो । न्याय परिषदको बैठकले उच्च अदालतका ६ जना न्यायाधीशलाई विशेष अदालतको अध्यक्ष तथा सदस्य (न्यायाधीश) तोक्न पनि सिफारिस […]

नेपालको पक्षमा चीन बोलेपछि जोगिए सात सम्पदा

काठमाडौं, २ साउन । विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदा सूचीबाट हट्ने खतरा टरेको छ । सन् २०२२ सम्ममा भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने सर्तमा सूचीबाट हट्ने खतरा टरेको हो । अजरबैजानको बाकुमा भएको युनेस्कोको विश्व सम्पदा समितिको ४३औँ बैठकबाट नेपाललाई सन् २०२२ सम्मको अवधी प्राप्त भएपछि हाललाई खतरा टरेको पुरातत्व विभागको […]

९ हजारका लागि परीक्षा हुन नदिन लोकसेवा अगाडि ठूलो प्रदर्शन

  काठमाडौं, २ साउन । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन खारेजीको माग गर्दै आयोगको केन्द्रीय कार्यालय अगाडि ठूलो पदर्शन भएको छ । ठूलो संख्यामा मानिसहरु जम्मा हुने देखिएपछि प्रहरीले हस्तक्षेप गरेर केहीबेरमै त्यहाँबाट प्रदर्शनकारीहरुलाई हटाएको थियो । काठमाडौंको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि प्रदर्शनकारीहरुको ठूलो समूह जम्मा भएर बिहीबार केहीबेर घेराबन्दी समेत […]

मसी होइन, गोली लाग्ने पेनसहित पोखराबाट २४ वर्षिय युवक पक्राउ

कास्की, १ साउन । पेनले लेख्ने कुरा त सबैलाई थाँहा नै छ । तर, हामीले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्छ भन्ने थाँहा नहुन पनि सक्छ । प्रहरीले यस्तै पेन गन सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पेनजस्तो देखिने तर बन्दुकको काम गर्न सक्ने पेन […]