मकवानपुरमा भीषण वर्षा, गाडी नै खोलाले बगायो

हेटौँडा, ८ साउन । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको […]

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गृहमन्त्रीले पोखे अनौठो गुनासो

काठमाडौं, ७ साउन । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको एक वर्ष पुग्न लाग्दा पनि यसबारे सत्यतथ्य बाहिर आउन सकेको छैन । सरकारले अपराधी पत्ता लगाएर पीडितलाई न्याय दिन सकेको छैन । सर्वत्र चर्चा पाएर निकै आवाज उठाइएको यो घटनामा प्रहरीको अनुसन्धान अहिलेसम्म असफल नै रहेपछि सरकारमाथि नै अनेकौ प्रश्न उब्जाइएका छन् […]

स्वचालित अनलाईन प्रणलीले अन्त्य गर्ला त दोहोरो वित्तीय विवरणको जालो

काठमाडौं, ७ सावन । आन्तरिक राजश्व विभागले दोहोरो वित्तीय विवरण बुझाउने व्यवासायिलाई कडाई गर्न स्वचालित कर प्रणलीको विकास गरेको छ । विभागले वित्तीय पारदशिर्तताको लागि व्यवसायिले बैंक तथा वित्तीय संस्थामा बुझाउने विवरण र आन्तरीक राजश्व कार्यलयममा बुझाउने विवरण आदान प्रदान गर्ने स्वाचालित प्रणलीको विकास गरेको हो । सरकारले गत आर्थिक वर्षको बजेटको बुँदा नंम्बर २५८ […]

गुल्मीमा ठूलो पहिरो, ६ जनाको मृत्यु, आधा दर्जन बढी वेपत्ता

गुल्मी, ७ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् । सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा भीषण उक्त पहिरो गएको हो । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । गए राति खसेको […]

जापानमा काम गर्न जान चाहनेको लागि खुसीको खबर भाषा परीक्षा कार्तिकमा

जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साताबाट शुरू हुने श्रम मन्त्रालयले जनाएको छ। जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ‘केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको मन्त्रालयका सचिव महेशप्रसाद दहालले बताए। तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ आफूलाई जानकारी आइनसकेको श्रम […]

अनौठो गरी कम्मरमा दुइ किलो सुन बाँधेका १७ वर्षे युवक थानकोटमा पक्राउ

काठमाडौं, ५ साउन । काठमाडौंको नागढुंगाबाट प्रहरीले अचम्मको कलापूर्ण तरिकासहित सुन ल्याउने एक युवकलाइ पक्राउ गरेको छ । भैरहवाबाट आउँदै गरेको एक ट्रकबाट ती युवकलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा घर भएका १७ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । उनले कम्मरमा बेरेर अर्कै दुई किलो पहेँलो धातु बोकेका थिए । उक्त धातु […]

निर्माण सकेको दुई महीनामै रोशी पुल भासियो

काभे्रपलाञ्चोक, ५ साउन । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव […]

ठूलो वर्षा गराउने मौसम सक्रिय, भोलिदेखि नेपालमा भारी वर्षा हुने मौसमविदको भनाइ

काठमाडौं, ५ साउन । नेपालमा भाेलिदेखि ठूलाे वर्षा हुने माैसमविदले बताएका छन् । भारतबाट नेपालतर्फ अाउने ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुनकाे न्यून चापीय रेखा नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले भनाइ छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले हाल नेपालदेखि दक्षिण रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर आउने क्रममा रहेकाे जानकारी […]

विप्लवका उपत्यका ब्यूरो इन्चार्ज तथा चर्चित कलाकार माइला लामा पक्राउ

काठमाडौं, ५ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । पछिल्लो समय उपत्यको कमाण्ड गरिरहेका पार्टी केन्द्रीय सदस्य समेत रहेका लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । काँडाघारीको एक घरमा रहेका लामालाई घर घेरा हालेर समातिएको बताइएको छ । उनको साथमा […]

युएइमा बेचिएका युवाको दर्दनाक कथा

काठमाडौँ, ४ साउन । सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका […]