तरकारीमा विषादी परीक्षणको नतिजा नै अविश्वसनीय

नेपालमा तरकारी र फलफूल लगायतका खाद्यमा विषादीको अवशेषबारे वास्तविक अवस्था पहिचानमै समस्या रहेको विज्ञहरूले बताएका छन्। खाद्य सामग्रीमा विषादीको सही पहिचानका लागि खानेकुराको चरणबद्ध जाँच, भएकै विधिहरूको स्तरोन्नति र नमुनाका तुलना गर्ने क्षमतासहितका आधुनिक प्रयोगशाला आवश्यक रहेको बताइएको छ। काठमाडौंको कालिमाटीसहित देशका सात ठाउँमा रहेका प्रयोगशालामा अहिले नेपालमा दुईवटा समूहका विषादी मात्र जाँच्न सकिन्छ। तर […]

घरेलु तथा साना उद्योग विकास कार्यालयका खरिदार ७४ हजार घुससहित पक्राउ

काठमाडौं, ९ साउन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखाका खरिदार पुष्कर अधिकारी घुससहित पक्राउ परेका छन्। होटल व्यवसाय दर्ता गरिदिन भन्दै घुस मागेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले अधिकारीलाई ७४ हजार घुससहित रंगेहात पक्राउ गरेको हो। प्रशासनको टोलीले अन्य सेवाग्राहीबाट घुस लिएको रकमसमेत उनको साथबाट बरामद गरेको छ। रंगेहात बरामद […]

खोर्लाबेसीको एक ओढारमा अनौठो गरी लुकाइराखिएको १२ किलो सुन भेटियो

गोरखा, ९ साउन । नेपालमा टनका टन सुन तस्करी हुने गरेको चर्चा बजारमा छाइरहँदा गोरखामा अपत्यारिलो गरी लुकाइएको ठूलो मात्रामा सुन भेटिएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेसीमा लुकाई राखेको अवस्थामा १२ किलो सुन भेटिएको हो । उक्त सुन कतै व्यवस्थित गरेर घरमा लुकाइएको अवस्थामा भेटिएको होइन । खोर्लाबेसीको एक ओढारमा लुकाएर राखिएको अवस्थामा […]

‘स्टिङ अपरेसन’ बढाउँदै अख्तियार

भीमदत्तनगर– ९ साउन । सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ ।भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२र७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा सात स्टिङ अपरेसन गरेको अख्तियार कार्यालयले जनाएको छ । पहिलोपटकको स्टिङ अपरेसनमा […]

नगर प्रमुखको विरोधमा उत्रेका दुई वडाध्यक्षसहित सबै रिहा

खोटाङ, ९ साउन । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुई वडाध्यक्षसहित सबैलाई अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नगर […]

नयाँ मौद्रिक नीतिः लघुवित्तमा पनि किन खुकुलो बने गभर्नर नेपाल ?

काठमाडौं, ८ साउन । लघुवित्तको सम्बन्धमा कडा धारणा राख्दै आएका गभर्नर चिरञ्जीवी नेपालले लघुबित्तको मर्जर र प्राप्तिका सम्बन्धमा भने खुकुलो नीति अवलम्वन गरेका छन् । बुधवार सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिमा लघुवित्तको मर्जर र प्राप्तिमा सामान्य सहुलियत मात्र व्यवस्था गरिएको छ । नयाँ नीतिमा लघुबित्तका सम्बन्धमा कडा नीति आउने अनुमान गरिएको थियो । तर, त्यसविपरित […]

सडक अवरुद्ध हुँदा राहत बाटोमै थन्कियो

गुल्मी,८ साउन । साँझबाट पुन सुरु भएको अवरिल बर्षाका कारण पहिरो प्रभावित क्षेत्रका पीडितलाई उद्धार गर्न समस्या थपिएको छ । बर्षा नरोकिएका कारण बेपत्ताको खोजी कार्य अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताए । सत्यवति गाउँपालिका वडा नं – ४ लिम्घामा ७ वर्षीया तारा विक र डेढ वर्षीय सुमन विक अझै बेपत्ता छन् […]

एक जोर जुत्ताकै मूल्य चार करोड ८० लाख !

८ साउन, एजेन्सी । एक जोर जुत्तालाई कतिसम्म पर्ला ? केही सय, हजार या लाख ? तर, नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो। सन् १९७२ को नाइकी […]

कांग्रेसले १५१ जनालाई कारवाही गर्ने

काठमाडौ, ८ साउन । एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ ।समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । गत सोमबार सोलुखुम्बू, रौतहत र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति […]

बिरामी श्रीमतीलाई औषधि राम्रोसंग खानु म अफिस हिडे’ भनेका गौतमको शव फेला

झापा, ८ सावन, । प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ ।झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । असार १७ […]