सिरियाली वायु सेनाले खसाल्यो इजरायलको युद्धक विमान

एजेन्सी । सिरियाली सेनाले एउटा इजरायली लडाकु विमान खसालिदिएकोे जनाएको छ । सिरियाको उत्तरी भागमा उडेको इजरायली एफ–१६ युद्धक विमानलाई सिरियाली वायुसेनाले शनिबार बिहान गोली हानेर खसालिदिएको सिरियाली वायुसेनाले जनाएको छ । मध्यसिरियास्थित सैन्य शिविरलाई लक्षित गरी केही इजरायली युद्धक विमानले शनिबार बिहान हवाई आक्रमण थालेपछि सिरियाली वायु सुरक्षा बलले ती आक्रमणलाई विफल पार्न सफल […]

एअरपोर्टबाट उडेको केही समयमा नै विमान वस्तीमा खस्यो, ७१ जनाको मृत्यु

मस्को । रुसमा एक जेट विमान दुर्घटनामा परेकाे छ । ६५ जना यात्रु बाेकेकाे विमा रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो एयरपोर्टबाट उडेको थियाे । एयरपोर्टबाट उडेको केहीबेरमा नै बिमान दुर्घटनामा परेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । एन्टानाेभ एएन १४८ नम्बरकाे विमानमा ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। साराटोभ एयरलाइन्सको उक्त जहाज मस्कोबाट […]

उत्तर कोरियाले सैनिक दिवस मनाउन लाग्दा अमेरिका किन आत्तियो ? किमले पठाए आफ्नी बहिनीलार्इ पहिलो पटक दक्षिण कोरिया

काठमाडौं, २५ माघ । उत्तर कोरियाको सेनाले अाज सैन्य दिवस मनाइरहेको छ । हरेक वर्ष फेब्रअरी ८ मा उसले सेना दिवस मनाउँदै अाएको छ । यो वर्ष शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाली जनमुक्ति सेना सडकमा निस्केको हो । उत्तर कोरियाको विरोधमा रहेका देशहरुले परेड रोक्न अाग्रह गरेका थिए तर उसले सेना दिवस भएको बताउँदै […]

युद्धको मानसिकता त्याग्न अमेरिकालार्इ चीनको चेतावनी

काठमाडौं, २२ माघ । चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो । चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ । अमेरिकाले आफूसँग भएका […]

दोस्रो विश्वयुद्धताका फालिएको बम फेलापर्यो, १२ घन्टामा पारियो निस्कृय

हङकङ, २१ माघ । हङकङ प्रहरीले विश्वयुद्धका समयमा फेला पारेका डरलाग्दो बमलाई निष्क्रिय पारेको छ । व्यस्त व्यावसायिक क्षेत्रमा बुधबार फेला परेको बमलाई प्रहरीले निष्क्रिय पारेको हो । चार सय ५० किलोग्राम तौलको बम निष्क्रिय पार्न चार हजारभन्दा बढी मानिसलाई बम रहेको क्षेत्रबाट हटाइएको थियो भने वरपरको सडकखण्डहरू खाली गरिएको थियो । बम निष्क्रिय पार्न […]

फिडेल क्यास्ट्रोका छोराकाे रहस्यमय मृत्यु, क्युबामा पूरै शोक

काठमाडौं, १९ माघ । विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको विरामी थिए । डिप्रेसन भएपछि […]

अमेरिकामा चीनको प्रभाव बढेको सिआर्इएको गोप्य रिपोर्ट

एजेन्सी । अमेरिकी केन्द्रीय जाँच ब्युरो (सीआईए) ले पश्चिमा मुलुकमा हालैका दिनमा बढदै गएको चिनियाँँ चासो र प्रभाव रूसको जस्तै भएको जनाएको छ । सीआईए प्रमुख माइक पोम्पियोले मंगलबार बीबीसीसँगको टेलिभिजनमा ‘अमेरिकामा रूसको भन्दा चिनियाँ प्रभाव बढ्दै गएकाले दुवै देशबाट उस्तै खतरा रहेको’ बताएका हुन् । उनले अमेरिकी व्यापारिक सूचना चोर्न गरिएको प्रयास र विद्यालय तथा क्याम्पसहरूमा […]

फेरि आयो ८.२ रेक्टरको भूकम्प, खतरनाक सुनामीको चेतावनी

एजेन्सी । उत्तर अमेरिकी राज्य अलास्कामा मङ्गलबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक विभाग (यूएसजीएस)ले भूकम्पका कारण सुनामी आउनसक्ने बताउँदै अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्र तथा हवाइ क्षेत्रका सुनामीको सम्भावित प्रभावबाट जोगिन नागरिकलाई विशेष साबधानी अपनाउन भनेको छ । अलास्काको कोडियक क्षेत्रबाट ३०० किलोमिटर दक्षिणपूर्वमा सामुद्रिक सतहबाट करिब १० किलोमिटर गहिराइमा उक्त भूकम्पको […]

होटल आतङ्ककारी हमला, १८ विदेशीसहित १८ को मृत्यु

काठमाडाैं । अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ । होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा १४ विदेशीसहित चार जना अफगानी नागरिकको ज्यान गएको यहाँको गृह मन्त्रालयले जनाएको छ । “आतङ्कबादीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका थिए,” […]

ट्रम्पको एक वर्षः अमेरिकी नागरिक इतिहासमै बढी विभाजित

एजेन्सी । सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै विवादास्पद बने । अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष पुग्दा पनि साम्य पार्न सकेका छैनन । अर्थात् अमेरिकीहरू अझैपनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा निर्विवाद रूपमा मान्न आनाकानी गर्दैछन् […]