काठमाडौंदेखि मोटरसाइकलमा डोल्पाको यात्रा सफल

काठमाडौं । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन र भ्रमण वर्ष २०२० लाई सफल बनाउन मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा काठमाडौंको पशुपतिदेखि शे–फोक्सुण्डोसम्म मोटर साईकल यात्रा नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो पुगेको छ । मोटरसाईकल दुनैमा राखेर टोली फोकसुण्डोतर्फ गएको थियो । काठमाण्डौदेखि पहिलो पटक काठमाडौं पशुपतिदेखि शे–फोक्सुण्डोतालसम्म बुलेट मोटरसाइकल यात्रा भएको हो । […]

गण्डकी प्रदेश घुम्ने ३३ प्रतिशत पर्यटक बढे

काठमाडौँ, २१ कात्तिक । सन् २०१९ को अक्टोबर महिनामा २४ हजार ४७७ विदेशी पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार यो सङ्ख्या अघिल्लो सेप्टेम्बर महिनाको तुलनामा ३३ दशमलव ३३ प्रतिशतले बढी हो । सेप्टेम्बर महिनामा १८ हजार ३५१ पर्यटकले सो […]

चितवन राष्ट्रिय निकुञ्जमा निकुञ्जमा पाहुना चरा

चितवन, २१ कात्तिक । पर्या पर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्को एउटा सुन्दरता पनि थपिने गर्दछ । त्यो हो विदेशी आगन्तुक चरा । जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर परदेखि झण्डै ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा यहाँ आउने गर्दछन् । चराविद् डा हेमसागर बरालका अनुसार अगस्तदेखि डिसेम्बरसम्म आउने ती […]

पर्यटकीय गन्तव्य बन्दै ‘बाउन्नघोला सिमसार क्षेत्र’

परासी, २१ कात्तिक । पश्चिम नवलपरासीमा रहेको बाउन्नघोला सिमसार क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । पूर्वपश्चिम राजमार्गको भूताहाबाट करीब दुई किलोमिटर उत्तरतर्फ रहेको यो सिमसार क्षेत्रलाई बर्दघाट नगरपालिकाले संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको हो । जैविक विविधताले महत्वपूर्ण यस सिमसार क्षेत्रमा पर्यापर्यटनको विकास गरी सिँचाइ सुविधालगायत बहुउपयोगी क्षेत्रको रुपमा […]

पर्यटक लोभ्याउँदै पोकली झरना

ओखलढुङ्गा, २० कात्तिक । पोकली झरना अवलोकन गर्नेको सङ्ख्या बढेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने देशकै दोस्रो अग्लो उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्यय पर्यटक बढेका हुन् । विगतमा ओखलढुङ्गा र आसपासकै केही युवामात्रै झरनामा पुगेर रमाउने गरेका भए पनि अहिले झरना हेर्नकै लागि आन्तरिक तथा बाह्यय पर्यटक आउन थालेका लेतीका रामप्रसाद घिमिरेले […]

तारेभीर पोखरीमा पर्यटकको आकर्षण

पोखरा, १९ कात्तिक । युगौँदेखि वर्षात्को पानी सङ्कलन गरी वस्तुभाउलाई खुवाउनाका साथै कृषिका लागि पनि उपयोग हुँदै आएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभीर पोखरीको संरक्षण तथा आवश्यक भौतिक संरचना निर्माण पछि यो स्थलमा आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढेकोे हो । […]

रसुवामा पर्यटकको आवतजावत बढ्दै

रसुवा, १८ कात्तिक । सीमा क्षेत्र भएर पनि आठनौ वर्ष अगाडि विकट मानिएको टिमुरे क्षेत्रमा सडक निर्माण र नेपाल चीनबीच उत्तरी नाका सञ्चालन भएपछि व्यापार व्यवसायका साथै पर्यटकको ओहोरदोहोर बढेको छ । आफ्नो पुख्र्यौली घर छेउकै अधिकांश पैतृक जमीन नाकाको संरचना बनाउँदा अधिग्रहण भई कृषि उत्पादनमा कमी आए पनि टिमुरे तथा रसुवागढी क्षेत्रको चहलपहल दिनप्रतिदिन […]

बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै

काठमाडौँ, १८ कात्तिक । बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसक्नुभएको छ । मन्त्री […]

निगमले मङ्सिरदेखि ग्वोञ्जाओ उडान गर्ने

काठमाडौँ, १८ कात्तिक । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको […]

विश्व भेगन र नगरपालिकाबीच साझेदारी

गलकोट, १७ कात्तिक । बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्याउनका लागि विश्व भेगन अर्गनाइजेसन र बागलुङ नगरपालिकाबीच संस्थागत साझेदारी गरिएको छ । विदेशी पर्यटकको खासै रोजाइमा नपर्ने बागलुङ जिल्लामा नगरपालिकाले विश्व भेगन अर्गनाइजेसनसँग पर्यटक भित्र्याउनका लागि संस्थागत पहल गरेसँगै विदेशी पर्यटक भित्रिन थालेका छन् । बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्याएर पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाले दुई […]