इटलीका सेना प्रमुखलाई कोरोना भएको पुष्टि

काठमाडौं २७ फागुन । इटालीका सेना प्रमुखलाई कोरोना भाइरस लागेको पुष्टि भएको छ । इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित सेनाप्रमुख फारिनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसका कारण ३६६ जनाले ज्यान गुमाइसकेका छन् भने एकैदिन १३३ जनाको मृत्यु भएको इटलीले जनाएको छ । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट […]

कतारका लागि श्रमस्वीकृति स्थगित, आउन चाहने यात्रुलाई ल्याउने

काठमाडौँ २७ फागुन । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा कतार जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो । विभागले अर्को […]

कोरोनाको त्रास: १ सय १३ मुलुकमा, मृतकको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ फागुन । विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक विश्वको १ सय १३ मुलुकमा फैलिसकेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ भने १ लाख १४ हजार २ सय ९९ जना संक्रमित भएका छन् । चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ […]

कोरोनाभाइरस: हप्तौँपछि दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे

क्वारन्टीनको अवधि सकिएपछि स्वीडनका राजदूतले आफ्नो तस्बिर ट्विटरमा हाल्दै आफू खुसी भएको उल्लेख गरेका छन् कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टीनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन् । उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ । उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक […]

कोरोनोका कारण कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो

काठमाडौँ, २६ फागुन । कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ । कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो। कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ। कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना […]

अस्ट्रेलिया पढ्न गएका २० वर्षिय नेपालीमा कोरोनाको संक्रमण

काठमाडौं, २५ फागुन । नेपालबाट अस्ट्रेलिया पढ्न गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट […]

कोरोना संक्रमितलाई राखिएको होटल भत्किदा ७० जना पुरिए

एजेन्सी, चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको एक होटल भत्किँदा ७० जना पुरिएका छन् । दक्षिणी चीनको फुजिएन प्रान्तको च्वान्जू नगरको उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले […]

विनोद चौधरीले ‘ग्लोबल विजनेश समिट’ सम्बोधन गर्ने, नरेन्द्र मोदीसँग पनि भेट

काठमाडौँ, २३ फागुन । चौधरी ग्रुपका अध्यक्षले शुक्रबार इकोनोमिक टाईम्सद्वारा आयोजित ‘ग्लोबल विजनेश समिट’ लाई सम्बोधन गर्ने भएका छन्। विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिबार नयाँ दिल्लीमा आयोजना हुँदैछ । समिटको समुद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ। इकोनोमिक टाईम्सका अनुसार उक्त कार्यक्रममा मोदी सरकारका सात जना वरिष्ठ मन्त्रीहरूले सम्बोधन […]

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या १४८ पुग्‍यो, देशभरका स्कूल कलेज बन्द

एजेन्सी, कोरोनाभाइरसको संक्रमणबाट इटालीमा बिहीबार थप ४१ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ । यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो। संसारभर हालसम्म ३२०० सय जना भन्दा बढिको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएका छन्। इटालीका सम्पूर्ण २२ क्षेत्रमा […]

समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

एजेन्सी, अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए। उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा […]