गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर जिल्ला अदालत पुगे बाँस्कोटा

काठमाडौं, १६ फागुन । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा विजयप्रसाद मिश्रविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर जिल्ला अदालत पुगेका छन् । बाँस्कोटाले कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। ‘म […]

कोरोनाभाइरस (कोभिड–२०१९) त्रास विश्वभरि नै

कोरोनाभाइरसको उच्च जोखिममा नेपाल पनि रहेको बताइएपनि उक्त सङ्क्रमणको रोकथामका लागि पूर्वतयारीमा चुनौती देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका प्रमुखका अनुसार सरकारले पूर्वतयारीका लागि देखिएका जटिलता अध्ययन गर्ने क्रम जारी रहेको छ। कोभिड–२०१९ नाम दिइएको खतरनाक कोरोनाभाइरसको उद्गम मानिएको चीनमा कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको सुखद् […]

जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत २० हजार रुपैयाँ घुस लिदालिदै वडासचिव पक्राउ

धनुषा, १६ फागुन । जिल्लाको धनौजी गाउँपालिकामा कार्यरत वडासचिव घुससहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडासचिव (खरिदार) सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]

वेवारिसे अवस्थामा फेला पारेको शिशु बालग्रामलाई जिम्मा

पोखरा, १६ फागुन । बनेपाको पनौती नगरपालिका–४ टौखालमा वेवारिसे अवस्थामा फेला पारेको नवजात शिशुलाई प्रहरीको रोहबरमा एसओएस बालग्रामका उप निर्देशक तुल्सि छुजुलाई जिम्मा लगाईदै शिरमेमोरियल अस्पतालका डा. अरुण गुप्ता । फागुन ४ गते विहान टौखालस्थित मिन बहादुर बस्नेतको घरको इनार छेउमा फालेर राखेको अवस्थामा प्रहरीले फेला पारेको नवजात शिशुलाई अस्पतालमा उपचारपश्चात बुधवार एसओएस बालग्रामलाई जिम्मा […]

एमसीसी कुनै पनि हालतमा पास हुँदैन: प्रमुख सचेतक गुरुङ

काठमाडौँ, १५ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता विपरित आउन खोजेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् । विहिबार राजधानी स्थित संवाद डबलीले आयोजना गरेको समसामयीक राजनीतिक विषयमा गरिएको अंतर संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नेता गुरुङले […]

प्रदेश नं ५ सरकारको ध्यान लगानी सम्मेलनमा

रुपन्देही, १५ फागुन । आफ्ना दुईवर्षे उपलब्धि र प्रदेशका उत्पादन देखाउँदै प्रदेश–एक्स्पो सम्पन्न गरेको प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारीमा ध्यान केन्द्रित गरेको छ । प्रदेश सरकारले आगामी आ व २०८०र८१ सम्ममा समृद्ध प्रदेश बनाउन करिब १२ खर्बको लगानी आवश्यक रहेको प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणअनुसार निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्दै सरकारले लगानी […]

लाखौं ठगेर फरार पूर्णिमा श्रीष प्रहरीको फन्दामा

काठमाडौं, १५ फागुुन । बैदेशिक रोजगारीका लागि फ्रान्स पठाउने नाममा लाखौ ठगी गरेर फरार पूर्णिमा श्रीषलाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको तत्कालीन दुधराक्ष गाविस–५ घर भई हाल काठमाडौंको तरकेश्वर–११ बासुकीनाग मार्ग बस्दै आएकी गंगाबहादुर छन्त्यालकी छोरी भुपाल श्रीषकी श्रीमती ४३ वर्षीैया पूर्णिमालाई ३८ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनले […]

मालेका महासचिव मैनाली चढेको गाडी दुर्घटना, अवस्था गम्भीर

बर्दिबास, १५ फागुन । नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् । झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ […]

प्रधानमन्त्री ओली र कांग्रेस नेता डा. शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी निर्णय गरेकोमा एकाएक ओली त्यसको विपक्षमा देखिएपछि नेकपाभित्रको विवाद सहतमा मात्रै आएको छैन कतिपयले पार्टीभित्र विभाजनको रेखा समेत देखिएको टिप्पणी […]

१६ प्रहरीले यसरी बाँडे तस्करीको ३६ तोला सुन

काठमाडौँ, १५ फागुन । तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ । प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि […]