विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा

हेटौँडा, २८ कात्तिक । नारी साहित्यकारहरुको संस्था आँचल साहित्यकला पुञ्जले यस वर्ष प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको छ । संस्थाले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ बाट काठमाडौँकी समाचालोक÷कवि डा विन्दु शर्मा, प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ बाट […]

विश्व नेपाली साहित्य महोत्सव धनगढीमा गरिने

अत्तरिया, २६ कात्तिक । कैलालीको धनगढीमा आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव २०७६ को आयोजना गरिने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुनलागेको साहित्य महोत्सवमा संसारभरिका नेपाली साहित्यकारको सहभागिता हुने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थलका रूपमा रहेको काली कर्णाली क्षेत्रको […]

पूर्वीय दर्शनबारे जनकपुरमा गरमागरम बहस

जनकपुर । दुई नम्बर प्रदेशको राजधानी मिथिला नगरी जनकपुरधाममा आइतबार पूर्वीय दर्शनमाथि गम्भीर छलफल भएको छ । पूर्वीय दर्शनसहित अन्य विभिन्न विषयमा भएको विचार विमर्श नेपाल साहित्य उत्सव अर्न्तगत गंगासागर किनारमा आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन जनकपुर केन्द्रित रहेर पूर्वीय दर्शनमाथि बहस गरिएको हो । पूर्वीय षड्दर्शन (६ दर्शन) मध्ये चार मिथिलाभूमि जनकपुरमै लेखिएको […]

लाचारीको आँसुले भिजेका पछ्यौराहरु

गजल लाचारीको आँसुले भिजेका छन् आमाका पछ्यौराहरु जनताको हात बने न्यायको भीख माग्ने कचौराहरु कहाँ पुग्यो यात्री कुन्नि तर किनारमै छन् माझीदाइ आखिर कसले सम्झिन्छ र खोला तरेपछि लौराहरु आफूले सजाउने गला छान्न पाउँदैनन् सयपत्रीहरु इमानको दोसल्ला ओढी लाज पचाउछन् नकचराहरु

आमा म त्यो बोर्डिङ स्कूलमा पनि पढ्दिनँ

सुयोगः बुवा एउटा पेन्सिल कटर किनिदिनुहोस् न, पेन्सिल तिखार्न चाहियो। वाग्ले सरः ऊ त्यहाँ चक्कु छ, त्यही चक्कुले तिखार न। सुयोग मुख खुम्चाउँदै सुस्तरी भन्छ,‘सधैं यही भन्नुहुन्छ’। वाग्ले सरः के रे अहिले बढी बोल्दा गालामा थप्पड लगाइदिन्छु, जा उता आमासित गएर बस्। सुयोग निन्याउँरो मुख लगाउँदै हातमा कपीकलम लिएर भान्छाकोठामा जान्छ। वाग्ले सर भने आँखा […]

ठमेलको भट्टी पसलमा बसेर, गाउँको ठेकीमा पारिएको मोहीको कविता लेख्ने कविजस्तो

कविता: फरक पहिले तिमी हाँस्दा तिम्रा दाँतहरुमा टल्किन्थ्यो– झरनाको निर्मलता तिम्रो मुहारमा मुस्काउँथ्यो समाजको अतिक्रमणबाट मुक्त बालकको निर्दोषिता तिम्रा आँखाका ओठहरु र ओठका आँखाहरूको एउटै थियो भाषा अहिले पनि तिमी मुस्काउँछौ उहीँ ऊर्जा र भंगिमाकासाथ तर, तिम्रा दाँतहरुमा चम्किन्छ टुथपेस्टवाला बजारिया चतुरता अनुहारमा झल्किन्छ सुटिङ गर्नुअघिको घण्टौंको मेकअप तिमी आँखा र ओठहरु पर्खाल जोडिएर पनि […]

मनाइयो महाकवि देवकोटा जयन्ती

काठमाडौँ, १० कात्तिक । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उनको जन्म भएको थियो । लक्ष्मीपूजाका दिन जन्मिएकाले उनको नाम लक्ष्मीप्रसाद राखिए पनि उनी सरस्वतीको प्रसाद बन्न पुगे । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, […]

वाङमय शताब्दी पुरुष जोशी सम्मानित

काठमाडौँ, १० कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आज आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले जोशीलाई रु पाँच हजार ५५५ सहित अभिनन्दनपत्र र दोसल्ला ओढाइ सम्मान गरेका हुन् । संस्कृतिविद् जोशीले सांस्कृतिक अन्वेषणमा पु¥याएको योगदानको कदर गर्दै सांस्कृतिक […]

देशका ठालु नेताहरुमाथि सिस्नुपानीले यसपाली यसरी लगायो व्यङ्ग्यात्मक सिस्नुपानी

काठमाडौँ, १० कार्तिक । घरको अगाडि भव्य द्वार बनाइएको थियो । गेटबाट छिरेपछि एउटा सानो खरको छानोसितको घर पुगिन्थ्यो । घरलाई झिलीमिलीले बत्तीले सिङ्गारिको थियो । छानामा दुई वटा फर्सी राखिएका थिए । फर्सीको छेउमै कुखुराको भाले बसेको देखिन्थ्यो । आँगनी रङ्गोलीले सजिएको थियो । घरको पछाडिपट्टि मकैको सिल राखिएको थियो । नजीकै सेतो हिमाल […]

यसपटकको देउसी भैलोमा सुरुङ, रेल र जलमार्गका गीत

“सुरुङमार्ग, रेलमार्ग बन्ने जलमार्ग कुरा सुन्दा पनि आज खुशी लागिराछ समृद्धिको सपनाको साकार रूप चाहियो नेपालीको मुहारमा खुशी सुख चाहियो ।” उज्ज्यालो र सद्भावको चाड दीपावली मा समाज रुपान्तरणमा सघाउने गीत–सङ्गीत र रचनासहित समाजका अन्य वर्गझैँ स्रष्टाहरु पनि आपसमा देउसीभैलोको रमाइलोमा कस्सिएका छन् । मुलुकले लिएको समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुनुपर्ने चाहनालाई तिहारको देउसी–भैलोका क्रममा […]