भन्सारमा बेथिति : कतै दरबन्दीभन्दा बढी, कतै कर्मचारी नै छैनन्

काठमाडौं, २१ चैत ।  सरकारले स्थानीय तह र प्रदेशमा कर्मचारी खटाउन सकिरहेको छैन । सरुवा गरिएका कर्मचारी काममा गएका छैनन् । तर, भन्सार कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिएका छन् । सामान्य प्रशासन मन्त्रालय, मन्त्री, सचिव र ट्रेड युनियनको दबाबका कारण भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी खटाउने गरिएको हो । करछली, कमिसनजस्ता गैरकानुनी धन्दाबाट आर्थिक लाभ […]

मलेसिया जानेको संख्या ह्वात्तै बढ्यो

काठमाडौं, १९ चैत । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालू आवको फागुन मसान्तसम्ममात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रमबजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए । ‘विकसित मुलुकमा […]

ओभरसीज रेमिट कम्पनीको टोकियोमा नयाँ शाखा बिस्तार

जापानबाट नेपालमा रेमिट्यान्स कारोबार गरिरहेको ओभरसीज रेमिट कम्पनीले आफ्नो संजाल विस्तारको क्रममा राजधानी टोकियो भित्र अर्को शाखा खोलेको छ। “मिनी नेपाल”भनेर चिनिने टोकियोको सिन-ओकुबो स्थित कार्यलयको शनिवार औपचारिक रुपमा उद्घाटन गरिएको हो।कम्पनीका संचालकहरू दीपक सुबेदी,रोशन के सी,डीपी कँडेल,लोकनाथ वस्ती र इश्वरी कँडेल(सेवा) लगायतले संयुक्त रूपमा रिबन काटेर कार्यलयको औपचारिक उद्घाटन गरे। जापानका सफल तथा स्थापित […]

आयल निगम र खाद्य संस्थानका ४५० बढी ‘अवैध’ कर्मचारी हटाउन आपूर्तिमन्त्रीको निर्देशन

काठमाडौं, १७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभागहरूमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् । यसअघिका उच्च अधिकारीहरूले तोकादेशका भरमा नेपाल खाद्य संस्थान र नेपाल आयल निगममा गैरकानूनी रुपमा नियुक्त गरेका कर्मचारी हटाउन मन्त्री यादवले निर्देशन दिएका हुन् । मन्त्रालयका अनुसार खाद्य संस्थानमा दुई […]

सम्पदा मैत्री ब्यापारीक भवन बन्दै

  काठमाडौं, चैत १६ गते । न्यूरोडस्थित नेपालकै पहिलो सम्पदा युक्त ब्यापारिक भवन भन्ने भएको छ ।’ महर्जन कम्प्लेक्स ‘ नाममा बन्ने यो भवनले बिश्वो सम्पदामा सूचीकृत बसन्तपुर हनुमान ढोका दरवार क्षेत्रको मौलिक स्वरुपलाई अझै नयाँ आकर्षण थपिने महर्जन बिजनेस एसोसियेट प्रा लि का संचालक कृष्ण लाल महर्जन बताउनु भएको छ । यो संगै बसन्तपुर […]

पर्बतमा मकै रोप्ने (सिडर) मेसिन भित्रियो

पर्वत, १५ चैत । पर्वत जिल्लामै पहिलोपटक मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो । कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने (सिडर), […]

नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन पहल

काठमाडौं, १५ चैत । नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध गरेको छ । उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनिधि, संबद्ध निकायका अधिकारी, […]

भारतले फेरि बढायो बिजुलीको भाउ

काठमाडौं, १५ चैत । भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो। भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु (६.३६ रुपैयाँ) बनाएको छ। ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत […]

चामलमा परनिर्भरता बढ्यो, १७ अर्ब चामल खरिदमा बाहिरियोे

काठमाडौं, १४ चैत । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो । यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन […]

मेडिकल कलेजमा पनि एमडिएमएस शुल्क २३ लाख सिफारिस

 काठमाडौं, १४ चैत ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मेडिकल कलेजमा पनि एमडिएमएस (स्नातकोत्तर) तहमा सरकारले निर्धारण गरेअनुसार २३ लाख रुपैयाँ शुल्क लागू गर्न चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) फ्याकल्टी बोर्डले सिफारिस गरेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सोमबार बसेको बोर्ड बैठकले मन्त्रिपरिषद्को २०७२ भदौ ३१ को निर्णयअनुसार शुल्क लागू गर्न त्रिवि कार्यकारी […]