अक्षय कुमारले मुम्बईमा किने नयाँ आलीशान अपार्टमेन्ट

मुम्बई, ११ माघ । बलिउड अभिनेता अक्षय कुमारले हालै मुम्बईमा नयाँ आलीशान अपार्टमेन्ट खरिद गरेका छन्। उनले समुन्द्री किनारमा रहेको जोय लेजेन्ड भवनको १९ औं तलामा १८७८ वर्ग मिटरमा फैलिएको आलीशान फ्लाट खरिद गरेका हुन्। उनका यो अपार्टमेन्ट ‘प्राइम बीच’ बिल्डिङमा छ। जो समुद्र किनारमा रहेको छ। उनको फ्लाटबाट समुद्रको सुन्दरता देख्न पाइन्छ। आफ्नो नयाँ […]

‘बिस्ट’मा दक्षिण भारतीय सुपरस्टार थलापति विजयको पारिश्रमिक सय करोड

काठमाडौं, ११ माघ । दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक […]

निफको पाँचौं संस्करण चैतमा हुने, ३८ देशका ८९ चलचित्र छनोट

काठमाडौं, ११ माघ । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ९निफ० आगामी चैतमा काठमाडौंमा हुने भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ निफको पाँचौं संस्करण चैत १० देखि १४ गतेसम्म हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ । महोत्सवमा सहभागिताका लागि ५५ देशबाट चार सय बढी चलचित्र प्राप्त […]

‘बधाई दो’को ट्रेलर रिलिज, पीटी शिक्षक र प्रहरी अधिकारीबीचको प्रेमकथा

काठमाडौं, ११ माघ । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकर अभिनित चलचित्र ‘बधाई दो’को ट्रेलर रिलिज भएको छ । हर्षवर्धन कुलकर्णीले निर्देशन गरेको कमेडी जनराको यो चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । ट्रेलरमा भूमिले एक पीटी शिक्षकको भूमिका निभाइरहेको देख्न सकिन्छ, जो देशका लागि खेल्न चाहन्छिन् । यस्तै राजकुमार एक प्रहरी अधिकारीको […]

गायन रियालिटी शो ‘सिंगर’ हुने, विजेतालाई २५ लाख नगदसहित कार

काठमाडौं, ११ माघ । केही वर्षयता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दै गएको छ । त्यसमध्ये पनि गायन रियालिटी शो बढी छन् । यसैक्रममा ‘सिंगर स् सोलफुल भ्वाइस’ नाममा अर्को गायन रियालिटी शो हुने भएको छ । डीएआर मुभिज एण्ड फिल्म इण्डस्ट्रिज प्रालिले यो रियालिटी शोको आयोजना गर्न लागेको हो । अहिले चलिरहेको ट्रेण्डभन्दा केही फरक […]

के फेरि मिल्दैछन् सामन्था र नागा ?

काठमाडौं, ११ माघ । दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय जोडी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले सन् २०२१ अक्टोबर २ मा अलग हुने घोषणा गरेका थिए । जुन घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो । जोडीले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै आफूहरु अलग्गिएको पुष्टि गरेका थिए । यद्यपि सामन्थाले भने […]

चलचित्र ‘लाखे’को दुई युनिट बनाएर छायांकन

काठमाडौं, ११ माघ । कोरोना संक्रमण दर बढेसँगै सरकारले सिनेमा हल बन्द गरेको एक साता बढी भइसकेको छ । हल सञ्चालनमा रोक लगाइएपनि चलचित्र छायांकनमा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्न सकिनेछ । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाभन्दा कमको टिममा चलचित्र छायांकन गर्न सकिने नेपाल चलचित्र विकास बोर्डले जनाएको छ । कोरोना संक्रमणका कारण केही […]

‘पुष्पा’ का अभिनेता अल्लु अर्जुनको कति छ सम्पत्ति?

काठमाडौं, ११ माघ । यति बेला अमेरिका, भारत र नेपालका सिनेमा हलमा एउटै फिल्मको चर्चा छ– पुष्पाः द राइज। रिलिज भएको एक महिना हुन लाग्दा पनि हलहरूमा यसले दर्शक तान्न छाडेको छैन। ‘बाहुबली’ पछि सबभन्दा धेरै चर्चा पाउने दक्षिण भारतीय फिल्म यही हो। अल्लु अर्जुनको मुख्य भूमिका रहेको यो फिल्मले भारतमा अक्षय कुमारको ‘सूर्यवंशी’ र […]

छोरीको फोटो भाइरल भएपछि विराट–अनुष्का रुष्ट

काठमाडौ, ११ माघ । भारत र दक्षिण अफ्रिकाबीचको एक दिवसीय शृङ्खालको अन्तिम खेलका दौरान विराट कोहली र अनुष्का शर्माकी छोरी वामिका स्क्रिनमा देखिइन् । वामिकालाई लिएर उनका आमाबाबु निकै संवेदनशील रहेका छन् र हालसम्म उनको अनुहारलाई क्यामाराबाट लुकाएर राखेका थिए ।   यस्तोमा जब अनुष्का छोरी वामिकालाई काखमा लिएर स्ट्यान्डमा देखिइन्, सबै क्यामेरा उनीतर्फ मोडियो […]

बुबा बन्दै आदित्यनारायण

काठमाडौं, ११ माघ । गायक, अभिनेता तथा इन्डियन आइडलका प्रस्तोता आदित्य नारायण झा र अभिनेत्री श्वेता अग्रवाल आमाबुबा बन्ने भएका छन् । आदित्यले सामाजिक संजालमा एक पोष्ट गर्दै आफु बुबा बन्न लागेको जानकारी दिएका हुन् । आदित्यले गर्भवती पत्नी श्वेतासँग एउटा तस्बिर शेयर गरेका छन् । तस्बिरमा आदित्य सोफामा र श्वेता भुईँमा बसेकी छन् । […]