विज्ञानलाई विद्यालय तहदेखि जोडिने

काठमाडौँ, १६ भदौ । विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो । दिवसका लागि […]

मालपोत कार्यालयमा अनलाइन सेवा शुरू

रसुवा, १५ भदौ । जग्गा जमीन खरीद बिक्रीसम्बन्धी कारोवारको सेवा छिटोछरितो प्रदान गरी अभिलेख व्यवस्थित र सुरक्षित पार्न यहाँस्थित मालपोत कार्यालयमा आजबाट पहिलो पटकअनलाइन सेवा शुरु गरिएको छ । उक्त अनलाइन सेवाको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले उद्घाटन गरेका थिए। मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठका अनुसार नयाँ आर्थिक वर्षको शुरूआतसँगै अनलाइन सेवा […]

यसरी गरिदैछ गाउँ गाउँमा निःशुल्क इन्टरनेट विस्तार

काठमाडौं, ८ भदौ । तनहँुको व्यास नगरपालिका–३ मा निःशुल्क इन्टरनेट विस्तार गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाका केही टोलमा निःशुल्क इन्टरनेटको सेवा विस्तार गरिएको हो । यसअघि अनशनलाइनमा मात्र रहेको निःशुल्क इन्टरनेटको सुविधा आजदेखि पराशरटोल, निमचोक र सिर्जनाटोलमा सुविधा विस्तार गरिएको वडासदस्य रविन पौडेलले जानकारी दिए । पौडेलका अनुसार वल्र्डलिङ्क कम्युनिकेशन प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत […]

कोहलपुरमा दुई करोडमा हाइमास्ट जडान गरिँदै

बाँके, ८ भदौ । बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रूपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताए । उनका अनुसार शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र नगरपालिकाबीच भएको छलफलमा मन्त्री राईले नगरपालिकाको उज्यालो अभियानलाई […]

‘भेइकल ट्रयाकिङ सिस्टम’मा जोडिए २७ हजार व्यवसायी

काठमाडौँ, ८ भदौ । राजश्व चुहावट रोक्न सरकारले प्रविधिको प्रयोग गरी मालसामान ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गराउने कार्य गत साउनदेखि लागू ग¥यो । उक्त प्रणालीलाई ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ भनिन्छ । व्यवसायीले एक ठाउँबाट अर्काे स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण विभागको केन्द्रीय […]

रवि लामिछानेलाई पक्राउ गरेको आक्रोशमा प्रहरीलाई गाली गरेर फेसबुकमा लेख्ने पक्राउ

काठमाडौं, १ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थनमा अहिले देशभित्र र देशबाहिर व्यापक जनलहर देखा परेको छ । खासगरी सामाजिक सञ्जालमा सक्रिय रहेका धेरै युवाहरु उनको पक्षमा उर्लिएका छन् । देशभित्र उनलाई हिरासमा राखिएको चितवनमा सडकमै मानिसहरु उर्लेका छन् भने देशका अन्य विभिन्न जिल्ला र देश बाहिर रहेका लामिछानेका समर्थकहरुले सामाजिक सञ्जालमा उनको […]

अहिले पनि टेलिफोन टावरको समस्या, सरकार मुकदर्शक

रुकुमपूर्व, ३१ साउन । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ की सुनिता मगर अपराह्नको ४ बजे फोनमा कुरा गरिरहेकि छिन । त्यतिबेला एक्कासी फोनमा कुराकानी बुझिँदैन । हेलोहेलो भन्दाभन्दै फोन कट्छ । एकछिन रिसले चुर परेर फत्फताउछिन । एउटा गतिलो मोबाइल छैन जतिखेर काम परेको हुन्छ त्यतिखेर फोन बुझिदैन, बिग्रेको थोत्रो, उनले मोबाइललाई दोष दिन्छिन […]

मोबाइल र इन्टरनेटले घट्यो हुलाकको प्रभावकारिता

रुकुमपूर्व, २५ साउन । पत्र आदानप्रदान लगायतका काममा लामो इतिहास बोकेको हुलाक सेवाको आजभोलि प्रभावकारिता घट्दै गएको छ । इन्टरनेट तथा विभिन्न सञ्चार माध्यमको विकास र बढ्दो प्रयोगसँगै हुलाक सेवाको प्रभाकारिता घट्दै गएको हो । अहिले सूचना प्रविधिले विश्वलाई साँघुरो बनाइसकेको छ । सूचना-प्रविधिको विकासले फड्को मार्दै जाँदा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ […]

हुवावेको आफ्नै अपरेटिंग सिस्टम सार्वजनिक

डोङगुआन, चीन, २४ साउन । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो […]

हुवावेको आफ्नै अपरेटिंग सिस्टम सार्वजनिक

डोङगुआन, चीन, २४ साउन । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो […]