धौलागिरिमै पहिलोपटक कृषि तथा पशुविज्ञान कक्षा शुरु

फलेवास, पर्वत, २५ असोज । धौलागिरिमै पहिलोपटक तीनवर्षे कृषि तथा पशुविज्ञान सङ्कायमा कक्षा शुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएका बागलुङ नगरपालिका–१४ बलेवामा स्थापना भएको धौलागिरि पोलिटेक्निकल इन्स्टिच्युटले तीनवर्षे कोर्षमा कृषि तथा बाली विज्ञानको पढाइ शुरु गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को झण्डै ६ करोडभन्दा बढीको लागतमा भवन तथा अन्य […]

स्कूल बसका चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने

काठमाडौँ, २२ असोज । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था […]

शिक्षामन्त्री गाेपालमानले यसरी सीटीईभीटीमा मनपरी गर्दैछन

काठमाडाैं, २२ असाेज । गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे । केही दिनयता मन्त्रीको ध्यान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा परेको छ । सम्बन्धन प्रक्रिया अघि बढाउनुअघि सीटीइभीटीको […]

विद्यालयका लागि ९ लाख सहयोग

झापा, २१ असोज । झापा गाउँपालिका–६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीको संस्था नेपाली समाज टेक्सासले रु नौ लाख सहयोग गरेको छ । समाजका सभापति कृष्ण लामिछानेले शुक्रबार विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष लामिछानेले […]

करार शिक्षकहरुलाई पनि आन्तरिक परीक्षामा सहभागी गराउन माग

काठमाडौं,१० असाेज ।  छुट अस्थायी करार शिक्षक संघर्ष समितिले असार १५ पछिका शिक्षकलाई समेत आन्तरिक परीक्षामा सहभागी गराउनुपर्ने माग गरेका छन् ।  मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले एउटै प्रकृतिबाट नियुक्ती भएका करार शिक्षकलाई अहिले आएको नवौं संशोधन विद्येयकले विभेद गरेको भन्दै विधेयक फिर्ताको माग गरेका छन् ।  कार्यक्रममा बोल्दै संघर्ष समितिका अध्यक्ष भरत […]

किरात विश्वविद्यालय स्थापनाका गर्न यस्ताे प्रयास

खोटाङ, १० असोज । प्रदेशस्तरीय किरात विश्वविद्यालय स्थापनाका लागि खोटाङमा पहल थालिएको छ । संघीय संरचना कार्यान्वयनसँगै जिल्लाका शिक्षाविद्ले प्रादेशिक किरात विश्वविद्यालय स्थापनाका लागि बहस थालेका हुन् । जातीय, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रका रुपमा रहेका कारण देशविदेशका भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्रीका लागिसमेत अध्ययन–अनुसन्धानको मलिलो भूमिकारुपमा रहेकाले जिल्लामा किरात विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारिएको नेपाल आदिवासी जनजाति महासंघ, […]

शिक्षा ऐन नवौँ संशोधन फिर्ता गर्न माग

काठमाडौँ, ५ असोज । संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा हालै संशोधन गरिएको शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गरेका छन् । संगठनले राजधानीमा पत्रकार सम्मेलन गरी नवौँ संशोधनले अहिलेका अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भएकाले तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह […]

माथेमा र वाग्ले शिक्षा आयोगमा नबस्ने

काठमाडौँ, ५ असोज । शिक्षाविद् केदारभक्त माथेमा र डा मनप्रसाद वाग्ले उच्चस्तरीय शिक्षा आयोगमा नरहने भएका छन् । मंगलबार संसद्ले पारित गरेको शिक्षा ऐन (नवौँ) संशोधनले सामुदायिक विद्यालयको गुणस्तर खस्कने भन्दै उनीहरुले आयोगमा रहेर काम गर्न असमर्थता जनाएका हुन् । गत साता भएको आयोगको पहिलो बैठकमा सहभागी डा वाग्लेले मन्त्रालयसामु लिखित राजीनामा दिएका छन् भने […]

सिसी क्यामराको निगरानीमा पढाइ

जाजरकोट, ४ असोज । यहाँको एक सामुदायिक विद्यालयमा सिसीटिभीको निगरानीमा पढाइ शुरु भएको छ । जिल्लाकोे भेरी नगरपालिका–१ मा रहेको शिव माध्यमिक विद्यालयमा सिसीटिभी क्यामराको निगरानीमा पढाइ शुरु भएको हो । विद्यालयमा शिक्षकले पूरा समय दिएर पढाउन् र विद्यार्थी पनि अनुशासित भई पढुन् भनेर यस्तो व्यवस्था गरिएको प्रधानाध्यापक तिलक खत्रीले बताए । सदरमुकाम खलंगा नजिकै […]

प्राविधिक शिक्षातर्फ आकर्षण बढ्दो

पाल्पा, १ असोज । स्वरोजगार सिर्जना गर्ने उद्देश्यले गाउँ गाउँमा सञ्चालनमा आएको प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ । हिजोआज सिटिइभिटीबाट मान्यता प्राप्त गरी माध्यमिक तह सञ्चालन गरेका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि सर्वसुलभरुपमा घरमै बसेर विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ । माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा […]