धेरै घुमियो, अनि लेखियो: राजकर्णिकार

काठमाडौँ, १९ भदौ । यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वःभीमरथारोहण अर्थात् बूढो पास्नी मनाउन लागेका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार र कुलकुटुम्बलाई आफैँ निम्तो दिन छोरीहरुका साथ दिनभर आफैँ कार हाँकेर घरघर पुगे। उनी र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्वसन्ध्यामा भदौ १५ गते भिक्षुभिक्षुणीहरुले बौद्ध परम्परानुसार परित्राण पाठ गरी […]

विश्व शान्तिका लागि कविता वाचन

काठमाडौँ, १८ भदौ । विश्वशान्तिको कामना गर्दै अन्तरराष्ट्रिय क्षेत्रका कवि कवियत्री र नेपाली साहित्यकारहरुले संयुक्त रुपमा कविता वाचन गरेका छन् । भवदेव पन्त स्मृति प्रतिष्ठानद्वारा मङ्गलबार यहाँ आयोजित साहित्यिक कार्यक्रममा विश्व कविता वाचन महोत्सवका मुख्य संयोजक डा युरी जाम्ब्रानो मेक्सीको, एशिया संयोजक अमिनुर रहमान बङ्गलादेश, डा रेश्मा रमेश भारत डा मायरा चाभेज मेक्सीको र अन्य […]

बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’

रुपन्देही, १५ भदौ । गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।” सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु […]

नेपाली साहित्यको बृहत् इतिहास विमोचित

ललितपुर, १३ भदौ । ‘जगदम्बा नेपाली साहित्यको बहत् इतिहास (दोस्रो ठेली) विमोचन भएको छ । मदन पुरस्कार पुस्तकालय, मदन पुरस्कार गुठी र यलमाया केन्द्रले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उक्त ठेलीको प्रा डा वासुदेव त्रिपाठीले विमोचन गरे । उक्त ठेलीमा चार पुस्तक डा चूडामणि बन्धुले सम्पादन गर्नुभएको ‘नेपाली लोकसाहित्य र विधागत अनुसन्धानको इतिहास’, डा […]

युवावर्ष ‘मोती’ पुरस्कार वल र चापागाईंलाई प्रदान

काठमाडौँ, १३ भदौ । युवावर्ष ‘मोती’ पुरस्कार साहित्यकार फूलमान वल र शङ्कर चापागाईँ (धनकुटे कान्छा) लाई प्रदान गरिएको छ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्तीका अवसरमा नेपाल शिक्षा परिषद्मा आज आयोजित कार्यक्रममा विसं २०७६ को युवावर्ष मोती पुरस्कार वल र चापागाईंलाई प्रदान गरिएको हो । विस २०४२ मा कोषद्वारा स्थापना गरिएको पुरस्कार राशि […]

कलापुञ्ज पाँचौँः एउटै चित्रको मूल्य रु १५ लाख

काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज सोमाले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले तयार पारेको एउटै चित्रको मूल्य रु १५ लाख छ । गणेशको चित्रमा विभिन्न आकृति प्रदान गरेर निर्माण गरिएको चित्रले जोकोहीलाई आकर्षित गर्छ । क्यानभासमा अनेकथरी रङको प्रयोग गरी गणेशसँग जोडिएका विभिन्न पक्षलाई उतारिएको छ । “करीब डेढ […]

त्रिशूली वाङ्यमयमा डङ्गोल आए

काठमाडौँ, ८ भदौँ । त्रिशूली वाङ्यमय प्रतिष्ठानको ११औँ साधारणसभाले कवि आरएम डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नुवाकोटेली साहित्यकारले विसं २०६६ मा स्थापना गरेको सो संस्थाको कार्यसमितिको उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिव श्यामराज पाठक, सचिव राजेन्द्र घिमिरे, कोषाध्यक्ष लक्ष्मी रुम्बा चयन भएका छन । सदस्यमा वैरागी जेठा, प्रभाती किरण, पुरुषोत्तम रिजाल, भैरवी […]

त्रिशूली वाङ्मयमा डङ्गोल

काठमाडौँ, ८ भदौ । त्रिशूली वाङ्मय प्रतिष्ठानको ११औँ साधारणसभाले कवि आरएम डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।नुवाकोटेली साहित्यकारले विसं २०६६ मा स्थापना गरेको सो संस्थाको कार्यसमितिको उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिव श्यामराज पाठक, सचिव राजेन्द्र घिमिरे, कोषाध्यक्ष लक्ष्मी रुम्बा चयन भएका छन। सदस्यमा वैरागी जेठा, प्रभाती किरण, पुरुषोत्तम रिजाल, भैरवी ढुङ्गाना, उत्तम […]

इलाम साहित्यिक महोत्सव असोजमा

इलाम, ४ भदौ । पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सदरमुकाममा ‘इलाम साहित्य महोत्सव’ गरिने भएको छ । जिल्लाभित्रका पर्यटकीयस्थलको प्रचारप्रसार र इलामको साहित्यिक प्रवद्र्धनका लागि आउँदो असोज ३ र ४ गते महोत्सव गरिने भएको हो । साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाममा पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि महोत्सवले टेवा पु¥याउने साहित्यकारहरुको भनाइ छ […]

इलाम साहित्यिक महोत्सव असोजमा

इलाम, ४ भदौ । पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सदरमुकाममा ‘इलाम साहित्य महोत्सव’ गरिने भएको छ । जिल्लाभित्रका पर्यटकीयस्थलको प्रचारप्रसार र इलामको साहित्यिक प्रवद्र्धनका लागि आउँदो असोज ३ र ४ गते महोत्सव गरिने भएको हो । साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाममा पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि महोत्सवले टेवा पु¥याउने साहित्यकारहरुको भनाइ छ […]