१,४२० दरबन्दी थप गर्न त्रिविलार्इ मन्त्रिपरिषदको चर्को दवाव

काठमाडाैं, ३ पुस । निर्वाचन आयोगले दिएको आदेशको अवज्ञा गर्दै मन्त्रिपरिषद्ले त्रिविमा १ हजार ४ सय २० दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगलाई दबाब दिइरहेको छ । योग्यबीच प्रतिस्पर्धाबाट करारमा नियुक्ति गर्नुपर्नेमा अनशन बसेर दबाब दिएकै आधारमा सरकारले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वत: करारमा नियुक्ति गर्न दरबन्दी थप गरेको हो । त्रिविमा […]

काठमाडौँमा चिनियाँ शैक्षिक मेला शुरु

काठमाडौँ, २३ मंसिर । चीनको शैक्षिक गतिविधिबारे जानकारी दिने उद्देश्यले काठमाडौँमा आजदेखि दोस्रो चिनियाँ शैक्षिक मेला शुरु भएको छ । आइतबारसम्म चल्ने मेलामा चीनका विभिन्न १६ वटा विश्वविद्यालयले शैक्षिक जानकारीमूलक कक्ष राखेका छन् । उक्त मेलाको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले चीनमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई भरपुर जानकारी लिन […]

कक्षा ११ को आंशिक तर्फको परीक्षाफल सार्वजनिक

भक्तपुर, १८ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा आज बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतिर्ण भएका परीक्षार्थीलाई यो मौका दिइएको थियो । जसअनुसार गत जेठमा त्यस्ता विद्यार्थीले मौका […]

कलेजहरुकाे बर्गिकरण गरिँदै

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजहरूको वर्गीकरण गरी सोहीअनुसार सुविधा दिने नयाँ व्यवस्था गर्न लागेको छ । त्रिविले अहिलेसम्म आफ्ना आंगिकबाहेकका कलेजलाई ‘सम्बन्धन प्राप्त’ मात्र भन्ने गरेको छ । अब आंगिकका साथै सामुदायिक र निजीमा वर्गीकरण गर्न लागेको हो । त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले वर्गीकरणका लागि आवेदन मागेको जानकारी दिए । ‘अब त्रिविका कलेजहरु आंगिक, […]

बंगलादेश विद्यार्थी पठाएर करोडौ कुम्ल्याउनेहरुको धन्धा बन्द हुने, बंगलदेशका मेडिकल कलेज कालोसूचीमा

काठमाडाै, १२ मंसिर । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) […]

नक्कली शैक्षिक प्रमाण पत्र बनाउने गिरोह प्रहरी फन्दामा

काठमाडाैं, ५ मङ्सिर । काठमाडौँ महानगरीय प्रहरी अपराध महाशाखाले रकम लिइ नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बेच्ने गिराेहलार्इ पक्राउ गरेकाे छ । साे गिराेहले एसएलसी, प्लस २ तथा अन्य शैक्षिक प्रमाण पत्र बनाइदिने गिरोहलार्इ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेकाे छ । विभिन्न समूहले अमेरिका इडिभी चिट्ठा परेकाहरुलाई मोटो रकम लिएर सरकारी दस्तखत किर्ते गरी १० प्लस २ को […]

सुप विश्वविद्यालय र भिनपाबीच सहकार्यका लागि सम्झौता

कञ्चनपुर, ४ मंसिर । भीमदत्त नगरपालिका र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले एकापसमा सहकार्यका लागि सम्झौता गरेका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालयमा आइतबार नगरपालिका र विश्वविद्यालयबीच दक्ष जनशक्तिको सेवा उपलब्ध गराउने तथा विद्यार्थीलाई शैक्षिक अनुसन्धान र इन्टर्नसिपका लागि एकापसमा सहकार्य गर्न सम्झौता गरिएको छ । भीमदत्तका प्रमुख सुरेन्द्र विष्ट र विश्वविद्यालयका उपकुलपति प्राध्यापक भूषण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका […]

अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण प्रकृया स्थगित

भक्तपुर । पटक पटक सर्दैआएको अस्थायी शिक्षकको परीक्षा यस पटक भने मिति तय हुनु अगाडी नै सरेको छ । यसपटक परिक्षा सम्बन्धी विज्ञापनको सम्पूर्ण प्रक्रिया नै सरेको हो । अस्थायी शिक्षकको समस्या समाधान गर्ने गरि गरिएको भनिएको परीक्षाको विज्ञापनको सम्पूर्ण प्रक्रिया सारिएको छ । शिक्षक सेवा आयोगमा आन्दोलनरत बिद्यार्थीहरुसंग एक सहमति भएपछी परीक्षा सारिएको आयोगका […]

आयोगमा अनसनरत बिद्यार्थीलाई ठूला संगठनको साथ्, के होला अस्थाई शिक्षकको स्थाई हुने आश

भक्तपुर । शिक्षक विज्ञापन खारेजीको माग राख्दै विद्यार्थीहरुले शुरु गरेको आन्दोलनलाई तीन विद्यार्थी संगठनहरुले समर्थन गरेका छन् ।   बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले विद्यार्थीहरुले शुरु गरेको आन्दोलनलाई समर्थन जनाउँदै उनीहरुको माग पुरा गर्न नेपाल सरकार र शिक्षा मन्त्रालयसँग माग गरेका हुन् ।   नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले […]

सम्बन्धन प्रकरणमा मन्त्रीदेखि काउन्सिल सदस्यसम्मकाे चलखेल

काठमाडाैं, २६ कार्तिक । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ । त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् । मन्त्री […]