गुल्मीमा ठूलो पहिरो, ६ जनाको मृत्यु, आधा दर्जन बढी वेपत्ता

गुल्मी, ७ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् । सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा भीषण उक्त पहिरो गएको हो । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । गए राति खसेको […]

सामाजिक कुरीति हटाउन अन्तरपुस्ता संवाद

७ साउन, वीरेन्द्रनगर । सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे सोमबार सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको छ । समाजमा व्याप्त रहेका सामाजिक कुरीतिलाई हटाउन युएन वुमनको आर्थिक सहयोग तथा द स्टोरी किचनको अयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीले कर्णालीमा छाउपडी प्रथा, बालविवाह तथा लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने समस्या विकराल […]

अज्ञात रोगबाट २१ बाख्रा मरे

७ साउन, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट ¥याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । स्थानीय बाख्रापालक प्रेम धानुकको मात्रै सोमबार नौ बाख्रा मरेका छन् […]

नेटवर्किङ व्यवसायकोे नाममा ठगी गर्ने तीन पक्राउ

७ साउन, मुग्लिन । चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा।लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका–९ का […]

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

७ साउन, नरायणगढ । मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । नरायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नंको ट्रकमा […]

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट-टस जितेर व्याटिङ गर्दै नेपाल

७ साउन, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल र कतारबीचको खेल अहिले जारी छ । टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि कतारले अहिले बलिङ गरिरहेको छ । नेपालको ओपनिङ जोडीको रुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् । आज उपाधि दाबेदार […]

चिरिबाबु पुरानै गाडीमा सन्तुस्ट , सुविधा त्यागेर सडक सफा गर्न टयांकर किने

साउन ६ काठमाडौं । मुलुककै दोश्रो ठूलाे महानगरपालिका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २० वर्ष पुरानो गाडी प्रयोग गर्छन् । अन्य मेयरहरु करोडौ मुल्य पर्ने अत्याधुनिक सुबिधा भएका सरकारी गाडीमा सरर्रर सरकारी शानले हिंड्ने गरेता पनि चिरिवावु भने पुरानाे गाडी चढ्छन । उनी अहिले महानगरको स्वामित्व रहेको रातो प्लेटको प्राइभेट नम्बर टोयोटाको पुरानो मोडल RAV4 […]

आन्तरिक सुरक्षा चुनौतीपूर्ण : गृहमन्त्री थापा

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले सोमबार यहाँ आयोजना गरेको ‘तालीम समापन समारोह’मा उनले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताए । “सुढृढ र […]

३५ सय घुस सहित असई समातिए

नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असइ ) घुस रकम सहित पक्राउ परेका छन् । असइ प्रेम बहादुर थापा घुस रकम सहित पक्राउ परेका हुन् । प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापाले सेवाग्राहीहरूको हार्डवयरका सामानहरू बिक्री बितरणको लागि सहज बनाइदिने भनि घुस खाएको अख्तियारको दावी छ । रकम नदिएपछि पटक […]

माहिला लामा पछि पक्राउ परे जुम्ला सेक्रेटरी सहित २ जना कार्यकर्ता

जुम्ला, ६ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला सेक्रेटरी शाहीको घरबाटै दुवै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक नवीन […]