माओवादी केन्द्रको विद्यार्थी संगठन फुट्यो रायमाझीको नेतृत्वमा अर्को छुट्टै केन्द्रीय समिति

काठमाडौँ । अखिल (क्रान्तिकारी) पुर्नगठनको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न भेलाले आलोक रायमाझीको संयोजकत्वमा ४० सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरेको छ । नेकपा माओवाद केन्द्र एमालेमा विलय भएको भन्दै नेता गोपाल किरातीले माओवादी केन्द्रको पुर्नगठन गरेसँगै विद्यार्थी संगठन पुर्नगठन गरिएको हो । माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको […]

पाठकलाई अध्यक्ष चयन गर्दै क्रान्तिकारी शिक्षकहरुको सम्मेलन सम्पन्न

कैलाली, १२ फागुन । अखिल नेपाल शिक्षक संगठनको राष्टिय सम्मेलन सम्पन्न भएको छ । कैलालीको धनगढीमा सम्पन्न सम्मेलनले घनश्याम पाठकको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले उद्घाटन गरेका थिए । सम्मेलनबाट उपाध्यक्ष टिकादेवी राई र लक्षिराम ढकाल, गुणाखर भट्टराई, धनबहादुर […]

प्रहरीले ३० घन्टादेखि दुर्इ विद्यार्थीलार्इ क्याम्पसभित्रै थुनेर राख्यो

पाेखरा, १२ फागुन । नेपाल कम्युनिस्ट बिरुद्ध दमन नीति लिएको सरकारले मानिसको स्वतन्त्र रुपमा हिंडडुल र लेखपढ गर्न पाउने अधिकारमाथि पनि धावा बोल्न थालेको छ l यसै क्रममा कास्की प्रहरीले नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका दुई नेतालाई ३० घण्टादेखि पोखराको पृथ्वीनारायण क्याम्पसमा थुनेर राखेको छ l शुक्रबार बिहान करीब ७ बजे क्याम्पस पढ्न गएका […]

कान्तिपुर सिटी कलेजमा अखिल क्रान्तिकारीको नयाँ नेतृत्व

काठमाडौं, ११ फागुन । कान्तिपुर सिटि कलेजमा अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन भएको छ । पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेज इकाइको सातौं सम्मेलनले पर्शुराम भट्टको अध्यक्षतामा २१ सदस्यीय नयाँ मुल इकाई समिति निर्वाचित भएको हो । काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजको नयाँ कार्यसमितिको उपाध्यक्षद्वय कविन गुरुङ्ग र भास्कर भण्डारी,सचिव तिर्थराज बुढा,सहसचिव चतुर्भुज उपाध्याय […]

पढेको कुरा गहिरोगरी सम्झिने १० उत्तम उपाय

१.अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्काे पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ । २. आफ्नो नोट आफैँ बनाउने धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ […]

शिक्षकले मरणासन्न हुनेगरी कुटेका विद्यार्थीको अप्रेशन गरियो

काठमाडौं, ६ फागुन । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा […]

बौद्धिक सम्पत्तिको कानुन बन्ने पक्का

काठमाडाै, २९ माघ । नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुन निर्माणको औपचारिक प्रक्रिया बल्ल सुरु भएको छ । झन्डै एक दशकदेखि बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माण गर्ने घोषणा गरिएको भए पनि यसले औपचारिकता भने बल्ल पाएको हो । सरकारले औद्योगिक बौद्धिक सम्पत्तिसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएपछि उद्योग मन्त्रालयले नयाँ कानुन निर्माणको प्रक्रिया सुरु […]

सरकारले गर्यो प्राविधिक विद्यालय थप नगर्ने निर्णय

काठमाडाैं, २९ माघ । शिक्षा मन्त्रालयले प्राविधिक विद्यालय थप नगर्ने भएको छ । कक्षा १२ सम्मको विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएको र कार्यक्रम तथा बजेट नभएका कारण मन्त्रालयले नयाँ प्राविधिक विद्यालय थप नगर्ने भएको हो । शिक्षा विभागका निर्देशक केशव दाहालले प्राविधिक कक्षा थप गर्न माग धेरै आए पनि नयाँलाई स्वीकृति दिन नसक्ने […]

‘फष्ट डबली क्वीज’को विजेता बन्यो क्रियटिभ एकेडेमी

काठमाडौं, २१ माघ । संवाद डबली र अनलाइन डबली डटकमले आयोजना गरेको ‘फस्ट डबली क्वीज’ प्रतियोगिताको विजेता क्रियटिभ एकेडेमी बनेको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा १५ समूहलाई पछी पार्दै काठमाडौँको किर्तिपुरस्थित उक्त विद्यालय विजेता बनेको हो । फस्ट रनरअप बालुवाटारमा रहेको आर्शिवाद बोर्डिङ स्कूल, सेकेण्ड रनरअप ह्वीज किड्स इन्टरनेशनल स्कूल बिशालबजारको (बी) टीम बनेको […]

सात कक्षामा पढ्ने बालकले बनाए ड्रोन

काठमाडाैं, २१ माघ । सात कक्षामा पढ्ने बालक केल्भिन संग्रौलाले ड्रोन बनाएका छन् । काँडाघारीस्थित अक्षरा स्कुलमा अध्ययनरत उनले एक्लै ड्रोन बनाएका हुन् । उनले अक्षरा शैक्षिक प्रदर्शनीमा आफ्नो ड्रोन उँडाएर देखाए । कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरे पनि सात कक्षामा पढ्ने बालकले ड्रोन बनाएर उँडाएको सम्भवतः नेपालकै पहिलो घटना भएको […]