न्यूरोडको महर्जन कम्प्लेक्समा बुकिङ खुला

काठमाडौं । न्यूरोडमा रहेको महर्जन कम्प्लेक्सले आफ्नो व्यापारिक भवनको बुकिङ खुला गरेको जानकारी दिएको छ । महर्जन बिजनेस एसोसियट प्रा.लिले न्यूरोडमा निर्माण गरेको व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’को बुकिङ खुला गरेको जानकारी गराएको हो । सोमवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले कम्प्लेक्स प्रचलित नियम र मापदण्डभित्र रहेर निर्माण गरिएको पनि प्रस्ट पारेको छ । यसअघि उक्त […]

नेपाली श्रमिकलाई जापानी नागरिक सरह नै सेवा सुविधा दिने सम्झौता

काठमाडौ । नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ । स्पेसिफिक स्किल्ड वर्कर अन्र्तगत नेपाली श्रमिकले पाउने पारिश्रमिक जापानी कामदारले सोही कामका […]

नेपाली श्रमिक जापान लाने पक्का, सम्झौताका लागि जापानी प्रतिनिधि नेपाल आइपुगे

काठमाडाै, १० चैत । नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे सोमबार समझदारी हुने भएको छ। सोमबार हिमालयन होटल कुपण्डोलमा आयोजित एक कार्यक्रमबीच दुई देशबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो। समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गर्ने कार्यक्रम […]

९ महिनामा २२६ जना विरुद्ध सरकारले लगायो आर्थिक अपराधको मुद्दा

काठमाडौँ, ९ चैत । सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका छन् । अर्थ मन्त्रालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत कार्यसम्पादन गर्न थालेपछि आर्थिक अनियमितता नियन्त्रणमा आफूलाई केन्द्रित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत काम थालेको नौ महीना अवधिमा […]

नेता गिरफ्तार परेकै दिन नेकपाले गर्यो अजय सुमार्गीको जग्गा कब्जा

पोखरा, ९ चैत । स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन पक्राउ परेकै दिन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विवादित व्यापारी अजयराम सुमार्गीको जग्गा कब्जा गरेको घोषणा गरेको छ । पार्टीले पोखरा महानगरपालिका शिशुवामा रहेको सुमार्गीको नामको २५ रोपनी जग्गा कब्जा गरेको हो । सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि. […]

स्विस बैंकमा नेपालीको सम्पत्ति बढेको बढ्यै, को हुन शंकास्पद धन थुपार्ने नेपाली?

काठमाडाैं । २७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस बैंकमा पैसा राख्ने त्यस्ता नेपालीको नाम उल्लेख नगरी रकम मात्रै सार्वजनिक गरेको थियो । यो रहस्यमय सम्पत्ति कसको होला भन्ने बारेमा आ–आफ्ना […]

मुगु सोराङ्ग लेकमा ठूलो हिमपहिरो जाँदा एकै व्यक्तिका १७ चौरी मरे

मुगु, ६ चैत । हिमपहिरोमा परेर मुगुमा ठूलो संख्यामा पुवा गाउँवासीका चौरीहरु मरेका छन् । जिल्लाको कार्मारोङ गाउँपालिकाको सोरुङ्ग भन्ने लेकमा हिमपहिरो गएको हो । कार्मारोङमा गएको हिमपहिरोमा परी सोही गाउँपालिका वार्ड नं. ६ पुवा गाउँका कोन्जोक छेवाङ तामाङ १७ चौर मरेका छन् । छेवाङले सोरुङ्ग लेकमा चराउनका लागि चौरी लगाएका थिए । हिमपहिरोले परेर […]

सात प्रदेशमा सुविधासम्पन्न पाँचतारे होटल खोल्दै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड

काठमाडौं । देशकाे पर्यटन उद्याेगमा याेगदा गर्न र राेजगारी सिर्जनामा राज्यलाई सहयाेग पुर्याउन तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सबै प्रदेशमा सुविधा सम्पन्न पाँचतारे हाेटेल खाेल्ने भएकाे छ । साे याेजना अनुसार सात वटै प्रदेशमा एकएक वटा पाँचतारे हाेटेल बन्नेछन् ।  साे कम्पनीका जनसम्पर्क निर्देशक गाेविन्दराम परियार भन्छन, “पर्यटन उद्याेगलाई व्यवस्थित गर्न साेही अनुरुपका संरचनाहरुकाे विकास हुनैपर्छ । […]

कूलमान घिसिङका लेखा प्रमुखमाथि अख्तियारले लगायो ५२ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ, ४ चैत । लोडसेडिङको अन्त्य गरेर निकै चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कूलमान घिसिङका लेखा प्रमुखमाथि अख्तियारले ५२ लाख भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सो मुद्दा दायर गरेको हो । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध ५२ लाख १३ हजार […]

मिशन र तिनाउ डेभलपमेन्ट बैंक गाभिने

काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्न सरकारले गरेको सहजीकरणलाई पछ्याउँदै मिसन डेभलपमेन्ट बैंक र तिनाउ डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । नेपालको वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको तीव्र प्रतिस्पर्धा भइरहेको अवस्थामा आफ्नो पहिचानसहित उभिन ती दुई विकास बैंकले एक आपसमा गाभिने निर्णय गरी सो को जानकारी आज […]