रोमाको ठगी धन्दा बाहिरिएपछि कलाकारमाथि प्रश्न

काठमाडौं, २५ फगुन । कलाकार रोमा न्यौपाने प्रहरी खोरमा पुगेकी छन् । एक खुट्टाको भरमा नाचेर सबैको छुन सफल रोमालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । विहीबार साँझ रोमालाई काठमाडौँ प्रहरीले रोमा र श्रीमान चिरञ्जीवी न्यौपानेले आफैले खोलेर ३६ लाख ठगी गरेको उजुरी परेका हुन् ।

रोमाले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेको एक वर्ष पहिले उजुरी परेको थियो । उक्त उजुरीमा दोषि ठहर गर्दै जिल्ला अदालत काठमाडौँले २०७३ पुस २६ गते दोषि ठहर गर्दै दुई कैद तोक्दै उक्त रकम विगो जरिवानाको फैसला गरेको थियो ।

हालसम्म रोमा फरार थिइन् । एक वर्षदेखि रोमा सार्वजनिक कार्यक्रममा समेत आउन छोडेकी थिइन् ।

सानै उमेर दुर्घटनामा परी देब्रे खुट्टा गुमाएकी रोमाले देश विदेशका दर्शकहरुको मन जित्न सफल भएकी थिइन् । उनलाई सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो ।

Loading...